Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

परराष्ट्रमन्त्री महतले सुष्मासँग भेट गर्दै

\"prakashsaran-india-visit\" काठमाडौं, २७ भदौ । परराष्ट्रमन्त्री डा.प्रकाशरण महतले भारतीय समकक्षी सुष्मा स्वराजसँग भेट गर्दैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दिल्ली भ्रमण हुनु चार दिनअघि आइतबार बेलुका महत दिल्ली गएका हुन् । दिल्ली भ्रमणमा गएका महतले प्रधानमन्त्री प्रचण्डको दिल्ली भ्रमणको एजेण्डामा केन्द्रित रहेर नै भारतीय पक्षसँग भेटवार्ता गर्न लागेका हुन् । दिल्लीस्थित विदेश मन्त्रालयमामै महत–स्वराज भेटवार्ता हुनेछ । प्रधानमन्त्रीको दिल्ली भ्रमणका क्रममा हुने सम्झौताहरुका विषयमा छलफल गर्न परराष्ट्रमन्त्री महत दिल्ली गएका हुन् । आइतबार बेलुका दिल्ली पुगेका डा.महतले जनता दल युनाइटेडका सचिव केसी त्यागी, राष्ट्रिय कंग्रेस पार्टीका महासचिव डिपी त्रिपाठी एवं सोसलिष्ट फ्रन्टका नेता विजय प्रताप लगायत नेपाल नीतिबारे विशेष चासो राख्ने भारतीय नेताहरुसँग आइतबार राती छलफल गरेका थिए । अन्तरक्रियामा परराष्ट्रमन्त्री महतले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ आयाम थप्ने बताए । उनले नेपालमा लोकतन्त्रका लागि भएका आन्दोलनहरुमा भारतको ठूलो सहयोग रहँदै आएको उल्लेख गरे । भारतीय विदेशमन्त्री स्वराजको निमन्त्रणमा आफू दिल्ली आएको भन्दै महतले दुई देशको सम्बन्धलाई थप उचाइ दिन प्रधानमन्त्रीको भ्रमण उपयोगी हुने बताए । अन्तरक्रियामा राष्ट्रिय कंग्रेस पार्टीका महासचिव डिपी त्रिपाठीले नेपालको आन्तरिक लोकतन्त्रको अभ्यासबाट सिंगो दक्षिण एशियाले नै पाठ सिक्नुपर्ने बताए । नेपालमा दलहरुभित्रको लोकतन्त्र तथा दलहरुसँगको सौहार्दतापूर्ण सम्बन्धबाट सिंगो दक्षिण एशियाले पाठ सिक्न सक्ने उनको भनाइ थियो । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई अन्तिम तयारी पूरा गरी महत स्वदेश फर्किनेछन् । प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते दिल्ली भ्रमणमा जाँदैछन् । 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies