भाद्र १८ गते, २०७३ शनिवार 3rd September, 2016 Sat११:५५:३४ मा प्रकाशित
२०५१ फागुनमा चितवनमा भएको तेस्रो विस्तारित बैठकले जनयुद्धको रणनीति तथा कार्यनीति तय ग¥यो र पार्टीको नाम नेकपा (माओवादी) राख्ने निर्णय ग¥यो । बैठकले संयुक्त जनमोर्चाको अध्यक्षबाट बाबुरामलाई हटायो र नेतृत्वको जिम्मा पम्फा भुसाललाई दियो ।
भारतमा विद्यार्थी हुँदा विभिन्न राजनीतिक गतिविधि गरेका, जेएनयूबाट पीएचडी गरेका, २०४६ सालको आन्दोलनमा संयुक्त राष्ट्रिय जनआन्दोलन समितिको प्रवक्ताका रुपमा काम गरेका र संयुक्त जनमोर्चाका अध्यक्ष रहेका बाबुराम पार्टीबाहिर स्थापित व्यक्तित्व थिए । पार्टी नेतृत्वसँग मोर्चाको नेतृत्व समानान्तर देखिएका कारण बाबुरामलाई मोर्चाबाट हटाउने निर्णय भएको थियो ।
वास्तवमा माओवादीका धेरै नेतामा बाबुरामप्रति मनोवैज्ञानिक त्रास थियो । पार्टीभित्र चलेको यो अन्तरसङ्घर्षबारे बाबुरामले सुइको पनि पाएनन् । प्रचण्डले उनलाई जनयुद्धका लागि पार्टीको भित्री काममा लाग्नुपर्ने बताए । बाहिरीभन्दा भित्री काम बढी हुने भन्दै प्रचण्डले बाबुरामलाई मोर्चा छाडेर पार्टीका काममा लाग्न आग्रह गरे । बाबुरामले सहजै प्रचण्डको प्रस्ताव स्वीकार गरे र जनमोर्चाको नेतृत्व पम्फा भुसाललाई हस्तान्तरण गरे । तर पुष्पकमल दाहाल ‘प्रचण्ड’ भन्छन्– ‘जनयुद्धको तयारीमा घनिभूत ढङ्गले लाग्नुपर्ने भएकाले प्रमुख नेताहरु तुरुन्तै भूमिगत जाने निर्णय अनुसार बाबुरामलाई मोर्चाको अध्यक्षबाट हटाएर पम्फा भुसाललाई ल्याइएको हो ।’
जनयुद्ध सुरु गर्न माओवादीले वर्षभरिका लागि सङ्घर्षका कार्यक्रम तय ग¥यो । जनयुद्धको औचित्य पुष्टि गर्ने हिसाबले पार्टीले जनपरिचालनका कार्यक्रम तयार गरेको थियो । यसका लागि स्थापित नेतृत्व आवश्यक थियो । बाबुरामलाई हटाएपछि मोर्चाले प्रभावकारी ढङ्गले काम गर्न सकेन । निर्मल लामा र बाबुराम भट्टराई पार्टीबाहिर सबैभन्दा बढी चर्चित थिए । जनयुद्धको कार्यदिशाप्रति असहमति जनाउँदै लामा पार्टीबाटै अलग भइसकेका थिए भने भट्टराई पनि पार्टीको काममा मात्र लागेपछि मोर्चाले जनपरिचालन गर्न सकेन ।
२०५२ असारमा पुनः बाबुरामलाई नै मोर्चाको अध्यक्ष बनाइयो । तर, प्रचण्ड यो कुरा स्वीकार गर्दैनन् । बाबुरामले आन्दोलन छाडेर बिदा बस्छु भनेर धम्क्याएपछि पुनः उनलाई मोर्चाको अध्यक्ष बनाइएको उनी बताउँछन् । प्रचण्ड भन्छन्– ‘जनमोर्चाको जिम्मा अर्कोलाई दिऊँ भन्दा बाबुरामले बिचित्रको कुरा गर्नुभयो । मेरो यो पार्टीमा भूमिका केही रहेन, मेरो पीएचडीको थेसिस अपग्रेड गर्नुपर्ने छ । ६ महिनाजति बिदा दिनुप¥यो, म दिल्ली गएर थेसिस अपग्रेड गर्छु भन्न थाल्नुभयो । जनयुद्धको अन्तिम तयारीका बेला उहाँलाई बाहिरी मोर्चाको जिम्मेवारी दिइएको छ, उहाँ स्थापित हुनुहुन्छ । उहाँसमेत संलग्न भएर जनयुद्ध गर्ने निर्णय गरिएको छ । उहाँचाहिँ बिदा लिएर हिँड्ने कुरा गर्नुहुन्छ । यस्तो हुन दिनहुन्न, उहाँ मान्छे अलि व्यक्तिवादी हुनुहुँदो रहेछ भन्ने देखियो तर पनि आन्दोलनको हितमा उहाँको कुरा अहिले मान्नुपर्छ भनेर पम्फाजीलाई हटाएर फेरि उहाँलाई मोर्चामा ल्याइयो ।’
तर, बाबुराम प्रचण्डको यो कुरा मान्न तयार छैनन् । भन्छन्– ‘प्रचण्डले आफू अनुकूल विषयवस्तु बङ्ग्याउँछन् । फरक प्रसङ्गमा भएको कुरालाई बङ्ग्याएर थपेका छन् । थेसिस अपग्रेड गर्न दिल्ली जान पर्दैनथ्यो, यही“ बसेर गर्ने हो । तर, त्यो फरक प्रसङ्ग र फरक समयको कुरा थियो ।’
(पत्रकार अनिल थापाद्धारा लिखित पुस्तक डा। बाबुराम भट्टराईको जीवनी ‘अविराम बाबुराम’ को अंश । यो पुस्तक आज शनिबार सार्वजनिक हुँदैछ ।)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: