Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

काठमाडौंमै हुने भो पाल्पा महोत्सव

\"palpali-sangam\" काठमाडौं, ३० भदौ । पाल्पाको पहिचान गराउने उद्देश्यले असोज १ गते काठमाडौंमा पाल्पा महोत्सव गरिने भएको छ । लामो समयदेखि क्रियाशील संस्था पाल्पाली संगम काठमाडौंले पाल्पाको पहिचान दिलाउने उद्देश्यले काठमाडौंको भृकुटी मण्डपमा एक दिने पाल्पा महोत्सवको आयोजना गरेको हो । महोत्सवमा पाल्पालाई चिनाउने कला, संस्कृति र उत्पादनहरु रहने पाल्पाली संगमका अध्यक्ष रुद्रनाथ बस्यालले बताए । महोत्सवमा पाल्पाको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न त्यहाँ निर्माण गरिएका होमस्टेको बारेमा जानकारी गराइने आयोजकले जनाएको छ । पाल्पाली खानाका परिकारहरु चुकाउनी, बटुक (बारा), सेलरोटी, हाँसको छोइला लगायतका परिकारहरुको प्रदर्शन गरिने जनाइएको छ । त्यस्तै, पाल्पाली उत्पादनहरु ढाका र करुवाको समेत प्रर्दशनी हुनेछ । महोत्सवमा पाल्पाली पहिचान पाल्पाली करुवाबाट पानी खाएर महोत्सवको उद्घाटन गरिनेछ । महोत्सवकै अवसरमा पाल्पाका विभिन्न ब्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको संगमले जनाएको छ । महोत्सव उद्घाटनमा राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपाल, नेपाल सरकारका सचिव नारायणगोपाल मलेगो, राजेन्द्र नेपाल, शान्तबहादुर श्रेष्ठ, नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक रमेशशेखर बज्राचार्य लगायतलाई बधाई तथा शुभकाना दिने कार्यक्रम रहेको छ । विहान ११ः ३० देखि बेलुका ६ बजेसम्म चल्ने महोत्सवको पर्यटनमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गर्ने आयोजकले जनाएको छ । महोत्सवमा १५ वटा स्टल रहने आयोजकले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy