Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

प्रतिपक्षको नजरमा सरकारका चुनौतीः प्रचण्डले मृग मार्लान् भन्ने लाग्दैन

जुन परिवेशमा एउटा बहुमतको सरकारको ठाउँमा अर्को बहुमतको सरकार गठन प्रक्रियाको सुरुवात भयो, त्यो जरुरी नै थिएन । जुन ढंगले केपी ओली नेतृत्वको सरकारलाई हटाउने र प्रचण्ड नेतृत्वको सरकार बनाउने, पुरानो गठबन्धनलाई तोडेर नयाँ गठबन्धन बनाउने कार्य भइरहेको थियो, त्यो अत्यन्तै अस्वभाविक थियो । मुलुकमा सरकारको विरुद्धमा जनताको कुनै प्रकारको असन्तुष्टि पनि थिएनन् । एक प्रकारले भन्ने हो भने, ओली सरकारले शान्तिप्रकृयाको पूर्णता दिने काम, राष्ट्रियताको संरक्षण, विकास निर्माणको काम, संविधान कार्यान्वयन सम्बन्धि काम, पुनःनिर्माणको काम नगरेको स्थिति बिल्कुल थिएन । २०५१ सालमा हाम्रो पार्टी सरकारमा हुँदा आएको बजेट, नीति र कार्यक्रम जनमुखी भएको भनि सर्वत्र चर्चा भएको थियो । त्यसपछि ओली सरकारले ल्याएको बजेट कार्यक्रमले दोश्रो पटक एमालेले जनप्रियता बटुलेको सबैलाई थाहै छ । यसरी जनतामुखी र राष्ट्रमुखी बजेट कार्यक्रम ल्याएर व्यापक लोकप्रियता प्राप्त गरेको निवर्तमान सरकारलाई जुन ढंगले अंक गणितीय खेलको आधारमा हटाउने काम भयो यो नेपाली जनताको पक्षमा थिएन । \"prithibi_subba\"जनताको व्यापक समर्थन रहँदा रहँदै पनि सरकार हटाउनुमा अरु शक्ति केन्द्रको हात रहेको देखिन्छ । हामी सरकार बाहिर बसेर पनि देश, जनता र राष्ट्रियताको पक्षमा सदैब रहने छौं । सरकारका कामका आधारमा विरोध वा समर्थन लिन्छौं । विरोधको नाममा विरोध नेकपा एमालेले कहिल्यै गर्दैन । सरकारका अगाडि देखिएका चुनौतिहरु १) बजेट कार्यान्वयनः केपी ओली सरकारले अगाडि बढाएका जनपक्षीय, राष्ट्रपक्षीय, पर्यटनमुखी बजेट, नीति तथा कार्यक्रमको कार्यान्वयन नै प्रचण्ड नेतृत्वको सरकारको चुनौति हो । प्रचण्डले तत्कालीन सरकारमा आफू पनि समाहित भएर ल्याएको बजेट र नीति तथा कार्यक्रमको कार्यान्वयन गर्दा अहिले सरकार बनाउन सघाउने ठूलो दल काङ्ग्रेसले नै असहयोग गर्ने देखिन्छ । र त्यो बजेट कार्यक्रम कार्यान्वयन नगर्ने हो भने देश र जनताको अहितमा हुन्छ । त्यतिबेला जनताको विरोध हुन्छ, प्रतिपक्ष दलको विरोध हुन्छ, मुलुकमा फेरि राजनीतिक अस्थिरताको अवस्था सृजना हुन्छ । २) तीन बुँदे कार्यान्वयन ः सरकार बनाउने खेलमा फसेर काङ्ग्रेस–माआवादी र मधेसी पार्टीहरुले जसरी तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेर प्रचण्डलाई प्रधानमन्त्री बनाए, त्यो सहमति पूरा गर्न उनीहरुका लागि चुनौतीहरु देखिन्छन् । सरकार कसरी बनाउने भन्ने सोँचले तत्कालीन समस्याको समाधान गर्नको लागि तीन बुँदे सहमति गरिएको थियो । यतिबेला मधेसी दलहरुले संविधान संशोधन लगायतका विषयमा दवाव गरिरहेका छन्, सरकारले उनीहरुको यो माग विपक्षीदलको सहयोग, समर्थनबिना कसरी पूरा गर्छ ? सरकारले मधेसी दलसँग गरेको सहमति कार्यानवयन लागू नगरे उनीहरुले गरेको समर्थन फिर्ता हुने र लागू गर्नमा प्रतिपक्षको सहयोग नपाउने अवस्था रहेको हँुदा सरकार समस्यामै डुबेको देखिन्छ । ३) संविधान कार्यान्वयन ः यो सरकारले संविधान कार्यान्वयनमा ठूलो चुनौतिको सामना गर्नुपर्ने देखिन्छ । किनभने संविधान कार्यान्वयन गर्ने काममा पनि उसलाई नेकपा एमाले लगायत अरु प्रतिपक्षी दलको समर्थन, सहयोग चाहिन्छ । प्रतिपक्षीदलहरुसँग यतिबेला सरकार पक्षीय दलले आफ्नो दूरी धेरै बढाएका छन्, अघिल्लो सरकारले गरेका कामहरु उल्टाउन लागिपरेका छन्, तसर्थ हामी उहाँहरुलाई आँखा चिम्लेर सहयोग गर्ने पक्षमा छैनौं । सरकारले तोकेको मितिमा तीन तहको निर्वाचन गराउन सक्ने अवस्था हामी देख्दैनौं । तथापि निर्वाचन समयमै हुनुपर्दछ भन्ने हाम्रो माग हो । ४) अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रियता ः ओली सरकारले भारतसँगको सम्बन्ध सुधारेन भन्ने गरिन्छ, तर तत्कालीन सरकारले भारतीय रबैयाकाविरुद्ध राष्ट्रियताको पक्षमा जसरी दह्रोसँग उभिन सक्यो त्यो असाध्यै राम्रो पक्ष हो । हामी छिमेकी दुबै देशसँग हाम्रो राष्ट्रियतामा कुनै समस्या नहुने गरी समान सम्बन्ध बनाउनु पर्दछ, भन्ने मान्यतामा दह्रोसँग उभियौं । नेपाल स्वतन्त्र र सार्वभौम राज्य हो, हामी हाम्रो आन्तरिक मामलामा कसैको हस्तक्षेप सहन सक्दैनौं भन्ने सन्देस हामीले दिएर हाम्रो मान्यता स्थापित गराउन सफल भएकै हौं । तथापि वर्तमान सरकार गठनमा नै भारतीय प्रभाव रहेको देखिन्छ, तसर्थ यतिबेला सरकारका अगाडि अन्तर्राष्ट्रिय सम्बन्धलाई राष्ट्रिय हितमा विकास गराउँन कठिन हुने देखिन्छ । राष्ट्रियताको रक्षाको लागि हाम्रो पार्टी सदा खबरदारी गर्दछ, संघर्ष गर्छ । ५) पुनःनिमार्ण र राहत रकम वितरण ः हिजो हाम्रो नेतृत्वमा माओवादीसँगको सरकार चलिरहदा काङ्ग्रेसले भूकम्पपीडितलाई राहत रकम एकमुष्ट वितरण गर्नुपर्ने लगायतको माग राख्दै सदन अवरोध गरेको थियो । वर्तमान सरकारले पनि राहत रकम र भूकम्पपछिको पुनःनिर्माणका सम्बन्धमा केही गरेको देखिएको छैन । यस्तो अवस्थामा सरकारले प्रतिपक्षको विरोधको सामना गर्नैपर्ने अवस्था आउँदैछ । भूकम्पपीडितलाई सहयोग जुटाउनका लागि ओली सरकारले अन्तराष्ट्रिय स्तरको सम्मेलन आयोजना ग¥यो । त्यहाँ धेरै देशबाट विभिन्न क्षेत्रका मानिस, संघ, संस्थाहरुले ठूलो रकम दिने प्रतिवद्धता पनि गरे तर रकम नपठाएको हुँदा हिजोको समस्या प्रचण्ड सरकारसँग पनि ज्यूका त्यूँ नै रहेको छ । यस्तो अवस्थामा सरकारले कसरी पुनःनिर्माणको काम गर्छ ? कहाँबाट ल्याएर, कसरी राहत रकम वितरण गर्ने ? सरकारका अगाडि यस्ता थुप्रै चुनौतिहरु रहेका छन् । ६) शान्तिप्रक्रियालाई निष्कर्षमा पुगाउने काम ः हिजो ओली सरकारले शान्तिप्रक्रियाका बाँकी काममा ध्यानै दिएन भनेर सत्ता पक्षमा रहेको माओवादीले निकै कचकच गरेको थियो । युद्धकालमा हत्या, हिँसामा संलग्न रहेका कार्यकर्तालाई आममाफी दिएर शान्तिप्रकृयामा अगाडि बढ्ने कुरा माओवादीले गरिरहेको थियो, त्यो हामीले सम्भव देखेनौं । कानूनको आधारमा जघन्य अपराध लागेका मानिसलाई उन्मुक्ति दिन नहुने हाम्रो धारणा थियो । यसको समाधान सरकारले बनाएका आयोगमार्फत गर्न हामी लागिपरेकै थियौं, तर उहाँहरु आत्तिनु भयो र नयाँ सरकार बनाउनु भयो । यो सरकारले पनि उहाँहरुले भनेको जसरी शान्तिप्रक्रियाको काम अगाडि बढाउन सक्ने अवस्था हामीले देखका छैनौं । किनभने यो काममा सबै राजनीतिक दलहरु, अन्तर्राष्ट्रिय ऐन कानुन र देशको संविधान, मानवअधिकार सबैको आधारमा अगाडि बढाउने विषय हो, कसैले चाहँदैमा र नचाहँदैमा मात्र यो काममा केही हुनै सक्दैन । तसर्थ सरकारका अगाडि शान्तिप्रक्रियाको बाँकी काम गर्नुमै थुप्रै प्रकारका चुनौतिहरु रहेका छन् । धेरै खालका चुनौतिहरुकोबीचमा बनेको सरकार र अहिलेका प्रधानमन्त्री कसैद्वारा प्रायोजित पात्र हुन्, जसले देश र जनताको पक्षमा उल्लेख्य प्रगति गर्ला भन्ने हामीलाई लाग्दैन । उचालेको कुकुरले मृग मार्दैन भन्ने उखान झैं शान्तिप्रक्रियाको काममा उनले मृग मार्लान भन्ने मलाई लाग्दैन । ७) छिमेकीसँगको सन्तुलीत सम्बन्ध र राष्टिय हितको सवाल ः हिजो ओली सरकार भारतीय अघोसीत नाकाबन्दीको कारण आपूर्तिका लागि अरु देशसँग पनि सम्बन्ध बढाउनु पर्छ भनेर अगाडि बढ्दा कहिले ओली चाइनातिर ढल्किए त कहिले अरु कतै भन्ने आरोप लगाइयो । तर हामीले देश र जनताको हितमा कोसँग कति र कस्तो सम्बन्ध राख्ने भन्ने अधिकार नेपाल सरकारसँग नै छ भन्ने कुरा प्रमाणित गराउन चाहन्थ्यौं र त्यो गरेर पनि देखायौं । नेपाल भारतको कुनै सानो भाइ होइन भन्ने मान्यता स्थापित गरायौं । अत्यमा भारत हाम्रो राष्ट्रियतासँग झुकेकै हो । हामीले व्यापार र सम्बन्ध दुबै कुरा हाम्रो सापेक्षतामा गरिनुपर्दछ भनेर केही चाइनासँग सम्झौता गर्ने काम पनि गरेका थियौं । तथापी हामीले छिमेकीहरुसँग सन्तुलित सम्बन्ध नै चाहेका थियौं । यतिबेला सरकारले हिजो हामीले नेपालको अनुकुलतामा सन्तुलित बनाएको सम्बन्ध असन्तुलित हुन्छ कि भन्ने खतरा बढेको छ । अहिलेको सरकार छिमेकी भारतसँग नजिकिएर निर्माण भएको सर्वत्र कुरा आइरहेकाबेला सन्तुलित सम्बन्ध बनाउन सक्दैन कि भन्ने आशंंका बढेको छ । सरकारको अगाडि यो पनि चुनौति देखिन्छ । ८) जनता र अन्तर्राष्टिय विश्वास ः धेरै पटक माओवादी सरकारमा गएको छ, उसले त्यहाँ खासै उल्लेख्य काम गर्न नसकेरै फर्केको देखिन्छ । प्रचण्डकै नेतृत्वमा रहेको सरकार विगतमा जनताको विश्वास प्राप्त गर्न नसक्दा हटेको हामी सबैलाई थाहा छ । पशुपतिको पुजारीदेखि कटवालकाण्डले उनको शक्ति कमजोर बनाएको थियो । वर्तमान सरकारमा प्रचण्डले नेतृत्व त गरिरहेका छन्, तर उनीप्रति जनताको विश्वास के कति छ ? अन्तर्राष्ट्रिय निकायहरुले के कति विश्वास गर्छन् ? यो कुरा निकै महत्वपूर्ण रहन्छ । उनले हिजोकै ढंगले सरकारको नेतृत्व गर्ने कोशिश गरे भने पुरानै हविगत नहोला भन्न सकिन्न । फेरि उनीहरु युद्धको लामो प्रकृयाबाट आएको हुँदा कसैलाई अत्यन्त आफ्नो र कसैलाई दुश्मन नै देख्ने समस्या होला । त्यो स्वभाविक नै होला । यी दुई अवस्थालाई व्यवस्थित गरेर मात्र सरकारको नेतृत्व गर्दा प्रचण्डलाई सफलता मिल्न सक्दछ । सरकारको अगाडि यो अस्तित्वसँग जोडिएको अर्को चुनौति हो । ९) अरु माओवादी नै अर्को समस्या ः हिजो प्रचण्डजीकै नेतृत्वमा बन्दुकको नालबाट राज्यसत्ता ल्याउन सशस्त्र युद्धमासँगै होमिएका नेताहरुले माओवादी केन्द्र गलत बाटोमा हिँडेको भन्दै विभाजित भएका माओवादी घटकहरुले विरोध गरिरहेका छन् । उनीहरु आन्दोलनदेखि युद्धसम्मको धम्की सरकारलाई दिइरहेको सुनिन्छ । सरकारले उनीहरुको समस्या र समाधानकाबारेमा स्पष्ट धारणा बनाएको देखिएको छैन । सम्पूर्ण आन्दोलनरत पक्षसँग सरकारले छलफल गर्न नसकेमा सरकारप्रति जनमत कम हुने र आन्दोलनरत पक्षका मागलाई सम्बोधन गर्दा सबैको समर्थन नहुने भएकाले प्रचण्डका अगाडि यतिबेला आफैबाट अलग भएका शक्तिलाई सन्तुष्ट गराउने काममा पनि समस्या र चुनौतिहरु देखिन्छ । (एमाले सचिव गुरुङ्गसँग लोकराज जैसीले गरेको कुराकानीमा आधारित)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies