Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

डिलिट भएको फोटो पुनः प्राप्त गर्ने तरिका

\"digdeep-700\"हालै मेरो एउटा साथीको एन्ड्रोइड फोनबाट केही फोटोहरु गल्तीले डिलिट भएछन् । अनि ती फोटो पुनः प्राप्त गर्ने कुनै तरिका छ कि भनेर उसले मलाई मेल गरेको थियो । यसको लागि उपायहरु धेरै छन् । तर कुनै उपायले काम गर्छन् त कुनैले समय मात्र खेर फाल्छन् । यस्तो समस्या जसलाई पनि पर्न सक्छ । कुनै समय फोटोहरु डिलिट गरिसकेपछि बेकारमा डिलिट गरेछु जस्तो पनि लाग्न सक्छ । कारण जेसुकै होस्, समाधान भनेको ती डिलिट भएका फोटोहरु फिर्ता ल्याउन नै हो । एन्डज्ञोइड फोनबाट फोटो रिकभर गरिदिने दाबी गर्ने अनुप्रयोगहरु र सफ्ट्वेयरले केही सीमित संख्यामा मात्र हटेका फोटो रिकभर गर्न सहयोग गर्छन् भने कुनैले सबै हटेका फोटोहरुको लिष्ट आएपछि तिनलाई रिकभर गर्न ‘प्रिमियर लाइसेन्स’ किन्न लगाउँछन् । यसै यता र उता गर्दा गर्दै समयमात्रै खेर जान्छ । कुनैपनि प्रकारको झन्झट नगरी, निःशुल्क रुपमा आफ्नो एन्ड्रोइड फोनबाट हटेका फोटोहरु रिकभर गर्ने तरिका भनेको ‘डिगडिप इमेज रिकभरी’ एप्स प्रयोग गर्नु हो । ‘डिगडिप इमेज रिकभरी’एक फ्री एप्स हो, जुन ‘गुगल प्ले स्टोर’ बाट निःशुल्क रुपमा डाउनलोड गर्न सकिन्छ । यस एप्सले कुनै पनि एन्ड्रोइड फोनमा डिलिट भएको फोटो, फोनको इन्टर्नल मेमोरी र एसडी कार्डभित्र खोज गर्छ, र तिनलाई रिकभर गर्न सहयोग गर्छ । यस एप्सको प्रयोग साह्रै सजिलो छ । गुगल प्ले स्टोरमा गएर ‘डिगडिप इमेज रिकभरी’ लेखेर सर्च गरी डाउनलोड गरेर इन्स्टल गर्न सकिन्छ । यो एप्स खोल्नेबित्तिकै सबैभन्दा पहिले रिकभर गर्न सकिने फोटोहरु खोज्न थाल्छ । जति धेरै फोटो, उति नै धेरै समय । सर्च समाप्त भएपछि, केही फोल्डरहरु प्रतुत हुन्छन्, जहाँ भित्र रिकभर गरिन सकिने फोटो समावेश गरिएको हुन्छ । तिनै फोल्डरहरुभित्र गएर आफूलाई चाहिने फोटोहरुको खोजी गरी रिकभर गर्न मन लागेका फोटोहरुलाई ‘चेक’ अप्सन लगाएर अन्ततः ‘रिस्टोर’ गर्न सकिन्छ । यसरी, आफ्नो एन्ड्रोइड फोनबाट डिलिट भएका फोटो सजिलै पुनः प्राप्त गर्न सकिन्छ । यस एन्ड्रोइड एप्सको प्रयोग सामान्य मोबाइलकर्तालाई समेत मध्यनजर गरेर बनाइएको हुन्छ । स्रोत ः अन्नपूर्ण पोष्ट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: