Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

अनुहारको चमक बढाउन चाहनुहुन्छ ? हरेक दिन नछुटाउनुहोस यी छ काम

\"Beautiful-Skin\"काठमाडौं, १४ भदौ । अनुहारको छाला नबिग्रियोस बरु चमक बढ्दै जाओस भन्ने चाहनुहुन्छ भने हरेक महिलाले हरेक दिन यी ६ काम छुटाउनै हुँदैन । यो ब्युटिसियनको सुझाब हो । अनुहारको छाला निकै कोमल हुने भएकाले बाहिरी प्रदुषण र भित्री अवस्थाको सिधार प्रभाव पर्छ । मेकअप नै गर्नुहोस , सामान्य गर्नुहोस या भद्धा यो आ– आफ्नो इच्छामा भर पर्ने कुरा हो । तर, छालाको सौन्दर्य जोगाउन केही काम भने तपाईंले गर्नैपर्छ । यस्ता छन् अनुहारको छालाको सुन्दरता बढाउने ६ टिप्स । १. बिहान उठेपछि फेसवास गर्ने कुरामा कहिल्यै सम्झौता नगर्नुहोस् । हरेक दिन बिहान फेसवास गर्नैपर्छ । अनुहार बढी तैलीय छ भने आयल कन्ट्रोल फेसवास गर्नुपर्छ । यसको साथमा फेस स्कर्ब पनि गर्नुहोस् । प्वालहरू बढी खुल्ने खालको स्किन छ भने मसिनो दाना भएको स्कर्ब गर्नु राम्रो हुन्छ । यस्तो सुविधा भएको फेसवास नै बजारमा उपलब्ध छन् । ड्राई स्किन छ भने क्लिजिङ मिल्क फेसवास प्रयोग गर्नु उत्तम हुन्छ । २. बिहान फेसवास र स्कर्ब गरिसकेपछि घरबाहिर जानु छैन भने कुनै फेस क्रिम प्रयोग नगर्दा पनि फरक पर्दैन । र, बाहिर निस्किनु छ भने सनब्लक क्रिम लगाउन कहिल्यै नभुल्नुहोस् । अझ, वाटरप्रुफ सनब्लक क्रिम लगाउनु राम्रो हुन्छ । सनब्लक क्रिमले घाम र धुवाँ–धुलोको रापबाट स्किन जोगाउने काम गर्छ । ३. सनब्लक क्रिम युज गरेपछि आफ्नो आवश्यकताअनुसार मेकअप गर्न सकिन्छ । खासै मेकअप आइडिया नभएका तथा मेकअप खासै मन नपराउनेले हल्का फाउन्डेसन भने प्रयोग गर्नैपर्छ । अहिले सबैभन्दा राम्रो बिबी क्रिम नै छ । यसले मेकअपकै हैसियत पूर्ति गरिदिन्छ । बिबी क्रिम फाउन्डेसनको एडभान्स रूप हो । मेकअपले छालालाई बाहिरी कणबाट बचाउन महत्त्वपूर्ण भूमिका खेल्छ । त्यसैले यो हल्का भए पनि आवश्यक छ । ४. दिनभर काममा निस्किँदा मेकअप लतपतिने खतरा रहन्छ । यसले पनि सौन्दर्यमा ह्रास ल्याउँछ । र, मेकअपले ठाउँ छोडेपछि छालामा बाहिरी असर पर्न सक्छ । त्यसैले पसिना निस्किँदा सोसाउन कम्प्याक्ट पाउडर र पफ ब्यागमै बोक्न भुल्नु हुँदैन । पफले पसिनामा हल्का टचअप गरिराख्नुपर्छ । ५. बाहिरबाट बेलुका घर फर्किएपछि क्लिजिङ र फेसवास गर्न कहिल्यै छुटाउनु हुँदैन । छालाको बाहिरी पत्रमा दिनभर टाँसिएको बाहिरी फोहोर फाल्न ५–७ मिनेट क्लिजिङ गर्नुपर्छ । क्लिजिङपछि फेसवास गर्नुपर्छ । ६. राति सुत्नुअघि हरेक दिन स्किन ब्यालेन्सिङ क्रिम लगाउनुपर्छ । फेसवास र क्लिजिङपछि पनि छालामा स–साना धुलोका कण रहने खतरा हुने भएकाले सुत्नुअघि यस्तो क्रिम आवश्यक पर्छ । धुलोको प्रभावलाई स्किन ब्यालेन्सिङ क्रिमले सामान्यीकरण गरिदिन्छ । छाला ड्राई प्रकृतिको छ भने सुत्नुअघि एन्टिरिङ्कल क्रिम पनि लगाउनुपर्छ । किनभने, फुस्रो छालामा चाउरी पर्ने खतरा बढी रहन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: