Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

कांग्रेसका थप १३ मन्त्रीले सपथ लिए

\"prachanda काठमाडौं, १० भदौ । नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी १३ मन्त्रीहरुले शुक्रबार विहान पद तथा गोपनीयताको शपथ लिएका छन् । विहान शितलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथग्रहण गराएकी हुन् । नेपाली कांग्रेसका अर्जुननरसिंह केसी, प्रकाशशरण महत, बालकृष्ण खाँड, जीवन बहादुर शाही, केशवकुमार बुढाथोकी, सूर्यमान गुरुङ, सीतादेवी यादव, दीपक गिरी, रोमी गौचन थकाली, नबिन्द्रराज जोशी, हृदयराम थानी, गगन थापा र शंकर भण्डारीले शुक्रबार सपथ लिएका हुन् । नवनियुक्त मन्त्रीहरुमा अर्जुननरसिंह केसीले शहरी विकास, प्रकाशशरण महतले परराष्ट्र, बालकृष्ण खाँडले रक्षा, जीवनबहादुर शाहीले पर्यटन, केशवकुमार बुढाथोकीले सामान्य प्रशासन, सूर्यमान गुरुङले श्रममन्त्रीको सपथ लिएका छन् । त्यसैगरी सीतादेवी यादवले शान्ति तथा पुनर्निर्माण , दीपक गिरीले सिँचाइ, रोमी गौचन थकालीले वाणिज्य, नवीन्द्रराज जोशीले उद्योग, हृदयराम थानीले गरिबी निवारण तथा सहकारीको शपथ लिए । त्यस्तै गगन थापाले स्वास्थ्य र शंकर भण्डारी वनमन्त्रीको शपथ लिए । कांग्रेसका तर्फबाट यसअघि विमलेन्द्र निधि (उपप्रधान एवम गृह) र रमेश लेखक (यातायात) मन्त्रिपरिषदमा सहभागी भइसकेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिए लगत्तै प्रधानमन्त्री प्रचण्डले नवनियुक्त मन्त्रीहरुलाई बधाइ तथा शुभकामना दिएका छन् । शुक्रबार चौथो पटक गरिएको मन्त्रिपरिषद विस्तारसँगै ३१ सदस्य मन्त्रिपरिषद बनेको छ । संविधानमा २६ सदस्य मन्त्रिपरिषद उल्लेख भए पनि प्रचण्ड नेतृत्वको सरकारले पनि जम्बो आकार ग्रहण गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending