Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

नर्भिकमा नवनिर्मित “लून–गङ्गा अपरेटिङ्ग सुइट्स्” अर्थमन्त्रीद्वारा उद्घाटन

\"nervik-1-750\"काठमाडौं, २९ भदौ । नर्भिक इन्टरनेशनल हस्पिटलमा नवनिर्मित अत्याधुनिक प्रविधिले सुसज्जित एवम् जे. सी. आई. मापदण्ड बमोजिम निर्माण गरिएको विश्वस्तरीय शल्यक्रिया कक्ष उपप्रधान तथा अर्थमन्त्री श्री कृष्णबहादुर महराले आज उद्घाटन गरेका छन् । आज उद्घाटित नवीनतम् र अत्याधुनिक शल्यक्रिया सुइट्स्मा युरोपेली स्तरका ३ वटा शल्यक्रिया कक्षहरू, प्रि एण्ड पोष्ट अपरेटिभ वार्ड, सर्जिकल इन्टेन्सिभ केयर युनिट, बिरामी परामर्श लाउञ्ज, केन्द्रिय निर्मलीकरण विभाग, फार्मेसी, चिकित्सक लाउञ्ज नर्स स्टेशन लगायतका सम्पूर्ण सेवा÷ सुविधाहरू एउटै तल्लामा रहेका छन् । यस शल्यक्रिया कक्ष पूर्ण रुपमा संक्रमणरहित रहेको छ भने यसको निर्माणमा प्रयोग भएका प्यानेलहरू अग्नी निवारक, भार बहन गर्ने क्षमता अत्यधिक भएको, टुटफुट नहुने र धातुरहित भएकाले खिया लाग्ने, खिइने, बाङ्गिने आदि नभई विशुद्ध युरोपेली मापदण्ड बमोजिमका हुनुका साथै कुनै रसायनले नपग्लिने, नघोलिने प्रकृतिका छन् । निर्माणमा प्रयोग भएका सामग्री तथा उपकरणहरू अमेरिकी खाद्य तथा औषधि नियोगबाट प्रमाणित भएकाले विकसित मुलुकहरूमा व्यापक रुपमा प्रचलित छन् । \"nervik-2-750\"उद्घाटन समारोहलाई सम्बोधन गर्दै माननीय उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले नर्भिकको स्तरीय स्वास्थ्य सेवाका कारण समाजमा यो लोकप्रिय त छदैछ, यस्ता नयाँ प्रविधियुक्त सेवा सुविधा थपिँदा यसको विश्वसनीयता अझै बढ्ने विश्वास व्यक्त गरे । नर्भिकको लोकप्रियता यसको व्यवस्थापन, चिकित्सक वर्ग एवम् गैर चिकित्सा कर्मचारीहरूको लगनशीलता एवम् निपुणताका कारण बढेको धारणा उनले राखे । स्वास्थ्य क्षेत्रमा भएका तमाम कमी कमजोरी सच्याएर अघि बढ्न नयाँ सरकार तयार रहेको समेत उनले बताए । उपप्रधान तथा अर्थमन्त्री महराले आज उद्घाटित सुइट्स्का सबै कक्षहरू अभिरुचीपूर्वक अवलोकन गर्नुभयो भने तिनका सेवा, सुविधाहरूबारे नर्भिकका इन्जिनियर तथा पदाधिकारीहरूले उनलाई जानकारी दिएका थिए । मन्त्री महराले हस्पिटलका अन्य कक्षहरूको पनि भ्रमण गरेका थिए । समारोहमा सभापतिको आसनबाट बोल्दै नर्भिकका अध्यक्ष श्री बसन्त चौधरीले आम नेपालीले स्तरीय स्वास्थ्य सेवा आफ्नै घरदैलोमा पाउनुपर्छ; विश्वकै उत्कृष्ट प्रविधि भित्र्याउनुपर्छ भन्ने आफ्ना पिताको सपना पूरा गर्न विगत २५ वर्षदेखि आफू लागिपरेको धारणा राखे । यसै वर्ष २०० शय्यायुक्त अत्याधुनिक प्रविधिसहितको नयाँ भवन, आवाजविहिन अति विशिष्ट एम.आर.आई., २५६ स्लाइसको सी.टी. स्क्यान आदि थपिने; २ महिनाभित्रै अत्याधुनिक प्रविधिसम्पन्न निःसन्तान केन्द्र र हेमो डायलाइसिस सेन्टर थप्ने, नर्भिकको स्याटलाइट सेन्टरका रुपमा पोखरा र विराटनगरमा बहुआयामिक र विशिष्टस्तरका स्वास्थ्य संस्थाहरूको सुरुवात गरिने, दक्षिण भारतको प्रसिद्ध क्यान्सर हस्पिटलसँगको सहकार्यमा १०० शैय्यायुक्त छुट्टै अत्याधुनिक क्यान्सर हस्पिटल सञ्चालनार्थ काम सुरु गर्ने जस्ता महत्वाकांक्षी योजनाहरू पनि उनले उक्त समारोहमा उजागर गरे । \"nervik-3-750\"उत्कृष्ट प्रविधि सदैव महङ्गो हुन्छ, त्यसलाई अझै महङ्गो पार्ने कार्य सरकारले गरेको गुनासो पनि अर्थमन्त्रीसँग श्री चौधरीले गरे । राष्ट्रमा प्रविधिको विकास गर्ने हो भने सरकारले नाजायज कर, भन्सार शुल्क र दस्तुरहरू हटाउनुपर्ने धारणा श्री चौधरीले राखे । साथै दुर्गम क्षेत्रमा रहेका साना स्वास्थ्य केन्द्रहरूलाई डेडिकेटेड विद्युतीय लाइन नदिनेजस्ता भेदभाव सरकारले गर्नु नहुने धारणा समेत चौधरीले राखे । उद्घाटन समारोहमा आफ्नो स्वागत मन्तव्य राख्दै नर्भिककी प्रबन्ध निर्देशक श्रीमती मेघा चौधरी शाक्यले नर्भिकको सेवास्तर विश्वस्तरीय पार्न हर सम्भव प्रयास गरिने बताए । नर्भिकका चिकित्सा निर्देशक डा. पङ्कज जलानले “लून–गङ्गा अपरेटिङ्ग सुइट्स्” युरोपेलीस्तरको र जे.सी.आई. मापदण्ड बमोजिमका उपकरण तथा सामाग्री प्रयोग भएको अत्याधुनिक शल्यक्रिया कक्ष भएकोले यसले बिरामीहरूलाई विश्वस्तरीय शल्यचिकित्सा सेवाको अनुभूति दिने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy