Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

दुर्घटना बढेको बढ्यै

\"Nuwakot-Microbus-Accident\"शुक्रबार एकाबिहानै चितवनको नारायणगढ–मुग्लीङ सडक अन्तर्गत कालीखोलामा भएको सडक दुर्घटनामा २२ जनाले ज्यान गुमाए । बिहिबार भक्तपुरमा जन्ती बस दुर्घटना हुँदा ४२ जना भाइते भए । करिब २ साता अघि काभ्रेमा भएको सडक दुर्घटनामा २७ जनाले ज्यान गुमाए । यी त पहिल्ला केही दिनमा भएको सडक दुर्घटनाको तथ्याङ्क हो । नेपाल प्रहरीको तथ्याङ्क अनुसार प्रत्येक वर्ष सडक दुर्घटनामा करिब १५ सय देखि दुईहजार मानिसले ज्यान गुमाउँछन् । प्रहरीको तथ्यांक अुनसार, सडक दुर्घटनामा दैनिक औसत ३ देखि ६ जनाको मृत्यु र ३३ देखि ४० जना घाइते हुने गरेका छन् । आर्थिक बर्ष २०७२/०७३ मा मात्रै देशभर २ हजार ६ जनाले सवारी दुर्घटनामा परि ज्यान गुमाएका थिए  । आर्थिक बर्ष २०७१/७२ मा पनि २ हजार २ जनाले सवारी दुर्घटनामा ज्यान गुमाए । विज्ञहरुका अनुसार, चालकको लापरवाही, सडकको विग्रदो अवस्था, क्षमता भन्दा बढी यात्रु बोक्नुपर्ने बाध्यता लगायत दुर्घटनाका प्रमुख कारण हुन् । अर्कोतर्फ सडकमा काम रहेको यातायातको सिण्डिकेटका कारण पनि सवारी दुर्घटना बढेको हो । सडक दुर्घटना बढेपछि संसदको विकास समितिले अघिल्लो वर्ष संसदीय समिति बनाएको थियो । समितिले पूर्वाधारविनै सवारी साधन चलाएको, चालकको लापरबाही र नियामक निकायको अनुगमनमा देखिएको अनियमितताका कारण सवारी दुर्घटना बढेको निष्कर्ष निकालेको थियो । समितिले सडक दुर्घटना कम गर्न ४१ बुँदे सुझाव दिएको थियो । तर समितिको कुनै पनि सुझाव सरकारले कार्यान्वयन गरेको छैन । अर्कातर्फ संयुक्त राष्ट्रसंघले सन् २०१३ देखि २०२० सम्मलाई सडक सुरक्षा दशक कार्ययोजना बनाई लागु गरेको छ । नेपालले पनि नेपाल सडक सुरक्षा कार्ययोजना लागु गर्ने प्रयास थालेको ३ वर्ष वित्न लागेको छ । तर पनि सडक दुर्घटना न्युनीकरण हुन सकेको छैन । अहिलेपनि साढे १२ हजार भन्दा बढि नेपालको सडक अन्तर्गत जम्मा साढे ६ हजार किमि सडक मात्रै कालोपत्रे भएको छ । करिब ५ हजार किमि सडक अहिलेपनि धुले सडकका रुपमा रहेको छ । जसका कारण पनि सडक दुर्घटना बढिरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending