Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

प्रधानमन्त्री प्रचण्डको कडा निर्देशन : के-के भने निर्बाचन आयोग पुगेर ?

\"prachanda_aayog-750\"काठमाडौं, ६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार समयमै निर्वाचन गराउन प्रतिवद्ध रहेको बताएका छन् । सोमबार निर्वाचन आयोगको कार्यालयमा आयोगका प्रमूख आयुक्त र आयुक्तहरुसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रचण्डले भने, ‘समयमै निर्वाचन गराउन सरकार गम्भीर र प्रतिवद्ध छ । संविधान कार्यान्वयन भएन भने देश र राजनीति नै दुर्घटनामा पर्न सक्छ । त्यसैले निर्वाचनको बिकल्प छैन, आयोगले पनि यही गम्भीरताका साथ काम गरोस् भन्ने सरकारको आग्रह छ ।’ आयोग प्रचण्डले के भने ?
  • राजनीतिक दलहरुबीच नयाँ समझदारी बनाउने कोशिस भइरहेको छ । हामी छिटै टुंगोमा पुग्छौं । राजनीतिक दलहरुबीच समझदारी भयो भने आयोगले सरकारको निर्देशन अनुसार काम गर्छ । त्यसका लागि सकारात्मक र उत्साहवद्र्धक वातावरण बन्दैछ ।
  • यहाँहरुले ६ महिनाको समय माग्नुभएको छ । तर, त्यस्तै हुन्छ भन्ने विश्वास दिलाउन गाह्रो छ । जरुरी पर्दा कतिपय नियम निलम्बन गरेर छोटो बाटो अपनाउनुपर्ने बाध्यता पनि हुन्छ । तर, चार महिनाको समय दिने प्रयास हुन्छ । तर, निर्वाचनको बिकल्प छैन ।
  • अपवादबाहेक वडा बिभाजन हुँदैन । तसर्थ, आयोगले मतदाता नामावली संकलन गर्दै गर्दा हुन्छ । विगतमा धेरै मतदाताको नामावली छुटेको छ । कोही पनि मतदाता मतदानबाट बञ्चित नहुने र सरल तरिकाले मतदाता नामावली संकलन गर्न आयोगलाई अनुरोध गर्न चाहन्छु । अनाधिकृत मतदाता पनि नहुन् र कोही मतदाता पनि नछुटुन् भन्नेमा आयोगको ध्यान जानुपर्छ । नागरिकताको आधारमा मतदाता नामावली संकलन गर्नेतिर आयोगले सोच्नु राम्रो हुन्छ भन्ने सरकारको सुझाव छ ।
  • हामी तीनै तहको निर्वाचन गर्नैपर्ने बाध्यतामा छौं । हामीसँग निर्वाचनको अर्को बिकल्प छैन । फागुन चैतभित्र स्थानीय निर्वाचन गरेर त्यसपछि एकैपटक प्रादेशिक र संघीय निर्वाचन गर्नु राम्रो हुन्छ । यसबारे आयोगले आवश्यक परामर्श गरोस् । स्थानीय तह, प्रादेशिक र संघीय निर्वाचनबाहेक अरु निर्वाचनको कुरा अहिले सान्दर्भिक हुँदैन ।
  • संविधान निर्माणकै बेला संविधानपछि थ्रेसहोल्ड राख्ने दलहरुबीच समझदारी भएको छ । थ्रेसहोल्ड राख्नुपर्छ, राखिन्छ । त्यसको दर कति प्रतिशत हुन्छ, त्यो निश्चित छैन । तर, थ्रेसहोल्ड राखिन्छ ।
  • ‘समयमै निर्वाचन गराउन सरकार गम्भीर र प्रतिवद्ध छ । संविधान कार्यान्वयन भएन भने देश र राजनीति नै दुर्घटनामा पर्न सक्छ । त्यसैले निर्वाचनको बिकल्प छैन, आयोगले पनि यही गम्भीरताका साथ काम गरोस् भन्ने सरकारको आग्रह छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending