Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

जनतालाई प्रत्यक्ष राहत र सुशासनको प्रत्याभूति हुने काममा केन्द्रित हुन्छुः प्रधानमन्त्री प्रचण्ड

\"_DSC3177-750\"काठमाडौं, १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू जनतालाई प्रत्यक्ष राहत र सुशासनको प्रत्याभूति हुने काममा केन्द्रित भएको बताएका छन् । आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेकपा (माओवादी केन्द्र) सम्वद्ध नेपाल राष्ट्रिय उद्योग व्यापार महासंघका पदाधिकारीहरुसँगको भेटमा प्रधानमन्त्रीले भने, ‘तपाईहरु आउनुभन्दा पहिला पनि म के गरी जनतालाई राहत र सुशासनको अनुभूति गराउन सकिन्छ भन्ने छलफलमै थिएँ । जनतालाई राहतको अनुभूति गराउनु र सुशासनको प्रत्याभूति गर्नु अहिलेको मूख्य कार्यभार हो, यसमा सरकार गम्भीर छ ।’ प्रधानमन्त्रीले भर्खरै सरकारले पूर्णता पाएको उल्लेख गर्दै भने, ‘सरकारले पूर्णता पाएको छ, अब गेयर चेञ्ज गर्नेतिर सोच्दैछु । सरकार रफ्तारमा अगाडि बढ्छ ।’ प्रधानमन्त्रीले राष्ट्रिय अर्थतन्त्रको विकास सरकारको प्राथमिकता भएको भन्दै त्यसका लागि नीजि क्षेत्रको सहयोग र साझेदारी आवश्यक रहेको बताए । भेटमा महासंघका प्रतिनिधिहरुले राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान केन्द्रित गर्न, कृषि, पर्यटन, जलविद्युतजस्ता क्षेत्रलाई अर्थतन्त्रको प्राथमिकतामा राख्न, सिण्डिकेटको अन्त्यका लागि ठोस कदम चाल्न, युवा लक्षित कार्यक्रम सञ्चालन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । सो अवसरमा प्रतिनिधि मण्डलले नेपाल राष्ट्रिय उद्योग व्यापार महासंघको तर्फबाट प्रधानमन्त्री राहत कोषमा १ लाख १ हजार रुपैया प्रदान गर्ने घोषणा गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending