Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

कांग्रेसबाट मन्त्री बन्नेको ‘सर्टलिष्ट’ तयार (नामावलीसहित)

\"deuwa\"काठमाडौं, ७ भदौ । सत्तागठबन्धन प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो तर्फबाट मन्त्री बनाउनेको ‘शर्ट लिष्ट’ तयार गरेका छन् । पार्टी सभापति देउवाले सरकारमा पठाउने केही मन्त्रीको टुंगो लगाए पनि केहीमा विवाद देखिएको छ । पहिलो मन्त्रिपरिषदमा आफू निकटका विमलेन्द्र निधी र रमेश लेखकलाई सरकारमा पठाएका देउवाले अधिकांश आफू निकटका लागि मन्त्री बनाउने तयारी गरेका छन् । देउवाले पार्टीको १३ औं महाधिवेशनको अन्तिम समयमा आफ्नो समूहमा आएका अर्जुननरसिंह केसीसहित डा.प्रकाशशरण महत, फरमुल्लाह मन्सुर, बालकृष्ण खाँड, भीष्मराज आङ्दम्बे, जीवनबहादुर शाही र अम्बिका बस्नेतलाई मन्त्री बनाउने निश्चित गरेका छन् । १३ औं महाधिवेशनमा देउवा समूहबाट महामन्त्रीमा उठेका केसी डा.शसांक कोइरालासँग पराजित भएका थिए । यसअघि गृह नपाएर असन्तुष्टी जनाउँदै मन्त्रीमा नगएका केसीलाई शिक्षा तथा बालकृष्ण खाँडलाई रक्षा मन्त्रालय दिने तयारी छ । यस्तै, मन्सुरलाई सिँचाइ, शाहीलाई वन र भीष्मराज आङ्दम्बेलाई श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिने देउवाको तयारी रहेको स्रोतको भनाइ छ । देउवाले बाँकी चार वटा मन्त्रालयमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको सिफारिसमा मन्त्री बनाउने भएका छन् । पौडेलले आफ्नोतर्फबाट कोषाध्यक्ष शेखर कोइराला, सीतादेवी यादव, नबिन्द्रराज जोशी, दीपक गिरी र कमला पन्तलाई मन्त्रीका लागि सिफारिस गरेका छन् । गिरीलाई महामन्त्री सशांक कोइरालाको आग्रहमा पौडेलले सिफारिस गरेका हुन् । शेखर कोइराला भने परराष्ट्र मन्त्रालय पाए मात्रै जाने स्रोतको भनाइ छ । देउवाले भने परराष्ट्रमा आफू पक्षका प्रकाशरणलाई बनाउने योजनामा छन् । सिटौलाले सुधिर सिवाकोटी र गगन थापालाई मन्त्री बनाउन देउवालाई सिफारिस गरेका छन् । कांग्रेस नेता खुमबहादुर खड्काको तर्फबाट केही मन्त्री सिफारिस गरिएका छन् । पौडेल, सिटौला र खड्काले सिफारिस गरेका ब्यक्तिलाई राज्यमन्त्री बनाएर भए पनि देउवाले मनाउने तयारी गरेका छन् । मंगलबार बेलुका ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएकाले त्यसअघि नै मन्त्री छान्न प्रधानमन्त्री प्रचण्डले देउवालाई आग्रह गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies