Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

दिल्लीको कोशेली बोकेर निधी स्वदेश फर्किँदै

\"modhi_nidhi-1140\"काठमाडौं, ७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का बिशेष दूतका रुपमा दिल्ली भ्रमणमा गएका उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधी मंगलबार स्वदेश फर्किँदैछन् । प्रचण्ड नेतृत्वमा कांग्रेस–माओवादी गठबन्धनको नयाँ सरकार बनेपछि सरकारको बदलिँदो परिस्थितिबारे जानकारी गराउन उपप्रधानमन्त्री निधी दिल्ली गएका थिए । प्रधानमन्त्री प्रचण्डको पत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हस्तान्तरण गर्नुका साथै निधीले प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गरेका थिए । प्रधानमन्त्री प्रचण्डको पहिलो भारत भ्रमण तय गर्नुका साथै भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिएर निधी मंगलबार दिउँसो पौने एक बजे नेपाल एयरलायन्सको जहाजबाट स्वदेश फर्कन लागेका हुन् । भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा नेपालको जनकपुर, लुम्बिनी तथा मुक्तिनाथ लगायतको धार्मिकस्थलको भ्रमणका लागि पनि निधीले निम्तो दिएका छन् । मोदी यसअघि नै जनकपुर र लुम्बिनी भ्रमण गर्न आउने भनिए पनि मधेस आन्दोलनसँगै दुई देशबीचको सम्बन्ध विग्रिएपछि भ्रमण हुन सकेको थिएन । भ्रमणका क्रममा निधिले बर्तमान सरकारको प्राथमिकताबारे भारतीय नेताहरुलाई जानकारी गराउदै भारतसँगको सम्बन्ध सुधारका लागि प्रयास गरेका थिए । निधीको दिल्ली भ्रमणसँगै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण निश्चित भएको छ । प्रचण्ड आगामी भदौ ३० गते तीन दिने भारत भ्रमणका लागि जाने भएका छन् । गत बिहीवार नयाँदिल्ली गएका निधिले भ्रमणका क्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, बिदेश मन्त्री सुस्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायत बिपक्षी दलका नेतासँग भेटवार्ता गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies