Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

अाज चर्चित म्यानेचेष्टर डर्बी भिडन्त : कसले मार्ला बाजी ?

काठमाडौं, २५ भदौं । प्रिमियर लिगका दुई ठुला र धनि क्लव म्यानेचेष्टर युनाईटेड र म्यानेचेष्टर सिटीबिच आँउदो शनिबार युनाइटेडको होम ग्राउण्ड वल्र्डट्राफोडमा हुँदैछ । क्लवको स्थापनाकालदेखि नै सघर्षपूर्ण र तनावपूर्ण खेल हुँदै आएको यि दुई क्लवबिचको पछिल्लो डर्बीको बाजी युनाईटेडले मारेको थियो । अघिल्लो सिजनमा खराब लयमा रहेको युनाईटेडले दुई डर्बीमध्य एकमा बाजी मारेको थियो भने त्यो भन्दा अघिल्लो डर्बीमा सिटीले बाजी मारेको थियो । नेपाली समयअनुसार शनिबार साँझ ५.१५ बजे यो डर्बी म्यानेचेष्टर युनाइटेडको होम ग्राउण्ड वल्र्डट्राफोडमा हुनेछ । \"durbi_manchesrter\"३८ डर्बी, २० डर्बीमा युनाइटेडको बाजी अहिलेसम्म यस्तो डर्बी भिडन्तमा दुबै क्लवले ३८ पटक भिडेका छन् । ३८ मध्य २० डर्बीमा युनाईटेडले र ११ डर्बीमा सिटीले बाजी मारेको छ भने ७ डर्बी बराबरी खेलेका छन् । युनाइटेडले आफ्नो होम ग्राउण्डमा १० डर्बी जितेको छ भने सिटीले ७ डर्बी । सिटीले युनाइटेडको होम ग्राउण्डमा जम्मा ४ वटा खेलमा मात्रै जित निकाल्न सकेको छ भने युनाइटेडले सिटीको होम ग्राउण्डमा २० मध्य १० मा जित निकालेको छ । १० जित भने आफ्नै होम ग्राउण्डमा निकालेको थियो । पछिल्ला ५ डर्बीमा बराबरी पछिल्ला ५ डर्बीमा दुबैको बराबरी जित र हार देखिन्छ । २५ मार्च २०१४ मा भएको खेलमा सिटीले युनाईटेडलाई ३–० ले हराएको थियो भने २०१४ कै २ नोबेम्बरमा भएको अर्को डर्बीमा पनि सिटीले नै १–० ले बाजी मारेको थियो । १२ अप्रिल २०१५ मा हारको बदला लिदैँ युनाइटेडले सिटीमाथि ४–२ को जित हात पार्यो भने २५ अक्टोबर २०१५ मा भएको खेलमा दुबैले बराबरी खेले । अन्तिम डर्बीमा भने युनाइटेडले २० मार्च २०१६ मा झिनो गोल अन्तरमा सिटीमाथि जित हात पारेको थियो । फुटबल विश्लेषकहरु के मान्छन् भने माथि भनिएका ५ वटै डर्बीभिडन्तको समयमा युनाईटेड खराव लयबाट गुज्रिएको थियो र सिटी पनि उतारचढावबाट गुज्रिएको थियो । यो सिजन दुबैले आफ्नो अवस्था सुधार गरेका छन् । पछिल्लो अवस्था के छ ? दुबै टोलीले अर्का क्लवहरुसँग खेलेका पछिल्ला ५ खेलमा सिटी अपराजित छ भने युनाइटेडले १ खेलमा पराजय बेहोरेको छ । तर २ खेल बराबरी खेलेर ३ जित हात पारेको सिटी भन्दा ४ खेलमा जित हासिल गरेको युनाइटेड बलियोजस्तो देखिन्छ । सिटीले ५ खेलमा ६ गोल खाएको छ भने १२ गोल गरेको छ । उता युनाइटेडले सिटीको भन्दा १ गोल कम अर्थात ५ गोल खाएको छ भने १ गोल कम ११ गोल गरेको छ । सिटीका एग्युइरो गुमाउँदा तनाव आज हुँदै गरेको डर्बीमा म्यानेचेष्टर सिटी आफ्ना मुख्य स्ट्राइगर सर्जिओ एग्युइरोलाई गुमाएको छ । प्रिमियर लिग अन्तर्गत गए आइतबार राति वेष्टह्यामका खेलाडी विस्टन रिडलाई हिंसात्मक गतिविधि गरेका कारण एफएले उनलाई तीन खेलमा प्रतिबन्ध लगाएपछि उनलाई गुमाएको हो । एग्युइरोले रिडसँगको ट्रयाकलमा कुहिनोले रिडको अनुहारमा हानेका थिए । उतिबेलै रेफ्रिले उक्त घटना नदेखेपनि भिडियो फुटेजका आधारमा यो प्रतिबन्ध लगाएको हो । टोलीका मुख्य खेलाडीले लिगको सूरुमै गुमाउनु सिटीका लागी घातक हुनसक्ने विश्लेषण फुटबल पण्डितहरुले गरेका छन् । डर्बीमा एग्युइरो नहुनुको प्रभाव पर्न सक्छ । अंक महत्वपूर्ण ३ खेलबाट समान अंक बटुलेका दुबै टोलीका लागी यो डर्बी महत्वपूर्ण छ । दुबै टोली शतप्रतिशत ३ अंक लिने योजनामा हुनेछन् । तर यो डर्बीमा अंकभन्दा पनि जितर प्रतिष्ठा ठुलो हुने उनै क्लवहरुको ठान्दछन् । यि हुन् मुख्य खेलाडी डर्बीका मुख्य आकर्षक यसै सिजन युनाइटेड आएका जाल्टान इब्राहोमोभिक र सबैभन्दा महंगा खेलाडी पाउल पोग्बा हुनेछन् भने उनलाई कप्तान वायन रुनी तथा युवा स्ट्राइगर एन्थोनि मार्टिएलले साथ दिनेछन् । उसो त युनाइटेडमा यसपटक एकसेएक खेलाडी छन् । हुवान माटा, फेलानी, भ्यालेन्सिया, हेनरिक जस्ता खेलाडीहरुले युनाइटेडको ग्राउण्ड सम्हाल्ने छन् । उता सिटीका लागी स्टारलाइन, नोलिटो, फर्मानिन्हो,ब्रायुन, याया ट्युरे सिल्भा लगायत हुनेछन् । प्रशिक्षकको भिडन्त दुबै टोलीमा विश्व फुटबलमा आफुलाई जर्वजस्र्त स्थापित गरेका चर्चित प्रशिक्षकहरुसमेत छन् । युनाइटेडको मोर्चा जोसे माउरिन्होले सम्हाल्ने छन् भने सिटीको कमाण्ड जोसेफ ग्वाडिओलाले सम्हाल्नेछन् । यि दुई प्रशिक्षको केही समयअघि देखि नै शितयुद्ध जस्तै छ । दुबै प्रशिक्षकले आफुलाई विश्वको नम्बर १ दावी गर्छन् । यसरी हेर्दा यो प्रशिक्षकहरुबिच डर्बी भनेपनि फरक पर्दैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending