Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

ट्रम्पले गैरकानुनी आप्रवासीको विषयमा ‘न्यायपूर्ण तर कडा’ धारणा ल्याउने

\"trump\"ओहायो, ७ भदौ । रिपब्लिकन पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवार डोनाल्ड ट्रम्पले गैरकानुनीरुपमा अमेरिकी भूमिका बसोबास गर्दै आएका अनुमानित एक करोड १० लाख आप्रवासीका विषयमा ‘न्यायपूर्ण तर कडा धारणा’ ल्याउने बताएका छन् । ट्रम्पले यसअघि दिँदै आएका अभिव्यक्तिबाट पछि हट्दै आप्रवासीका विषयमा केही नरम धारणा प्रस्तुत गर्दै आफू अमेरिकी राष्ट्रपतिमा विजय भएमा उनीहरुको सम्बन्धमा ‘न्यायपूर्ण तर कडा काननु ल्याउने’ अभिव्यक्ति सोमबार आएको हो । रिपब्लिकन नेता ट्रम्पले यसअघि गैरकानुनी रुपमा अमेरिकामा बसोबास गर्दै आएका आप्रवासीलाई सामूहिक रुपमै सम्बन्धित देशमा फर्काउने भनी कडा अभिव्यक्ति दिँदै आएका थिए । उनले यो नाराले उनलाई रिपब्लिकन रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारी दिन पाउने आवस्थासम्म पु¥याएको समेत बताइन्छ । तर अमेरिकी राष्ट्रपतीय निर्वाचन नजिकिँदै जाँदा आप्रवासीहरुप्रति नरम धारणा राख्ने अमेरिकी नागरिकको मन जित्ने कूटनीतिक प्रयास ट्रम्पले थालेको विश्लेषकहरुको बुझाइ रहेको पनि अमेरिकी सञ्चारमाध्यमले बताएका छन् । ट्रम्पले शनिबार हिस्पासिक अगुवासँगको छलफलका क्रममा आफू अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आएका आप्रवासीहरु जसले आपराधिक गतिविधि गरेका छैनन् र कुनै न कुनै रुपमा अमेरिकी कानुनलाई स्वीकार गर्दै कानुनी आधार प्राप्त गरेका छन्, लाई अमेरिकामा बसोबास गर्न दिने विषयमा विचार गर्नसकिने धारणा सार्वजनिक गरेका थिए । छलफलमा सहभागी हिस्पसिक इजरायली नेतृत्व गठबन्धनका अध्यक्ष पास्चर मारियो ब्राम्निकले भन्नुभयो, “मैले बुझे अनुसार अमेरिकामा गैरकानुनीरुपमा बसोबास गर्दै आए पनि कुनै अनैतिक एवम् आपराधिक गतिविधिमा संलग्न नभएका विदेशीलाई कानुनी रुपमा अमेरिकामा बस्न दिइने रिपब्लिकन राष्ट्रपतिका उम्मेदवार ट्रम्पको धारणा हो ।” ट्रम्पले सोमबार अमेरिकी सञ्चारमाध्यम ‘फक्स एन्ड फ्रेन्डस’लाई दिएको अन्तर्वार्तामा हिस्पानिक समुदायका धेरै अगुवासँग छलफल गरिरहेको र छिट्टै निष्कर्षमा पुग्ने बताएका थिए । अन्तर्वार्तामा ट्रम्पले आफूले कानुनलाई पालन गर्न र गराउन चाहेको ब्राम्निकले जनाए । आप्रबासी बिषयमा कट्टर धारका जेफ सेसनले शनिबार अमेरिकी टेलिभिजन सिएनबिसीसँग रिपब्लिक नेता ट्रम्पले गैरकानूनी रुपमै अमेरिकामा बसोबास गर्दै आएका सम्पूर्ण एक करोड १० लाख विदेशीलाई फिर्ता पठाउने नभनेको तर आपराधिक धरातलमा अमेरिकी भूमीलाई प्रयोग गर्दै आएका मानिस विरुद्ध अभियान चलाउने बताउनुभएको दावी गरे । हिस्पानिक समुदायका व्यापारी र धार्मिक नेताले ट्रम्प समावेशी बनेको हेर्न चाहेकाले छलफल चलाएको भन्दै छिट्टै धारणा सार्वजनिक गर्ने बताए । रासस÷एपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending