Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

कृषि उपजबाट तेत्तिस करोड भित्रियो

\"nepaliम्याग्दी, १३ भदौ । म्याग्दीमा कृषि उपज निकासीबाट एक वर्षको अवधिमा रु ३३ करोडभन्दा आम्दानी भएको छ । आर्थिक वर्ष २०७२÷७३ मा यहाँका कृषकले आठ हजार १५९ मेट्रिक टन कृषि विभिन्न उपज निकासी गरेर रु ३३ करोड ४६ लाख ४५ हजार आम्दानी गरेका हुन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार राम्चे, हिस्तान, शिख, घारलगायतका गाविसमा उत्पादन भएको चार हजार ७१८ मेट्रिक टन आलु निकासीबाट रु १९ करोड ३९ लाख छ हजार आम्दान भएको थियो । बास्कुना, मरेक, बरञ्जा, देवीस्थान, बिम, दोसल्ले, घार, भुरुङ तातोपानी र नारच्याङबाट रु छ करोड ७२ लाख २०५।– बराबरको एक हजार ५०१ मेट्रिक टन सुन्तला निकासी भएको थियो । यसैगरी रत्नेचौर, घतान, सिंगा, राम्चे, हिस्तानलगायतका स्थानबाट रु सात करोड ३५ लाख ३४ हजार बराबरको एक हजार ९४१ मेट्रिक टन गोलभेँडा, बन्दा, काउली, काँक्रो, घिरौला, भन्टा, खुर्सानी, सिमी, मुला, साग, धनियाँ, बोडीलगायतका तरकारी निकासी भएको थियो । म्याग्दीको कृषि उपज पर्वत, बागलुङ, चितवन, काठमाडौँ, मुस्ताङ र पोखरामा निकासी हुने गरेको कार्यालयका योजना अधिकृत ज्योति क्षेत्रीले बताउनुभयो । गत आवमा जिल्लामा रु ४६ करोड ५८ लाख ८२ हजार मूल्य बराबरको ११ हजार ६६० मेट्रिक टन सुन्तला, तरकारी, अदुवा, कफी, केरा, मह, आलु, माछा र च्याउको व्यापार भएको थियो । अघिल्लो आवमा रु ४५ करोड ६३ लाख २४ हजार बराबरको कृषि उपज उपज निकासी हुँदा रु २५ करोड २८ लाख ७० हजार बराबरको आम्दानी भएको थियो । व्यावसायिक खेती विस्तारले यहाँ रोजगारी सिर्जना, उत्पादन वृद्धि, आयात प्रतिस्थापन र कृषकको आर्थिकस्तरमा पनि सुधार आएको छ । रत्नेचौरका कृषक नीरबहादुर थापाले गोलभेँडा बिक्री गरेर एकैदिन रु १८ हजारसम्म आम्दानी भएको बताए । “बजारको माग र आवश्यकता पहिचान गरेर उत्पादन गर्न सकेमा तरकारीले राम्रो बजार र मूल्य पाउँछ” – भने । म्याग्दीको दुई हजार ८६६ हेक्टर क्षेत्रफलमा व्यावसायिक खेती हुने गरेको छ । व्यावसायिक खेतीबाट म्याग्दीमा एक हजार ३०३ जनाले नियमित र ३० हजार ५२३ जनाले मौसमी रोजगारी पाएका छन् । ग्रामीण बस्तीमा सडक विस्तारसँगै यातायातको सुविधा र बजारमा पहुँच बढेपछि कृषि उपजले बजार पाएको हो । म्याग्दीलाई तरकारीमा आत्मनिर्भर बनाउन आलु र सुन्तलाखेती विस्तार एवम् बजार प्रवद्र्धनमा प्राथमिकता दिइएको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies