प्रतिगामी शक्तिकाविरुद्ध फेरि पनि लड्छौ
देशको मुल संविधानमा राजतन्त्रको अन्त्य, धर्म निरपेक्ष र संघीय गणतन्त्रात्मक राष्ट्र भनि उल्लेख भइसकेको अवस्थामा केही समूहले जनताको भावना र मुलुकको संविधानको खिलापमा काम गर्ने कोशिस गर्छन भने तिनीहरुलाई राज्यले कानूनी कठघरामा ल्याउनु पर्दछ । यदि राज्यले देशको कानूनलाई च्यालेन्ज गर्ने मुठ्ठीभरका मानिस नियन्त्रण गर्न सक्दैन भने, फेरि पनि हाम्रो संगठन परिवर्तनगामी युवाको साथमा मुलुकका सबैखाले फोहरमैलाको अन्त्य गर्न संघर्षको मैदानमा आउन बाध्य हुनेछ । जनताको मतको सम्मान गरियोस् भन्ने हामीले चाहेका छौं ।राजतन्त्रलाई पुनरावृत्ति गराउने जो सपना देखिएको छ, त्यो कहिले पूरा हुन सक्दैन । मुलुक पुनसंरचनासहित अगाडि बढिरहेको स्थितिमा परिवर्तन नचाहने प्रतिगामी शक्तिहरु फेरि टाउको उठाउँदैछन् । नेपालगञ्जमा राजावादीहरुले गरेको दुष्प्रयासप्रति हाम्रो गम्भीर आपत्ति रहेको छ । राजसंस्थाको बलमा यो वा त्यो ढंगले जनमतको अपमान गर्न पहिले पनि खोजिएको थियो तर जनताको आक्रोशका कारण शीर ठाडो पार्न नसकी उम्केकाहरुले यतिबेला नेपालगञ्जमा हंगामा मच्चाउन खोजेका हुन् ।
के पूर्वराजाको शालिक राख्दैमा राजतन्त्र फर्कन्छ ?
मुलुक धर्म निरपेक्षतामा गएको छ, मुलुक संघीयतामा प्रवेश गरेको छ, यो बेलामा जनमतको अपमान गर्ने अधिकार राजवादीहरुलाई कसले दियो ? कहाँबाट आयो, मरिसकेको शरीरमा प्राणको संचार ? भन्ने विषयलाई गम्भीररुपमा विश्लेषण गरिनु आवश्यक छ । सत्य कुरा के हो भने देशी विदेशी केही प्रतिक्रियावादी शक्तिहरु मिलेर हिन्दु राज्यको पुनःवहाली गराउने र राजसंस्थाको स्थापना गराउने योजनाअनुसार यतिबेला जुर्मुराएका छन् । उनीहरु यतिबेला धर्मको नाममा राजनीति गर्न तम्सिएका छन्, यो आम नेपालीले बुझेको विषय हो ।
उनीहरुले चाहे जस्तो व्यवस्थाको पक्षमा कति जनता छन् ? यो उहाँहरुले आत्मसमीक्षा गर्नुपर्ने विषय हो । आमजनताले १९ दिने जनआन्दोलनबाट दिएको निर्देशनको अपमान गर्दाको परिणाम के होला ? यो बुझ्नु पर्ने कुरा हो । जनता गणतन्त्रको दिशामा अभ्यस्त भइरहेकोबेला केही सीमित वर्गको चाहना पुरा गर्नका लागि मुलुकमा जे मन लाग्यो त्यो गर्न मिल्दैन । देशमा गडबडी मच्चाउने र अस्थिरतातिर धकेल्ने काम कसैले पनि गर्नु हँुदैन ।
गणतन्त्र पक्षधर सबै परिवर्तनगामी शक्तिहरु एकजुट भएर संविधानको कार्यान्वयनमा लाग्न जरुरी छ । गणतन्त्रवादी शक्ति विभाजनको अवस्थालाई मध्यनजर गर्दै प्रतिक्रियावादीहरु जुरमुराउने कोशिस गरीराखेका छन्, तथापि उनीहरुले देखेको सपना पुरा हुन सक्दैन । जसरी बगेको खोला फर्कदैन, त्यसैगरी परिवर्तनको गति निरन्तर प्रगतिपथमा बढ्छ, पछाडि फर्कदैन ।
गणतन्त्र अस्वीकार गर्नेले पनि संविधान मान्नै पर्छ जसरी राजाको शालिक राख्ने कामको नेपालगञ्जबाट प्रतिगामीहरुले शुरुवात गरेका छन्, यो अवैध क्रियाकलाप हो । किनभने यो देश संघीय लोकतान्त्रिक गणतन्त्र भइसकेको छ । गणतन्त्रिक व्यवस्थालाई स्वीकार गर्ने पक्षधरहरुकोबीचमा मत मतान्तर हुन सक्छ, त्यो स्वभाविक पनि हुन्छ । दलहरुले आफ्ना धारणाहरु राख्न पनि सक्छन तर समग्र राज्य व्यवस्थाको परिवर्तन नै अस्वीकार गर्ने, संविधान र कानूनको सम्मान नगर्नेहरु संविधान विरोधी हुन् । देशद्रोहीको रुपमा उनीहरुलाई बुझ्न सकिन्छ । संविधानकै अपमान गरेपछि त्यसलाई लोकतान्त्रिक अधिकार र स्वतन्त्रताको नाममा जे मन लाग्यो त्यहि गर्ने छुट कसैलाई हुदैन । संविधानको खिलाप, देशको राष्ट्रिय अखण्डता, सार्वभौम सत्तामाथिको हमला कुनैपनि अर्थमा जायज हुन सक्दैन । राजनीतिक रुपमा हरेक नागरिकसँग फरक मत राख्ने, विचार र आस्था राख्ने अधिकार लोकतन्त्रमा सुरक्षित रहन्छ, तथापि संविधानको अपमान गर्न कसैलाई पनि छुट हँुदैन । राजावादीहरुले गणतन्त्रलाई स्वीकार गर्नैपर्छ भन्ने होइन तर जनताले बनाएको संविधान र मुलुकको परिवर्तनको मुद्धालाई अस्वीकार गर्न कुनै पनि हालतमा मिल्दैन । हिजो माओवादीले राज्य व्यवस्था परिवर्तनका लागि विद्रोह ग¥यो, कानून मानेन उसलाई आतंककारी भनियो । जनताको साथ र समर्थन मिलेपछि माओवादीका परिवर्तनका मुद्दा स्थापित भएका हुन् । आज जनताले बलिदानी गरेर ल्याएको संविधानको अपमान गर्ने मानिस किन आतंककारी नहुने ? उनीहरु देशद्रोही हुन्, राज्यले तिनीहरुको पहिचान गरेर कानुनी सजाय दिनु पर्दछ । तिनीहरुले म्यूजियममा थन्किएको राजसंस्थालाई जबर्जस्त जनतासँग कुस्ती खेल्न उचालेको संकेत आएको छ, यसलाई रोक्नु राज्यको दायित्व हो ।नेपालगञ्जको शालिक भत्काउने म नै हुँ
म २०५८ सालदेखि विद्यार्थी संगठनमा जोडिएर माओवादी राजनीतिमा लागेको थिए । २०६० सालमा पूर्ण भूमिगत भएर विद्यार्थी अर्बान गुरिल्ला अर्थात पार्टीले त्यतिबेला शहरी क्षेत्रमा प्रतिगामीहरुविरुद्ध जुध्न बनाएको गुरिल्लाको कमिटीमा रहेर काम गरेँ । बाँकेको सापेक्षतामा पार्टीको निर्देशनमा धेरै काम गरियो । शान्ति प्रक्रियापछि राजतन्त्रका अवशेषहरु हटाउने योजना अनुसार उक्त शालिक ढाल्ने टिम मेरो नेतृत्वमा गएको थियो । त्यो अभियानमा हाम्रो संगठनका तत्कालिन भेरी कर्णाली संयोजक तथा वर्तमान अध्यक्ष नरेन्द्र न्यौपाने, संगठनका नेता साथीहरु अशोक पोखरेल, शान्तबहादुर सिंह, रामबहादुर बिक लगायत सयौं जना सहभागी हुनुहुन्थ्यो ।
शालिक ढाल्ने बेलामा चारैतिरबाट प्रहरीले घेराउ गरेको थियो । साथीहरु प्रहरीसँग प्रतिकारमा उत्रिनु भयो । हामीले शालिक ढालेरै छाड्यौं । नेतृत्वकर्ताका हिसाबले त्यतिबेला प्रहरीले मलाई गिरफ्तार गरेको थियो । चारैतिर घेरा हालेर प्रहरीले मलाई त्यहि चोकमै मरणासन्न हुने गरी कुटे । म वेहोसमै थिएँ, जब होस आयो मलाई जिप्रका लगिएको थाहा पाएँ । त्यहाँ पनि अत्यन्त निर्मम तरिकाले पिट्ने काम गरियो, अन्त्यमा मानवअधिकारकर्मी र संचारकर्मीहरुको चासोका कारण दीपेन्द्र प्रहरी अस्पतालमा २÷३ दिनसम्म कसैलाई भेट्नै नदिएर उपचारमा राखे । त्यसपछि भेरी अञ्चल अस्पतालमा राखेर केही दिन उपचार गराए र त्यहाँबाट केहि दिन जिप्रकाको हिरासतमा राखियो । पछि राजनीतिक अवस्था परिवर्तन हुँदै गएकाले पुलिसले मलाई छाडेको थियो ।
यसरी जनताको म्यान्डेट पूरा गराउनका लागि पुलिसको त्यो यातना भोगेको सम्झिँदा राजतन्त्रका पक्षपातीहरुले गरेको हर्कतबिरुद्ध आक्रोश पैदा भएको छ । त्यसरी रगत र ज्यानै समर्पण गरेर ल्याएको गणतन्त्रको कसैले अपमान गरेको टुलुटुलु हेरेर बस्न सकिन्न, मेरो जस्तो परिस्थिति भएका हजारौं लाखौं जनताले आँधी तुफान फेरि ल्याउन सक्छन् । राजतन्त्रवादीको कभर नै उडाउन सक्छ, समयमै बुद्धि पु¥याए राम्रो होला ।
प्रतिकृया लेख्नुहोस्: