Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

गिरिजाबाबु र प्रचण्डले हस्ताक्षर गरेको शान्तिप्रक्रिया अहिलेको सरकारले टुंग्याउनु पर्छ

नेपालको इतिहासमा जनताका प्रतिनिधिहरुले बनाएको संविधानको आधारमा यहाँको शासन व्यवस्था चलोस् भन्ने बर्षाैदेखिको नेपाली जनताको चाहना पूरा भएको छ । त्यही आधारबाट संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान हामीले जारी गरेका गरेका छौं, अब त्यसको कार्यान्वयनको प्रक्रियामा अगाडि बढिराखेका छौं । यो संविधान परिवर्तनीय व्यवस्थासहित आएको हुनाले यसमा भएका कमी कमजोरीलाई आउँदो दिनहरुमा छलफल गरेर सच्चाउँदै जाने, संमृृद्ध बनाउँदै जाने र सबै नेपालीको अपनत्व महशुस गर्ने खालको बनाउन सकिन्छ । सुशील कोइराला प्रधानमन्त्री भएकाबेला सरकारले संविधानका दुई वटा मुद्दा समानुपातिक र समावेशी समाजिक न्यायको अधिकार र जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको संशोधन प्रस्ताव ल्याएको थियो । संविधान जारी हुँदा मधेश, जनजाति र केही राजनीतिक दलहरुले संविधानप्रति असन्तोष व्यक्त गरेको हुनाले सबैको स्वीकार्य संविधान बनाउनका लागि संशोधन गर्नुपरेको हो । \"formullahमाओवादी केन्द्र र नेपाली काङ्ग्रेस लगायतका दलहरुले बनाएको वर्तमान सरकारको मुख्य कार्यभार पनि संविधानको कार्यान्वयन र असन्तुष्ट पक्षहरुलाई पनि समाहित गराउनु नै रहेको छ । सरकारले आफ्नो कार्यभार पुरा गर्ने क्रममा तमाम खालका चुनौतीहरुको सामना गर्नुपर्ने देखिन्छ, तथापि सरकार पछि हट्नु हुँदैन । के छन् त ती चुनौतीहरु ः संविधानप्रति असन्तुष्टलाई समेटेर अघि बढ्ने यतिबेला हामीले मधेशी दलहरुसँग सहमति गरेर अगाडि बढेका छौं । उनीहरुको भावना पनि संविधानमा समेटिनु पर्दछ भन्नेमा हामी सकारात्मक छौं । संविधानलाई सबैको सर्वस्वीकार्य नगराएसम्म यसको कार्यान्वयनमा समस्या हुने भएकाले पनि संविधानमा असन्तोष जनाएका राजनीतिक दलहरुसँग छलफल गरेर, आवश्यक परे संविधानको संशोधन गरेर भएपनि सबैलाई समेटेर अगाडि बढ्नु पर्दछ । सरकारको अगाडि यो मुख्य चुनौती रहेको छ । सबैलाई संविधानप्रति सन्तुष्ट गराउन सरकारका अगाडि तमाम खालका चुनौतीहरु आएका छन् । प्रदेशको संख्या, नामाङ्कन, सीमाङ्कन लगायतको विषयमा र संविधानको अन्य मुलभुत विषयमा असन्तुष्ट दलहरुसँग कुरा मिलाउन त्यति सहज छैन ।
सरकार कहिले छिमेकी देश भारतको नजिक हुने त कहिले चीनको नजिक हुने खालको अवस्था हामीले रोक्नु पर्दछ । हाम्रा दुई छिमेकी देशहरुसँग सन्तुलित सम्बन्ध बनाउन नसकेकै कारणले विगतका सरकारहरुले त्यसको आलोचना बेहोर्नु परेको थियो ।
भूकम्पपीडितको व्यवस्थापन गत वर्षको महाभूकम्पले पु¥याएको क्षतिको सरकारले व्यवस्थापनको काममा लाग्नुपर्ने देखिन्छ । सरकारको अगाडि यो पनि अत्यन्त चुनौतिपूर्ण काम नै हो । अघिल्लो सरकारले भूकम्पपीडितका लागि आर्थिक संकलन गराउनका लागि अन्र्तर्राष्ट्रिय सम्मेलन ग¥यो, त्यसमा धेरै दाताहरुले ठूलो आर्थिक सहायता गर्ने प्रतिबद्धता जाहेर पनि गरे तर आजसम्म त्यो सहायता रकम संकलन गर्न सकिएको छैन । जसले गर्दा सरकारको अगाडि केही जटिलताहरु देखिएका छन् । तर सरकार आफ्नो ढंगले काममा जुटिराखेको बताएको छ । भूकम्पपीडितहरुलाई जसरी हुन्छ सरकारले राहत र व्यवस्थापनको काममा सहायता गर्नु पर्दछ, यसमा सरकारपछि हट्नु हुदैन । \"girija-prachanda\"संविधानको कार्यान्वयन सरकारमा सहभागी नभएका दलहरु पनि संविधानको कार्यान्वयनकै पक्षमा रहेका छन् । मुलुकको सबै समस्याको समाधान पनि संविधानको कार्यान्वयनबाटै हल गर्न सकिन्छ । संविधानमा व्यवस्था गरिएका अधिकारलाई जनताले समर्थन नगर्दासम्म कार्यान्वयन प्रकृया अगाडि बढ्न सक्दैन । यतिबेला राज्यको पुनर्संरचना आयोगका कामहरु सबै ठाउँमा सम्पन्न हुन नसकेको कुरा बाहिर आएको छ । त्यसले आगामी स्थानीय निकायको निर्वाचनमा समेत असर पार्दछ । तसर्थ सरकारको अगाडि संविधानलाई कार्यान्वयन गराउनका लागि पनि चुनौतीहरु देखिएका छन् । सरकार चुनौतीकैबीचमा कार्यान्वयन गर्ने बाटोमा लागिरहेको देखिन्छ ।
सातदलको तर्फबाट शान्तिप्रकृयाको हस्ताक्षरकर्ता पार्टी काङ्ग्रेससमेत अहिलेको सरकारमा सहभागी भएको अवस्था रहेकोले यतिबेला शान्तिप्रक्रियासँग जोडिएका सबै कामहरु सम्पन्न गर्नुपर्ने जिम्मेवारी सरकारलाई थपिएको छ ।
दलहरुबीच विश्वासको वातावरण निर्माण नयाँ सरकार गठनसँगै नेकपा एमाले लगायतका केही राजनीतिक दलहरुसँग सरकारको दूरी बढेको छ । प्रतिपक्ष दलहरुले सरकारलाई राम्रो काममा सहयोग र चित्त नबुझेको काममा विरोध वा खबरदारी गर्ने बताएका छन् । सरकारले राष्ट्रिय महत्वका ठूला निर्णय लिँदा प्रतिपक्षको धारणा बुझेर अगाडि बढ्नु राम्रो हुन्छ । राजनीतिक दलहरुकोबीचमा राष्ट्रियता र देशको विकास, प्रगतिप्रतिको समान धारणा र सहयोग जुट्ने खालको वातावरण निर्माण हुन जरुरी हुन्छ । त्यस्तो खालको विश्वासिलो राजनीतिक वातावरण नबनेसम्म सरकार र प्रतिपक्षकोबीचमा विरोध र अवरोध आउने क्रम रोकिँदैन । यसले समग्र देशलाई नै व्यवधान सृजना गराउँछ । तसर्थ त्यस्तो खालको विश्वासिलो राजनीतिक वातावरण निर्माण गर्नका लागि सरकार केहि लचिलो रुपमा प्रस्तुत हुनुपर्दछ । यो पनि सरकारका अगाडि चुनौतीको रुपमा रहेको देखिन्छ । अन्तर्राष्ट्रिय सम्बन्ध सरकार कहिले छिमेकी देश भारतको नजिक हुने त कहिले चीनको नजिक हुने खालको अवस्था हामीले रोक्नु पर्दछ । खासगरी अहिलेको सरकारले सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध निर्माण गर्ने कुरामा जोड दिएको छ । हाम्रा दुई छिमेकी देशहरुसँग सन्तुलित सम्बन्ध बनाउन नसकेकै कारणले विगतका सरकारहरुले त्यसको आलोचना बेहोर्नु परेको थियो । सन्तुलित सम्बन्ध नबनेकाले आउने समस्या र असहजताले मुलुकको अर्थ व्यवस्थामा समेत नकारात्मक असर पार्दछ । तसर्थ सरकारले चुनौतीहरुकैबीचमा सन्तुलित सम्बन्ध विस्तार गर्नुपर्दछ । मुलुकको हितमा र हाम्रो अनुकुलकतामा सम्बन्धको कडि जोडिनु पर्दछ । सरकारका दुई उपप्रधानमन्त्रीहरु भारत र चाइनाको भ्रमण गर्नु यसैको कोशिस हो । शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्ने तत्कालीन युद्धरत माओवादीका अध्यक्ष प्रचण्ड र सातदलकोतर्फबाट निवर्तमान हाम्रो पार्टीका सभापति गिरीजाप्रसाद कोइरालाले शान्तिप्रक्रियामा हस्ताक्षर गरेका कुराहरुको कार्यान्वयन नगरी शान्तिको चाहना पूरा हुन सक्दैन । शान्तिप्रक्रियाका हस्ताक्षरकर्ता प्रचण्ड अहिले प्रधानमन्त्री बन्नुभएको छ । सातदलको तर्फबाट शान्तिप्रकृयाको हस्ताक्षरकर्ता पार्टी काङ्ग्रेससमेत अहिलेको सरकारमा सहभागी भएको अवस्था रहेकोले यतिबेला शान्तिप्रक्रियासँग जोडिएका सबै कामहरु सम्पन्न गर्नुपर्ने जिम्मेवारी सरकारलाई थपिएको छ । यो जिम्मेवारी पूरा गर्न सरकारले खुट्टा खुम्चाउनु हुँदैन भन्ने आमजनताको अपेक्षा समेत रहेको छ । सरकारको अगाडि देखिएको यो चुनौतिको सरकारले सामना गर्नैपर्छ । सरकारले युद्धकालीन मुद्दा, घटना, हिजोका समझदारी सबैको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्दछ । जनतालाई सहायता पुग्ने काम गर्नुपर्छ मधेशी दलहरुले विगतमा गरेको आन्दोलन र नाकाबन्दीका कारण देशैभरीको जनजीवनमा असहजता ल्याएको थियो । जनताले दैनिक उपभोग्य वस्तुको सहज उपयोग गर्न सक्ने अवस्था थिएन तर कालोबजारी, दलाल र धन्दावालहरुले त्यो मौकाको गलत फाइदा उठाएर जनतालाई आपूर्तिको नाममा ठगी धन्दा चलाएका थिए । तत्कालीन सरकारले त्यसलाई रोक्न सकेको थिएन । अहिले पनि बजारमा अभावको नाममा धेरै मूल्य अुसुल्ने गरेको खबर सुनिन्छ, सरकारले त्यस्तो काम गर्नेलाई कानुनी सजाय दिलाउनु पर्दछ र जनतालाई सहज हुने खालको व्यवस्थापनमा विशेष ध्यान पु¥याउनु पर्दछ । यो काम चुनौतीपूर्ण भएपनि सरकारको अस्तित्व र अर्थसँग जोडिएको हुनाले सरकार यसमा अत्यन्त चनाखो भएर जनताका कामहरु गर्नुपर्ने हुन्छ । जनतालाई आवश्यक पर्ने वस्तु र सेवाको सहज आपूर्ति हुने खालको वातावरण निर्माण गर्नु सरकारको कर्तव्य पनि हो । (नेपाली काङ्ग्रेसका नेता फरमुल्लाह मन्सुरसँग लोकराज जैसीले गरेको कुराकानीमा आधारीत)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies