Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

मलेशियामा अलपत्र परेकालाई माओवादीले उपलब्ध गरायो क्षतिपूर्ति बापतको सहयाेग रकम

\"img_21461\"काठमाडौं, २६ भाद्र । मलेशियामा अलपत्र परि उद्धार गरिएका धनुषा र सप्तरी जिल्लाका आप्रवासी मजदूरहरुलाई नेकपा (माओवादी केन्द्र)का नेता राम बहादुर थापा बादलले क्षतिपूर्ति बापतको रकम आज बितरण गरेका छन् । मलेशिया एक बर्ष बस्दा आफूहरु गएको कम्पनी टाट पल्टेर बन्द भए पछि अलपत्र परेका धनुषाका राम आधार राय, राम प्रताप महतो र एमडी मुस्ताक तथा सप्तरीका महेश कुमार यादब र सुखमोचन मण्डललाई एक समारेहका बीच नेता बादलले केन्द्रीय कार्यालय पेसिडांडामा उक्त रकम बितरण गरेका हुन । मलेशियामा माओवादी संग निकटता राखेर सक्रिय हुंदै आएको नेपाली जनप्रगतिशील मञ्चले स्थानीय अधिकारवादी संस्था तानाकानिता संग मिलेर ती मजदूरहरुको पक्षमा त्यहांको श्रम अदालतमा मुद्धा लडेको थियो । उक्त मुद्दामा सुनुवाई गर्दै अदालतले मजदूरहरुलाई क्षतिपूर्ति रकम दिलाउन लिक्विडेटरलाई आदेश दिएको थियो । उक्त आदेश पश्चात प्राप्त सत्र हजार मलेशियन रिंगिट मञ्चले १७ जना मजदूरहरुका लागि माओवादी केन्द्र मार्फत उपलब्ध गराएको थियो । ‘बांकी मजदूरहरुको परिवारसंग सम्पर्क भइरहेको छ । वहांहरु आउने बित्तिकै हामी उहांहरुको पसिनाबाट प्राप्त उक्त रकम प्रदान गर्ने छौं ।’ माओवादी केन्द्रका पोलिट व्यूरो सदस्य तथा बिदेश विभाग सचिव युवराज चौंलागाईंले भने । नेता बादलले उक्त रकम थोरै भए पनि सदुपयोग गर्न र यसलाई माओवादीको मजदूर पक्षीय एक चिनोका रुपमा बुझ्न आग्रह गरेका थिए । उक्त कम्पनीबाट हरेक मजदूरले २६,३५० रुपैंया (१००० मलेशियन रिंगिट) प्राप्त गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies