Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

नराख्नुहोस फेसबुकमा यस्ता चीज ,नत्र पछुताउनुपर्ला !

\"Aकाठमाडौं, १३ भदौ । सोसल नेटवर्किङ साइट फेसबुक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । तर यो कहिले काँही हाम्रो लागि समस्य पनि बन्नसक्छ । हाम्रो निजि जानकारी फेसबुकमा हुने भएकाले मानिसहरुले यसको गलत फाइदा उठाउने गर्दछन् । यस्तैमा हामी तपाईलाई फेसबुकमा हाल् नहुने केही कुरा बारे जनकारी दिँदैछौ । फोन नम्बरः मोबाइल नम्बर तुरुन्त हाइड गर्नुहोस् । फेसबुक पेजमा कहिले पनि फोन नम्बर नहाल्नुहोस् । मानिसहरुले यसका गलत फाइदा ढिलो चाँडो तपाईंबाट उठाउनेछन् । जन्मदिनः ह्याकरले तपाईंको जन्मदिनले नै तपाईंको नीजि जिन्दगीमा खलबली मच्चाइदिन सक्छन् । यसमार्फत उनीहरु तपाईंको बैंकसम्म पुग्नसक्छन् जसका कारण तपाईंले निकै समस्या झेल्नुपर्ने हुन्छ । वास्तविक साथीलाई मात्र फेसुबकमा प्रवेशः अपरिचित मानिसहरुको फ्रेन्ड रिक्वेष्ट कहिले पनि असेप्ट नगर्नुहोला । आफ्नो चिनजानका साथीलाई मात्र यहाँ राख्नु बुद्धिमानी हुनेछ । रिलेसनशीप स्टेटसः यदि तपाईं कोही मानिसको प्रेममा हुनुहुन्छ अथवा कसैसँग ब्रेकअप भएको छ भने यस्ता कुराहरु फेसबुकमा समावेश नगर्नुहोस् । अरुले फाइदा उठाउनेछन् । क्रेडिट कार्ड डिटेल्सः क्रेडिट कार्डको डिटेल्स कहिले पनि फेसबुकमा नराख्नुहोस् । अकाउन्ट ह्याक हुने सबैभन्दा ठूलो डर यसैबाट हुन्छ । आफ्नो बसलाई नजोड्नुहोस यो तपाईंको पर्सनल स्पेश हो । तपाईंको कुरा तपाईंको बसलाई नरम्रो लाग्न सक्छ जसका कारण तपाईंले अफिसमा झेल्नुपर्ने हुनसक्छ । आफ्नो लोकेसन कहिले पनि नबताउनुहोस फेसबुकमा तपाईं आफ्नो लोकेशन कहिले पनि ट्याग नगर्नुहोस् । थाहा छैन, कसले तपाईंमाथि नजर गाडिरहेको छ । छुट्टिको जानकारी नदिनुहोस याद राख्नुहोस, यसो गर्दा तपाईंले ठूलो नोक्सानी व्यवहोर्नु पर्ला । यस्तो हुनसक्छ कि तपाईंले फेसबुकमा १५ दिनको लागि छुट्टीमा जाँदैछु भनेर लेख्नुभएको छ र त्यही १५ दिनमा तपाईंको घरमा चोरी पनि हुनसक्छ । त्यसकारण यस्ता कुराहरु फेसबुकमा नराख्दा राम्रो । परिवारको तस्बिर नराख्नुहोस ः यस्तो गर्दा तपाईंले आफ्नो दुश्मनहरुलाई पनि आफ्नो परिवारसम्म पुर्याइरहनु भएको छ । परिवारको तस्बिर हाल्न तुरुन्त बन्द गर्नुहोस् । बालबच्चाको स्कूलको जानकारी नहाल्नुहोसः तपाईंको आफ्नो साथीभाइसँग धेरै कुरा भन्न खोज्नुहुन्छ होला तर यसो भन्दैमा फेसबुकमा आफ्नो बालबच्चाको केही पनि जानकारी नहाल्नुहोस् । उनीहरुको स्कूलको केही गतिविधि पनि नहाल्नुहोस् । यसो गर्नुहुन्छ भने तपाईंलाई बेफाइदा नै हुन्छ । लोकेशन सेटिङ्ग सधैं बन्द राख्नुहोसः आइफोन होस् वा एन्ड्रोइड , लोकेसन सेटिङलाई सधैं बन्द राख्नुहोस् । यसो गर्दा तपाईंको स्थिती बारे अरुलाई थाहा हुन्छ र खबर पाएलगत्तै त्यस्ता व्यक्तिले केही भिन्न प्लानिङ गरेर तपाईंलाई हानी पुर्याउन सक्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: