Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

थाहापाई राख्नुहोस ! यस्ता छन् स्मरण शक्ति बढाउने मनोवैज्ञानिक तरिका

\"brain.transparent\"सबैले आ– आफ्नो स्मरण शक्ति बढाउन चाहन्छन् । तर यो कसरी बढ्छ मागेर कि घोकेर ? पढेर ? परिश्रम गरेर ? यो जन्मजात गुण हो कि आर्जित ? यस्ता प्रश्नहरू मनमा उठ्छ नै । कुनै पनि व्यक्तिको स्मरण शक्तिमा धेरै कुराले प्रभाव पारेको हुन्छ । मानिसले चाहेको खण्डमा यसलाई बढाउन वा सुधार्न सकिन्छ । मनको कल्पना र पुनः स्मरण गर्ने शैलीः स्मरणमा शक्ति राम्रो भएका व्यक्तिहरूमा यो गुण हुन्छ, यो विधिअनुसार स्मरण गर्दा स्मरण गर्नुपर्ने कुरालाई कुनै विषयसँग वा घटनासँग अन्तरसम्बन्ध कायम गरिन्छ । जस्तैः शरीरका भागहरू बाटो, रूखका भागहरू आदिसँग स्मरण गर्नुपर्ने कुराका बुँदाहरू अन्तरसम्बन्ध गराइन्छ । मानौं एउटा पाठमा भएका दसवटा चीजको नाम घोक्नुपर्ने छ । यस्तो अवस्थामा ती दसवटा नाम शरीरका अङ्गहरूमध्ये दसवटा नामाकरण गर्ने ?आँखा न्युटन, मुख हेनरी, अनि शरीरका अङ्गहरूको नाम अनुसार ती चीजहरूको नाम स्मरण गर्न सकिन्छ । रुसमा एक जना सम्वाददाता थिए जसले यो विधिअनुसार हजारौं संख्यात्मक सूत्रहरू वषार्सम्म कन्ठ भन्न सक्थे । आफूलाई सजिलो हुने प्रकारले यो विविधअनुसार स्मरण राम्रो बनाउँदै जानुपर्छ । सुसंगठन गर्ने वानी, स्मरण प्रक्रिया, एउटा लुगा बुन्ने तानझैं हुन्छ । यसलाई जति राम्रो बुन्यो, मिलायो, खाँद्यो, कपडा त्यति नै राम्रो र बलियो हुन्छ । स्मरण पनि ठीक त्यस्तै हो । यसलाई मिलाउने र खाँद्ने काम विद्यार्थीको हो । जस्तैः ३० प्रकारका नाम घोक्नु वा स्मरण गर्नु छ भने ती नामहरू लहरै घोक्नुभन्दा सुसंगठन गरेर जस्तैः धातु एकातिर, पशु एकातिर, पक्षी एकातिर छुटयाएर घोकेमा स्मरण राख्न सजिलो हुन्छ । धेरै बुँदा स्मरण गर्नुपर्दा तिनीहरूको अघिल्लो अक्षरबाट आफूलाई मन पर्ने गीत, नक्सा कविता वा कुनै नौलो नाम बनाई पढे स्मरण दीर्घ हुन्छ । कन्ठ गर्ने र अभ्यास गर्नेः यो विधि अनुसार पढ्दा ८० प्रतिशतसम्म स्मरण भएको कुरा अनुसन्धानहरूबाट पुष्टि भएको छ । स्मरण बढाउन यो एउटा राम्रो विधि हो । कुनै कुरा पढ्दै जाँदा वा पढिसकेपछि त्यसलाई कन्ठ भन्ने र अभ्यास गर्ने काम गर्नुपर्छ । जति धेरै अभ्यास र्गयो स्मरण त्यति नै बलियो हुँदैजान्छ । कतिपय विद्यार्थीले पढ्ने र दोर्होयाउने काम लेखेर गर्छन् । यो पनि राम्रो विधि हो । बढी सिकाइ कुनै पनि कुराको दीर्घकालीन स्मरण राख्न त्यसलाई पटक–पटक पढ्नु र दोर्होयाइरहनुपर्छ । बिनापरिश्रम जान्ने बन्न खोज्नु मूर्खता हो । जहाँ मानिसको बल, बुद्धि, परिश्रम र रुपैया–पैसाको लगानी हुन्छ, त्यहाँ अवश्य सफलता मिल्छ । अभिरुचि र सकारात्मक धारणा आफ्नो रुचि नभएको विषयभन्दा रुचि भएको विषय पढ्दा बढी स्मरण हुन्छ । त्यसैले आफ्नो रुचिमा परिवर्तन र परिमार्जन गरी जुनसुकै विषय पनि सुरुचिका साथ पढनुपर्छ । यसका साथै आफूमा भएका नकारात्मक धारणाहरू जस्तैः म कमजोर छु, मेरो स्मरण शक्ति राम्रो छैन, पढेर पनि बुभिदैन, पढ्न सक्दिन जस्ता विचारहरू हटाई म केही गर्न सक्छु र ममा त्यो खुबी छ भन्ने मनोबल लिएर पढ्ने बानी बसाल्नुपर्छ । यसले स्मरण शक्ति बढ्दै जान्छ । जुनसुकै विषय पढ्दा पनि सुरुचि र सकारात्मक धारणा हुनु आवश्यक छ । प्रतिफल वा इनाम मानिसले गर्ने हरेक काममा स्वार्थ जोडिएको हुन्छ । जुन काम गरेर राम्रो र बढी प्रतिफल पाइन्छ, मानिसले त्यही काम गर्छ वा गर्न चाहन्छ । इनामले केटाकेटीहरूलाई मात्र होइन सबै उमेरका व्यक्तिलाई आकर्षण गर्छ । इनाम उमेरअनुसार फरक–फरक हुन्छन् । जस्तैः खेलौना, बिस्कुट, राम्रो कलम, लुगा, घर–जग्गा, सम्पत्ति, राम्रो नाम, इज्जत, परोपकार, सेवा आदि तर उमेर पुगेपछि आफै प्रेरित भै असल र सत्य कुरा पाउनेछु भन्ने विचारका साथ अघि बढ्नुपर्छ । शारीरिक स्वास्थ्य स्मरण शक्ति बढाउन शरीर स्वास्थ राख्नुपर्छ । शरीर स्वस्थ राख्न खानपान , बानी– व्याबहार तथा रहनसहनले पनि ठुलो भुमिका खेल्छ । स्वस्थ शरीरले मात्र परिश्रम गर्न सक्छ । ध्यान दिन सक्छ र बुद्धी प्रयोग गर्न सक्छ । रोगी र अस्वास्थ व्यक्तिले परिश्रम गर्न सक्दैन । कमजोर व्यक्तिको ध्यान अध्ययन भन्दा शरीरमै केन्द्रीत हुन्छ । अठोट : यो एउटा मनोवैज्ञानिक बल हो । जहाँ मनोबल र दृढ इच्छा हुन्छ त्यहाँ सफलता पनि हुन्छ । किनभने दृढ इच्छा भएका व्यक्तिहरूले त्यसैअनुसार मेहनत पनि गर्छन् । तर यस्तो लक्ष्य वा अठोट धेरै व्यक्तिमा हुँदैन । प्रेरणा पाएका वा चोट परेका व्यक्तिहरूले यस्तो निर्दिष्ट अठोट लिएका हुन्छन् तर पनि अन्त्यसम्म थोरै व्यक्ति मात्र स्थिर रहन्छन् । किनभने धेरैले बीचमा पुगेर हरेस खान्छन् । बाटो छोड्छन् र लड्छन् । यदि तपाईंमा स्मरण बढाउँछु भन्ने अठोट छैन भने अब यसका निम्ति पनि अठोट गर्नुहोस् । लक्ष्यः जीवनमा लक्ष्य हुनुपर्छ । लक्ष्यले मानिसलाई लगनशील बनाउँछ । लक्ष्य बनाउँदा वा राख्दा अरू थुप्रै कुराहरूमा पनि ध्यान दिनुपर्छ, जस्तैः आफ्नो खुबी, समय, परिस्थिति र कमजोरीहरू, जब कुनै लक्ष्य राख्नुहुन्छ तब त्यसलाई पूरा पनि गर्नुहोस् । किनभने कुनै पनि काम प्रारम्भ गरेर पूरा नगर्नुभन्दा गर्दै नगर्नु असल हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy