Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

राजनीतिबाट टाढिंदै, विजनेश गर्दै झलनाथ

काठमाडौं, अध्यक्ष केपी ओली र माधव नेपालबीच पार्टी हत्याउने, आफ्नो वर्चस्व स्थापित गने होड तीव्र बनिरहेका बेला पूर्व अध्यक्ष एवं बरिष्ठ नेता झलनाथ खनाल राजनीतिमा चासो राख्न छाडेका छन् । दृष्टि साप्ताहिकमा खबर छ–पार्टी अध्यक्ष, प्रधानमन्त्री भइसकेका खनाल अहिले पार्टी बैठकमा पनि निक्कै कम पुग्छन् । पछिल्लो समयमा राजनीतिभन्दा व्यापारमा उनी ढल्किएका हुन् । आजकाल खनालको दोस्ती मलेसियाका एक मन्त्रीसँग बढेको छ । १५ फागुनमा एसियाली पोलिटिकल पार्टीको स्थायी कमिटीको बैठकमा भाग लिन मलेसिया गएका खनाल त्यसपछि थाइल्याण्ड र गत हप्ता फेरी मलेसिया पुगेका हुन् । तर, उनको पछिल्लो मलेसिया भ्रमण व्यक्तिग रहेको स्रोतको भनाई छ । उनले भेटेकै मन्त्री मंगलबार नेपाल आउँदैछन् । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्का पनि उनका छोराले चिनियाँसँग मिलेर गरिरहेको स्रोतको दाबी छ । जसमा नारायण कार्कीको पनि सहकार्य छ । खनाल प्रधानमन्त्री भएका पिए भएका दीपकचन्द्र अमात्य यतिखेर पर्यटनमन्त्री छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पुननिर्माणको ठेक्कासम्बन्धी काममा कुरा नमिल्दा आचार्यलाई हटाएर अमात्लाई पर्यटन मन्त्री बनाइएको थियो । फेरी व्यक्तिगत काम भन्दै खनाल विदेश जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । इलामको खानदानी परिवारमा जन्मिएका खनाल शौखिन नेताका रुपमा चिनिन्छन् । त्यही कारण प्रधानमन्त्री बन्ने सपना पूरा भएपछि आम्दानीको स्थायी व्यवस्था गर्नतिर उनी लागेका हुन सक्ने स्रोतको भनाई छ । दुई वर्ष अघि नै उनले माछापुच्छ«े हर्बल उद्योग श्रीमतिको नाममा किनेका थिए । तर, उक्त कम्पनीले राम्रो प्रतिफल दिन नसकेपछि अर्को राम्रो व्यावसायको खोजीमा उनी लागिरहेको स्रोतको दाबी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: