Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

पूरक बजेट ल्याउने सरकारकाे तयारी

\"mahara_shirsha\"काठमाडौँ, १९ भदौ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले चालु आवको बजेटलाई थप व्यवहारिक र कार्यान्वयनमुखी बनाउन पूरक बजेट आउन सक्ने बताएका छन् । अर्थमन्त्रालयमा अाइतबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महराले अघिल्लो सरकारले प्रस्तुत गरेको बजेटलाई सहयोग पुग्ने गरी पूरक बजेटको विषयमा छलफल जारी रहेको र आउन सक्ने बताए । बजेटसँग जोडिएका राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकलाई व्यवस्थापिका–संसद्बाट छिट्टै पारित गर्ने तयारीमा सरकार रहेको मन्त्री महराको भनाइ थियो । ‘‘बजेटसँग आश्रित विधेयकलाई छिटो पारित गराउने सोचमा सरकार छ । आवश्यक प्रक्रिया सुरु गरिएको छ । केही दिनभित्रै पारित हुन्छ,’’ उनले भने । यस्तै व्यवस्थापिका–संसद्ले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दोस्रो संशोधन विधेयक पारित गरेको जानकारी दिँदै उनले निक्षेप सुरक्षण कोष र कर्जा सुरक्षण कोषको व्यवस्था गरी निक्षेप सुरक्षण दाबी तथा शोध भर्ना प्रक्रिया निश्चित गर्दै निक्षेपकर्ताको निक्षेप र कर्जा सुरक्षण गर्न निक्षेक्ष तथा कर्जा सुरक्षण कोषको व्यवस्था र सञ्चालनसम्बन्धी विधेयक पारित गरिएको जानकारी दिए । त्यस्तै कर्मचारी सञ्चयकोष ऐन, २०१९ को नवाँै संशोधन, लेखा परीक्षण विधेयक २०४८ को पहिलो संशोधन गरिएको छ । भूकम्पपछिको पुनःनिर्माण र दाताहरुसँग सहयोग लिने कार्यविधि संशोधन गर्ने तयारीमा मन्त्रालय रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा केही महत्वपूर्ण सम्झौता हुने उहाँले जानकारी दिनुभयो । विकास निर्माणका योजना समयमा सम्पन्न गर्न र पूँजीगत खर्च वृद्धि गर्न सहजीकरण भइरहेको र व्यवस्थापिका–संसद्को ओएन्डएम सर्भेलाई स्वीकृत गरिएको तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणका लागि सैद्धान्तिक सहमति प्रदान गरिएको मन्त्री महराले बताए । त्यसैगरी बजेट तर्जुमा दिग्दर्शन सञ्चालन निर्देशिकालाई समसामयिक संशोधनका लागि चारवटा कार्यदल बनाएर काम सुरु गरिएको छ । राजस्व सङ्कलन लक्ष्यअनुसार नै भएको र पछिल्लो दिनमा वैदेशिक सहायतामा वृद्धि भएको उहाँले जानकारी दिए । अर्थमन्त्री महराका अनुसार केही दिनअघि जापानले एक अर्ब ९१ करोड रूपैयाँ र बेलायतले दश अर्ब दश करोड रूपैयाँ सहयोग उपलब्ध गराएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending