Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

कतार एयरवेजको ट्राभल फेस्टिवल शुरु

काठमाडौं, १७ भदौ । कतार एयरवेजको सर्वाधिक लोकप्रिय ट्राभल फेस्टिवल पूर्णः आयोजना भएको छ । फेस्टिवल अन्तर्गत विश्वभरका यात्रीहरुलाई रोमाञ्चक स्थानमा पुगी रमाइलो गर्ने अवसर प्रदान गरिनेछ । साथै, आकर्षक उपहारहरु जित्ने अवसर समेत प्रदान गरिने आयोजकले जानकारी दिएको छ । \"Qutar\"अगस्ट २९ देखि सेप्टम्बर ५ २०१६मा आयोजना हुने ट्राभल फेस्टिवल अन्तर्गत यात्रीहरुलाई विश्वकै केही सर्वाधिक लोकप्रिय “होलिडे” गनतब्यमा रमाउने , कम्पानियन प्रमोशन अफर मार्फत १ टिकटको शुल्कमा २ जनालाई घुम्ने अवसर, ४० प्रतिशत सम्मको छुट, “बुक मोर एण्ड सेभ मोर” लगायत सुविधा १५ सेप्टेम्बर २०१६ देखि ३० जून २०१७ सम्मको यात्रामा उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । फेस्टिवल अन्तर्गत होटलका लागि विशेष डिल तथा कार रेण्टल लगायतमा समेत छुटको ब्यवस्था गरिने जानकारी दिइएको छ । कतार एयरवेज प्रिभ्लेज क्लब मेम्बरहरुले ट्राभल फेस्टिवलका दौरान बुकिङ्स गर्दा ट्रिपल क्यूमाइल्स समेत प्राप्त गर्ने जानकारी दिइएको छ । ट्राभल फेस्टिवल अन्तर्गत छुटका साथै आठ दिनको यो कार्यक्रमका दौरान यात्रीहरुले विशेष उपहारहरु समेत जित्न सक्ने बताइएको छ । फेस्टिबल अवधिभर ६ सय भन्दा बढीको सङ्ख्यामा उपहार बाँडिने छन् । उपहार अन्तर्गत कतार एयरवेज र वानवल्र्डको सहकार्यमा एक जोडीका लागि “एराउण्ड दि वल्र्ड” एयर ट्राभल टिकेट्स प्रदान गरिने छ । त्यसैगरी, कतार एयरवेजद्वारा प्रायोजित एफसी बार्सिलोना म्याचहरुका लागि एक जोडीका लागि टिकट जित्ने अवसरका साथै साइन्ड फुटबल जर्सीहरु समेत प्रदान गरिने छन् । यात्रीहरुलाई विश्वकै सर्वोत्कृष्ट बिजनेश क्लास सेवाको अनुभव लिने अवसरका लागि मानार्थ अपग्रेड्सपनि प्रदान गरिने जानकारी दिइएको छ । उपहार योजना अन्तर्गत एयरलाइन्सको ग्लोबल सञ्जाल भित्र निःशुल्क ईकोनोमी क्लास फ्लाइट, ५ ओटा कतार एयरवेज होलिडे प्याकेजेज्, कतार ड्यूटी फ्रिमा उपयोग गर्न सपिङ्ग भाउचर लगायतको ब्यवस्थापनि रहको छ । “यही बर्षको ज्यानुअरीमा पहिलो पटक आयोजना गरिएको कतार एयरवेज ट्राभल फेस्टिवलले उपभोक्ताहरुलाई उपलब्ध मध्यका सर्वोत्कृष्ट डिलको मज्जा लिने पृथक प्लेटफर्म उपलब्ध गराएको थियो । यस पटकको ट्राभल फेस्ट अवधिभर हाम्रा यात्रीहरुले अझ बढी आकर्षक प्याकेजेज् तथा ट्राभल डिल्स मध्यबाट आफू अनुकुल रोज्ने अवसर प्राप्त गर्नेछन् । यसले तिनलाई विश्व अवलोकन गर्ने अवसरका साथै विभिन्न आकर्षक उपहार समेत जित्ने अवसर प्राप्त हुनेछ । हामी उपभोक्तालाई सपना हेर्न मात्र नभइ सपनालाई साकार समेत पार्न प्रेरित गर्न चाहान्छौँ ”, कटार एयरवेजका प्रमुख कमर्शियल अफिसर डा. ह्यूग डनलिभीले भने । कतार एयरवेजले उडान भर्ने अमेरिका, मिडल ईष्ट, यूरोप र अफ्रिकाका साथै विश्वभरका १ सय ५० भन्दा बढी गनतब्यका ईकोनोमी र बिजनेश क्लास रिटर्न एयरफेर्समा ट्राभल फेस्टिवल अवधिभर अफर लागु हुनेछ । ट्राभल फेस्टिभल अन्तर्गतका अफरको लाभ उठाउनका लागि उपभोक्ताले लगनअन गर्न सक्छन् । साथै, यो सुविधा कतार एयरवेजका सेल्स अफिस तथा निर्धारित ट्राभल पार्टनर मार्फतपनि लिन सकिने जानकारी दिइएको छ । कतार एयरवेजले विश्वकै सर्वोत्कृष्ट १० एयरपोर्ट मध्यको एक दोहा स्थित हमाद अन्तरराष्ट्रिय विमानस्थल मार्फत बढ्दो क्रममा रहेको १ सय ५० भन्दा बढी गनतब्यको सञ्जालमा उपभोक्ताहरुलाई उडान सेवा प्रदान गरिरहेको छ । साथै, यात्रीहरुले एयरलाईनको सञ्जालमा सन् २०१६मा थपिएका लस एन्जिलिस (यूएसए), रास अल खाइमा (यूएई), सिड्नी (अष्ट्रेलिया), बोस्टन (यूएसए), बर्मिङ्घम (यूके), यरेभान (अरमेनिया), एट्लान्टा (यूएसए), माराकेच (मोरोक्को) र पिसा (ईटाली) गनतब्यको यात्राको मज्जा समेत लिन सक्नेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies