Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

रोजगारीका लागि साउदी पुगेका दुई नेपालीको मृत्यु

\"saudi-arab\"नवलपरासी, २६ भदौ । रोजगारीका लागि साउदी पुगेका नवलपरासीका दुई व्यक्तिको पछिल्लो एक सातामा मृत्यु भएको छ । साढे दुई वर्षअघि रोजगारीका लागि गएका मध्यविन्दु नगरपालिका साविक तम्सरिया–५, नवलपरासीका ४६ वर्षीय खुइतप्रसाद महतोको हृदयाघातका कारण मृत्यु भएको हो । दश वर्षदेखि सो कम्पनीमा कार्यरत उनी बिरामी भएर अस्पताल लैजाने क्रममा नै मृत्यु भएको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र, कावासोतीले जनाएको छ । त्यस्तै तीन महिनाअघि साउदी पुगेका कावासोती–९ का मीनप्रसाद अर्यालले विष सेवन गरेर आत्महत्या गरेको परिवारजनलाई उद्धृत गर्दै सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र, कावासोतीकी परामर्शदाता रञ्जना लम्सालले जानकारी दिए । यसैबीच वैदेशिक रोजगारीबारे यो हप्ता नवलपरासीबाट १८१ जनाले सेवा लिएका छन् । नवलपरासीको परासीमा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रबाट नौ महिलासहित ७४ जनाले सेवा लिएका हुन् । सो क्रममा सातवटा केश दर्ता भएको केन्द्रकी परामर्शदाता विना चौधरीले जानकारी दिइन । उनका अनुसार कतारमा कम्पनीले काम नदिएर फर्किएकाहरुले केश दर्ता गराएका छन् । त्यस्तै यो हप्तामात्रै यसरी वैदेशिक रोजगारीबारे सेवा लिन सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र कावासोतीमा १५ महिलासहित ९७ जना आएको केन्द्रकी परामर्शदाता विनु रानाले जानकारी दिए । सो क्रममा तीनवटा केश दर्ता भएको केन्द्रकी परामर्शदाता रञ्जना लम्सालले जानकारी दिइन । उनका अनुसार दुईवटा जेल र एउटा भनेको काम र दाम नपाएको केश दर्ता गराएका छन् । केन्द्रमा पुग्नेलाई वैदेशिक रोजगारीको यात्रालाई सुरक्षित बनाउने विषयमा जानकारी गराउने गरिएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending