Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

यसरी रंगशालाले सिहंदरबारलाई गिज्याइरहेको छ

\"rangashala-5\"मानवीय दृष्टिले अति संवेदनशील क्षेत्र रहेको दशरथ रंगशाला पूनर्निर्माण सरकारको ढिलासुस्ती र राष्ट्रिय खेलकुद परिषद्को अकर्मण्यका कारण विनासकारी भूकम्प गएको लामो समयसम्म पनि गति लिन सकेको छैन । राजधानीको मुटुमा रहेको अन्तर्राष्ट्रिय स्तरको एकमात्र दशरथ रंगशाला चिनीयाँ प्राविधिक टोलीले बस्न अयोग्य रहेको निचोड निकाल्दै रातो स्टिकर टाँसेपछि अहिले रंगशालाबाट संचालन हुने सम्पूर्ण खेलहरु प्रभावित हुँदै आएको छ । रंगशाला स्थापनाको आधा शताब्दी बितिसक्दा पनि आधुनिक ‘स्टुडियम’को पर्खाइमा रहेको यस रंगशाला गत बर्षको विनाशकारी भूकम्पले थप क्षतिग्रस्त बनाएको छ । खेल क्षेत्रबाटै विश्वमा अगाडि बढेका धेरै मुलुकमा अहिले दर्जनौं आधुनिक स्तरका ‘स्टुडियम’ बनाइसकेका छन् । तर, अन्तर्राष्ट्रिय स्तरको एकमात्र दशरथ रंगशाला गएगुजे्रको अवस्थामा रहेको छ । जसले शहरबासीलाई नै गिज्याइरहेको अनुभूति मिल्छ । वि.सं ०१३ सालमा राजा महेन्द्रले समुद्घाटन गरिएको रंगशाला ०३१ सालमा राजा वीरेन्द्रको राज्यविषेकपछि मात्र यसले आंशिक गति लिएको थियो । त्यसयता सामान्य मर्मत गर्नुबाहेक केही काम हुन सकेको छैन । ०४६ को बहुदलीय व्यवस्थापछि मुलुकमा २४ बटा सरकार बनिसक्दा समेत दशरथ रंगशालाको हविगत उस्तै छ । कहिले बजेट अभावको बाहना त कहिले राजनीतिक खिचातानीको शिकार बन्दै आएको रंगशाला विनासकारी भूकम्पले ध्वस्त बनाएको छ । सरकारले सांस्कृतिक धरोहरको पुनःनिर्माणको लागि विभिन्न स्रोत परिचालन र दातृ निकायको सहयोग मागिरहेको अवस्थामा राष्ट्रको शान र गौरव बोकेको दशरथ रंगशालाको पुनःनिर्माणको लागि सरोकारवाला निकायले युद्धस्तरमा पहल गरेको देखिदैन । आफ्नै आन्तरिक तथा बाह्य स्रोत परिचालन गरी दुई बर्षमा पुनःर्निमाण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको राखेपले लक्ष्य अनुरुप काम गर्न सकिरहेको छैन । भूकम्पपछि राष्ट्रिय खेलकुद परिषद(राखेप)ले रंगशालाको भौतिक संरचनाको अध्ययन र पुनःर्निमाणकालागि ‘मल्टि डिसिप्लेनरी कन्सल्टट्यान्ट’ प्रा.लि.लाई ‘कन्ट्रयाक’मा लिएको छ । विभागका प्राविधिक टोलीसम्मिलित यस ‘कन्सलट्यान्ट’ले रंगशालाको सम्पूर्ण भौतिक संरचनाको अवस्था अध्ययन गरेपछिमात्र पुनःनिर्माणको अनुमानित लागत र भूकम्प प्रतिरोधात्मक भौतिक संरचना निर्माणबारे ठोष निर्णय लिन सकिने रंगशाला निर्माण प्रमुख अरुण उपाध्यायले जानकारी दिए । \"rangashala-2-1140\"चीनियाँ टोलीले विशिष्ट प्याराफिटको समेत जमिनमुनि र माथिको पिलर निकै कमजोर अवस्थामा रहेको जानकारी दिएको थियो । राखेपले साधारण प्याराफिटतर्फ हलुका छत निर्माण कार्य जारी राखेको छ । यस्तै, विशिष्ट तर्फको प्यारफिटको छत हटाएर हल्का छत राख्ने योजना बनाएको छ । यसैगरी निर्माणाधिन साधारण प्याराफिटमा रेट्रोफिटिङ गर्ने वा पुरै भत्काउने कुराको निक्र्योल प्राविधिक टोलीको रिपोर्ट नआएसम्म भन्न नसकिने उपाध्यायले बताएका छन् । दशरथ रंगशालाको अवस्था \"rangashala-4-1140\"विनासकारी भूकम्पपछि डेढ बर्षको अवधिमा भौतिक संरचनाको सामान्य र्ममत बाहेक कुनै काम पनि अगाडि बढेको छैन । भूकम्पपछि रंगशालाको वास्तविक अवस्थाबारे बुझ्न पंक्तिकार स्थलगत रिपोर्टिङमा दशरथ रंगशाला त्रिपुरेश्वर पुग्दा कार्यलय संचालनको लागि समान्य मर्मत गर्नुबाहेक उत्साहजनकरुपले काम भइरहेको पाएनौं । भूकम्पले ‘स्टुडियम’को चारैतिरका प्याराफिट बस्न नमिल्ने भएको छ । यस्तै, प्याराफिटको चारैतिर ग्राउन्डमा रहेका विभिन्न विभाग, भण्डारण कक्ष, उपचार कक्ष, प्रवेशद्वार तथा प्रशासन कार्यलय सामान्य मर्मत मात्र गरिएको छ । यस्तै, राखेपको कार्यालय, कबर्ड हल, स्वीमिङ पुल, टेबुलटेनिस कोर्टमा समेत क्षति पुगेको छ । लाजमर्दो कुरा त दर्शकदिर्घाको पूर्व र उत्तरतर्फ रहेको सबै प्याराफिट भत्किनुको साथै बाघ लुक्ने कुरो झाडी भएको छ । खुट्किलाको चारैतिर पिपलका विरुवाहरु उम्रिएका छन् । मैदानको ट्रयाक समेत उक्किसकेको छ भने फुटबल मैदानमा हिलो जमेको छ । खेलाडी तथा कार्यालय प्रयोजनको लागि बनाएका शौैचालय सबै प्रयोगहिन अवस्थामा रहेका छन् । यसबाट नै प्रष्ट हुन्छ कि राष्ट्रका गौरव मानिएका हाम्रा खेलाडीहरुले स्रोत र साधन सम्पन्न विकसित देशसँग कसरी प्रतिष्पर्धा गरिहेका छन् ? \"rangashala-1-1140\"राखेपले भूकम्प अघि नै दशरथ रंगशालालाई अन्तर्राष्ट्रियस्तरमा स्तरउन्नति गरी आधुनिकरण गर्ने लक्ष्यका साथ काम अगाडि बढाएको थियो । तर, बजेट अभावको कारण देखाउँदै निर्माणाधिन कार्य द्रुतगतिमा अगाडि बढ्न सकेन । पंक्तिकारले रंगशालाको बर्तमान अवस्था र भावी योजनाबारे राखेपका पदाधिकारी तथा कर्मचारीलाई जिज्ञासा राख्दा एकले अर्कालाई देखाउँदै जवाफदेहिताबाट पन्छिन खोजे । राखेप जस्तो गरिमामय संस्थाको सदस्य सचिव पदमा आसिन भएका केशवबहादुर बिष्ट आम जनचासोको विषय रहेको रंगशालाको योजनाबारे बारम्बार सम्पर्क गर्दा पनि सम्पर्कमा आउन चाहेनन् । भूकम्प गएको लामो समयसम्म राष्ट्रियस्तरको एकमात्र रंगशाला पुनर्निमाण कार्य अघि नबढेकोप्रति रंगशाला निर्माण प्रमुख अरुण उपाध्यायलाई जिज्ञासा राख्दा उनी पनि खुलेर बोल्न चाहेनन् । उनले यति भने–‘दशरथ रंगशाला पुनर्निर्माण र क्षति मूल्याङकनको सम्बन्धमा हामीले प्राविधिक टोली सम्मिलित ‘कन्सल्टट्यान्ट’लाई ‘कन्ट्रयाक्ट’मा लिएका छौ.। उसले दिएको प्रतिवेदनको आधारमा मात्र के कसो गर्नेबारे बोल्न सक्छौ. । त्यसको लागि तपाईले अझै तीन महिना कुर्नुपर्छ ।’ निर्धारित समयमा काम फत्ते गर्न तत्परता नदेखाएकोबारे पंक्तिकारले जवाफ माग्दा उपाध्यायले ओठे जवाफ दिए –‘सरकारले राष्ट्रको धरोहर धरहरा त बनाउन सकेको छैन, तपाई के रंगशालाको कुरा गर्नु हुन्छ ।’ बिनासकारी भूकम्पले करिब एक अर्व २९ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । सरकारले आ.ब ०७२र०७३ को बजेटमा पुनःनिर्माणको लागि १० करोड छुट्याएको छ । सरकारले छुट्याएको बजेट भौतिक संरचना भत्काउँदैमा सकिने प्रमुख उपाध्यायको निष्कर्ष छ । राखेपले ०७१ सालबाट रंगशाला पुनःनिर्माण कार्य शुरु गरेको थियो । जसमा १० करोड रुपयाँ खर्च भइसकेको निर्माण प्रमुख उपाध्यायले जानकारी दिए । आठौं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको लागि सन् १९९८ मा चीन सरकारको सहयोगमा रंगशाला पुनःनिर्माण भएको थियो । त्यसयता रंगशालाको पुनःनिर्माण हुन सकेको थिएन । राखेपको कार्यशैली र सरकारको उदासीनताको कारण दुई वर्षमा रंगशालाकाो पुनःनिर्माण कार्य सम्पन्न हुनेमा शंकै छ । भूकम्प गएको डेढ बर्षमा एउटा खाका समेत पेश गर्न नसक्ने राखेपले निर्धारित समयभित्र निर्माण कार्य सम्पन्न होला भन्नेमा राखेपको क्षमताप्रति मात्रै प्रश्न चिन्ह खडा भएको छैन, यसको अवस्थालाई देशको प्रशासनिक केन्द्र सिहंदरबारलाई गिज्याईरहेको छ । दशरथ रंगशालाको विशेषता अन्तर्राष्ट्रिय स्तरको एकमात्र रनेपालको सबैभन्दा पुरानो रंगशाला हो । यो देशकै सबैभन्दा ठूलो र बहुउद्देश्य रंगशाला हो । यस रंगशालामा विशेष गरी फुटबल प्रतियोगिता, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम गरिदै आएको छ । यस रंगशालामा ५ हजार सिट र २५ हजार दर्शक थेक्न सक्छ । मसानघाट थियो पहिले रंगशाला दशरथ रंगशालाको खाका तयार हुनुपूर्व यस ठाउँ मसानघाट थियो । बाग्मतीको पुलदेखि रंगशाला खुल्ला चौर थियो । काठमाडौंका पोडे र हालको बागमती पुल वरपर बस्ने जोगीलाई यसै ठाउँमा गाड्ने गरिन्थ्यो । ०११ सालसम्म यस ठाउँलाई मसानघाट भनिन्थ्यो । स्थानीयबासीहरु मध्यान्ह १२ बजे र साँझ ४ बजेपछि रंगशाला वरिपरी कसैलाई पनि जान अनुमति दिदैनथे । रंगशालाको उत्तरतर्फको प्याराफिटमा ठूलो बाँसको झ्याङ भएको स्थानीय बताउँछन् । त्यही बाँसको झ्याङबाट मध्यान्न १२ बजे र साँझपछि भुतले तर्साउने गरेको जनविश्वास छ । हालको खेलकुद मैदानमा ठुलो पोखरी थियो । भुतले तान्ने डरले पोखरीको वरिपरि कोही पनि जान मान्दैनथे । भुतले तर्साउने अन्धविश्वासका कारण कर्मचारीहरु पनि रंगशालामा बस्न मान्दैथे । तस्विर : निराजन कँडेल
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies