Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

यस्तो छ सदावहार नायिका करिश्मा मानन्धरको सुन्दरताको रहस्य

\"karisma-manandhar\"काठमाडाैं । अभिनेत्री करिश्मा मानन्त्रधरलाई सदाबहार सुन्दरी भनिन्छ । उमेर घर्कदै जाँदा पनि उनको सुन्दरतामा कुनै कमी नआएको देख्दा उनका सहकर्मीहरु समेत उनलाई सोध्ने गर्छन की कसरी आफुलाई मेन्टन गरिरहनु भएको छ ? भनेर । यसको ठ्यक्कै उत्तर उनीसँग पनि छैन । तर उनका केही त्यस्ता बानीहरु छन् जसले उनलाई सँधै सुन्दर र स्वस्थ रहन सघाइरहेका छन् । व्यायाम– अघिल्लो वैशाखसम्म नियमित हेल्थ क्लब जान्थेँ । भूकम्प, त्यसपछि पेट्रोलको अभाव भएदेखि जान छाडेँ । त्यसैले अहिले केही मोटाएकी छु । तर, केही दिनमै फेरि नियमित जान्छु । खानपान– खानेकुरामा चुजी छैन । तर, पोषणचाहिँ सबै प्रकारको छ कि छैन भनेर केयर गर्ने बानी छ । भात एक छाक मात्रै खान्छु । मासु एकदमै कम पाक्छ हाम्रो भान्सामा । माछाचाहिँ खान्छु । दिनको सुरुवात जहिल्यै हट लेमनबाट गर्छु । डाइटिङ गर्दिनँ । एकैपटक धेरै खान्नँ तर दिनमा पाँच–६ चोटि अलिअलि गरेर खाने बानी छ । पानी प्रशस्त पिउँछु् । रहस्य– म कुण्ठित छैन । मलाई पिर पर्न श्रीमान् ९विनोद मानन्धरले दिएका छैनन् । त्यसैले नकारात्मक सोच आउँदैन । आफूलाई सक्दो व्यस्त राख्ने कोसिस गर्छु । मेरो स्वास्थ्यको सबभन्दा ठूलो रहस्य यही हो जस्तो लाग्छ । आराम– प्रशस्त आराम चाहिन्छ । निद्रामा गडबड हुन दिन्नँ । बेलुका समयमै सुतेर बिहान आठ बजेतिर उठ्छु । रुचि– नाच्ने र साइक्लिङ गर्ने रुची छ । त्यसैले घरमा पनि गीत बजाएर नाच्ने गर्छु । यसले कामविहीन अवस्थामा पनि शरीरलाई सक्रिय राख्न मद्दत गर्छ । स्किन केयर ः फेसियलमा खासै विस्वास गर्दिन । तर हप्तामा एक पटक दहि र महको मिक्स बनाएर फेस प्याक लगाउँछु । कपालको स्याहारः कपाल सँधै नुहाउनु राम्रो मानिँदैन त्यसैले दिन विराएर कपाल नुहाउने गर्दछु ।सँधै तेल लगाउने गर्छु कपालमा । तोरी , नरिवल र जैतुनको तेल पालै पालो नुहाउनु भन्दा एक घण्टा अगाडी लगाएर नुहाउँछु । मेरा उमेरका सबै साथीहरुको कपाल फुलिसकेको छ तर मेरो अहिले सम्म एउट रौ पनि फुलेको छैन । स्वास्थ्य चेकजाँच– नियमित गर्नुपर्छ भन्ने लागेको छ । धेरैले यस्तो भनिरहँदा मलाई पनि महसुस भएको हो । तर, अहिलेसम्म गरेकी छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: