Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

एक अपाङ्ग महिलाः जो समाजसेवीदेखि मानव अधिकारकर्मीसम्म

हाम्रो शरीरको एउटा अंगले काम गरेन भने के अरु सबै बेकामका हुन्छन् ? के एउटा अंगको अभावले जीवनलाई सून्यतामा नै पुर्रयाउँछ ? सायद सत्य र यर्थात यो भन्दा फरक छ । जसरी आकासबाट एउटा तारा झर्दैमा धर्तिमा अन्धकार छाउँदैन्, जसरी एउटा फूल झर्दैमा बोट रित्तो हुदैन, अनि मानिसको मृत्यूले जन्मने क्रम रोकिँदैन हो, त्यसैगरी हाम्रो शरीरका कुनै एक, दुई अंगहरुले काम नगर्दैमा पुरै जीवन अन्धकार हुन्छ भन्न मिल्दैन । प्रेमको उपमा गुलाफको फूल, कति कडा काँडाहरुकोबीचमा फर्केको हुन्छ । तर पनि मानिसको मनमा सजिने माया, प्रेम र करुणाको सुन्दर प्रतिविम्ब बनिदिएको छ । अरु भन्दा त्यही गुलाफको नै बढि महत्व हुने गरेको छ । शारीरिक रुपमा अपाङ्ग तर क्षमता र कार्य कुशलताले सफल, खुशी र सुखी जीवनयापन गरिरहेकी ताराबदन सेढाइँले खबरडबलीका लागि लोकराज जैसीसँग जीवनको सून्यताबाट सफलतासम्मको अनुभूति बाँडेकी छन् । उनले शारीरिक अपाङ्गताले आफैभित्र दुखिराखेको पीडामा समाजले कोट्याउने र दुखाउने गरेको विगत सम्झदै रोइन् अनि मृत्युको भिख मागेकोबेला साक्षात् भगवानले दिएको खुशी हामीसँग बाडिन् । उनी भन्छिन्, ‘बाँचेर पनि मरेजस्तो जीवन भोगिरहेकी थिए, अचानक डा. अशोककुमार बास्कोटासँग भेट भयो, हौसला, उपचार र सहयोग पाएँ । आज उहाँकै कारण नयाँ जीवन बिताउँदै छु ।’ उनी सन् २००१ देखि अपाङ्ग मानव अधिकार केन्द्रमा जोडिएर काम गरिन् र २००७ मा उपाध्यक्ष हुँदै २०१६ मा अध्यक्षको जिम्मेवारीमा पाएकी छन् । लामो समयदेखि अपाङगताको क्षेत्रमा काम गरिरहेकी सेढाइ आफू स्वयम् शारीरिक अपाङग हुन् । उनको देब्रे खुट्टामा समस्या छ । अपाङ्ग हुनु कुनै दैवि शक्तिको पाप वा पुनर्जन्मको फल होइन, अरु रोग जस्तै उपचार गरे निको हुन सक्ने रोग हो, शारीरिक अशक्तताको अवस्था हो । हाम्रो समाजमा विद्यमान अन्धविश्वास र कुसंस्कारका कारण शारीरिक अपाङ्गहरुलाई तृस्कार गर्ने गरिएको उनको भनाइ छ । बनेपाको अपाङ्ग बाल अस्पतालमा एजुकेटर पर्शनको रुपमा पनि कार्यरत सेढाइँले विगतलार्इ यसरी सम्झिइन् । ... \"tarabardan_sedai-1\" विवाह रोकियोः घर–समाजमा पिरलो गोरखा जिल्लामा जन्मिएकी उनी बच्चादेखि नै आमा बुवालाई सघाउने, सहयोग गर्ने काम गर्न मनपराउने गर्दथिन् । भाइ जन्मेपछि उसलाई हेर्ने जिम्मा उनले लिनुप¥यो, जसका कारण कक्षा २ मै उनको पढाई रोकियो । उनले बाल्यपन सम्झिँदै भनिन्, ‘म ८ वर्षको हुँदा खाना पकाउने, जंगलमा गएर घाँस, दाउरा ल्याउने गर्दथेँ । १३ वर्षको हुँदा मेरो देब्रे खुट्टा अचानक दुख्न थाल्यो, म काम गर्न नसक्ने भए । त्यसपछि मैले आमा बुवालाई पनि काममा सघाउन सकिन ।’ ‘छिमेकमा ठूली भइसकेकी यसको विवाह गरिदिनु पर्छ भन्ने खालको कुराहरु गर्दथे । एक दिन आमाबुवा समक्ष मेरो विवाहको प्रस्ताव आएछ, त्यसलाई सबैले स्वीकार गरे र मेरो विहाव माघको २९ गते गर्ने फिक्स गरेका रहेछन् । त्यतिबेला मलाई विवाह के हो भन्ने पनि थाहा थिएन । पछि मेरो खुट्टामा समस्या आयो, सबैले त्यतिबेला पनि नानाथरी कुरा गर्न थाले । कसैले के लाग्यो भन्थे त कसैले अरु नै कुनै । त्यहि कारणले सबै तयारी भएको मेरो बालविवाह पनि रोकिएको थियो ।’ उनले विगत सम्झिइन् । उनले भनिन्, ‘आमासँग एक जना गाउँकै हेराउनेले तिम्रो छोरीलाई १२÷१३ वर्षमा खट्को छ, जोगाउनु भनेको रहेछ, त्यो सम्झेर आमा सारै पीर गर्न, रुन कराउन थाल्नु भयो । त्यतिबेला आमा दुई महिनाको सुत्केरी हुनुहुन्थ्यो ।’ पहिलो पटक खुट्टा दुख्दाको स्मरण माघ १९ गते मामा घरको बाटो हुँदै वेसी गोठमा गाईवस्तु हेर्न जान लागेको थिएँ, अचानक खुट्टा झस्कियो र हिड्दा सारै दुख्न थाल्यो । मुस्किलले त्यहाँ पुगे तर काम गर्न सकिन । म सारै दुखेकाले धानको खलोमै सुतेछु । खुट्टा एकदमै पोल्ने, दुख्ने र शरीरमा ज्वरो आउन थाल्यो । त्यतिबेला जिन्दगीभरी नै अपाङ्ग हुन्छु जस्तो त लागेको थिएन तर पछि सन्चो हुन्छ होला भन्ने लागेको थियो । साँझपख हजुरआमा आएपछि सबै कुरा भनेँ, उहाँले केही लाग्यो होला भनेर धामी झाँक्रीकोमा लैजानु भयोे । अस्पतालको अनुभूतिः नर्सको व्यवहार कहिल्यै बिर्सन्न फुक्दा पनि सन्चो नभएपछि अन्त्यमा बुवाले डुम्रे भन्सारको स्थानीय अस्पतालमा लिएर जानुभयो । त्यहाँ उपचार भएन, पोखराको गण्डकी अस्पतालमा गयाैं, त्यहाँ बेडको अभाव रहेछ, केहि दिनपछि बेड भर्ना गरेर राखियो । सारै दुखेको थियो, आँखाबाट आँशु आएका थिए, त्यतिबेला त्यो अस्पतालको एकजना नर्सले मलाई बेडमा सार्दा नाँघेर जानु भो र मान्छे त सानै छे कति गह्रुंगो भन्दै कराउनु भोे, उहाँले उचाल्दा मलाई सारै दुखेको थियो । ती नर्सले गरेको त्यो व्यवहार आजसम्म याद आउँछ । त्यतिबेला मेरो मनमा नर्स बनेर विरामीहरुको सेवा गर्छु भन्ने भावना जागेको थियो । सायद त्यसैको कारण होला म आजसम्म सेवा मार्गमै जुटेकी छु । त्यहाँ उपचार गर्दा पनि राम्ररी ठीक नभएपछि भरतपुर गएँ । त्यसपछि इन्डिया पनि लगियो । फेरि काठमाडौको वीर अस्पतालमा पुग्यौ, बुवाको काम मेरो उपचारकालागि डुलाउने जस्तो मात्र भएको थियो, मैले सबैलाई दुःख दिएँ भन्ने पीडाले सताउथ्यो । जब मसँगै हिड्ने मेरा साथीहरु, काम गर्ने, खेल्ने, डुल्ने, हाँस्ने गर्दथे । त्यतिबेला म एकै ठाउँमा कुँजो परेर बस्दा मेरी आमा सारै रुनुहुन्थ्यो । त्यतिबेला मलाई पनि मेरा सबै खुशीहरु सकिएको जस्तो लाग्दथ्यो । विहान उठ्दा खुट्टा नचेलेपछि कहिलेकाहीँ त सपना हो कि जस्तो लाग्थ्यो, अनि अपाङ्ग भएँ भनेर खुबै रुने गर्दथेँ । पछि मैले आफैभित्र हिम्मत गरेँ । पढेर यो समाजमा राम्रो काम गर्छु र अपाङ्गले पनि केहि गर्न सक्छन् भन्ने प्रमाणित गरेर यो समाजको सोँच बदल्छु भन्ने साहस बटुलेँ । मामाको घरमा बसेर सानोतिनो काममा सघाउँदै रोग पालेरै पढ्न थालेँ । मेरो पढाइ पनि असाध्यै राम्रो थियो, म कक्षामा पहिलो, दोस्रो हुन्थेँ । मैले त्यहाँबाट कक्षा बढाएर २०५१ मा एसएलसी सकाएकी थिएँ । केही पनि गर्न मानिसलाई मनैबाट एक प्रकारको हिम्मत आउनु पर्दोरहेछ । जुन हिम्मतकै कारण म आज उहाँसम्म पुगेकी छु । \"tara\"   अपाङ्गहरुको सेवामा लाग्दाको अनुभूति मैले स्टाफ नर्स पढ्ने सोँचको थिएँ तर मलाई सबैले अपाङ्ग छौ, गाह्रो हुन्छ, भन्नुभयो । आज स्टाफ नर्स नभएपनि मैले अपाङ्ग भएका हजारौं गरीब बालबच्चाहरुको पढाई र अरु थुप्रै सेवा गर्दै आएकी छु, यसबाट मैले जीवनमा असाध्यै ठूलो सुखको अनुभूति गर्न पाएकी छु । जब कुनै असहाय अशक्तको सेवामा आफूलाई सर्मपित गर्दछु, संसारकै महान काम गरे जस्तो, दुँनिया जिते जस्तो अनि लाखौं कमाए जस्तो खुशीको महशुस हुन थाल्दछ । धेरै पटक मर्न कोशिस गरेँ उपचारबाट पनि निको नभएपछि निरास मन र शिथिल शरीर बोकेर मलाई बाँच्नै मन लागेन । गाडीमा हिँड्दा पनि कुनै दुर्घटनामा परेर मर्न पाउँ भनेर बारम्बार भगवानलाई पुकार गर्दथेँ । धेरै पटक आत्महत्या गर्ने कोशिस गरेको थिए । मलार्इ अपाङ्ग भएर सबैको बोझ भएको, सबैलाई सताएको जस्तो लाग्दथ्यो । एक पटक उपचार गरेर फर्कने बेलामा घर नजिकै रहेको मस्ङ्र्यादी खोलाबाट हाम फालेर मर्छु भन्ने सोँच आयो । जब पुलबाट कुद्न लागेकी थिएँ, एक्कासी आमाको याद आयो र रोकिएँ । म मरेपछि मेरी आमा कति रुनुहोला, उहाँलाई कसले सम्झाइदेला भन्ने खालको साँेच आयो । मेरो मनमा मर्नु हुँदैन, मैले अरु अपाङ्गहरुको लागि यो समाजमा केहि काम गर्नुपर्छ भन्ने इच्छा जागेर आयो ।    साक्षात देवतासँग भेट भयो अनि जीवन बदलियो मैले एसलसी दिएकै बर्ष सेभ द चिल्डेन युएसएले हाम्रो गाउँमा कार्यक्रम लिएर आएको थियो । मैले त्यो भन्दा पहिले भगवान कस्तो हुन्छ देखेको थिइन्, मात्र पुकार गर्ने गर्दथेँ । त्यो दिन मेरो जीवनमा वास्तविक देवतासँग भेट भयो, डा. अशोककुमार बास्कोटा । मेरो फोटोबाट अपाङ्गताको अवस्था बुझेपछि डा. बास्कोटाले तिम्रो उपचार म गर्छु, तिमी काठमाडौं आउनु भन्नु भो । त्यो दिन म यति खुशी भएँ की कुनै वर्णन गर्नै सक्दिन । त्यो भन्दा पहिले भटेका डाक्टरहरुले त्यस्तो विश्वास कहिल्यै दिएका थिएनन् । उहाँले अप्रेशन गर्नु भएपछि उभिएर हिड्न नसक्ने मेरो बाङ्गो खुट्टामा सुधार आयो, एउटा झोला पनि बोक्न नसक्ने मैले त्यसपछि आफूलाई अलि सहज भएको अनुभव गर्न थालेँ । अहिले म सामान्य ढंगले हिडडुल गर्न सक्छु, मलाई आफू कुनै पनि अर्थमा अपाङ्ग भएजस्तो, लाग्दैन । तसर्थ मलाई नयाँ जीवन दिने साक्षात भगवान डा. बास्कोटा नै हुनुहुन्छ । उनले खुशी हुदै भनिन्, वर्षौसम्म राम्ररी उभिन सकेकी थिइन, आफू सानै छु, होँची छु जस्तो सोँचेकी थिएँ तर अप्रेशनपछि सिधा खुट्टाले पहिलो पटक उभिँदा धेरै खुशी भएकी थिएँ, आफूलाई अरु केटी मानिस जस्तै अग्ली पाउँदा जीवनमा नयाँ खालको उमंग छाएको थियो । हिनताबोध हराएर एउटा उत्साह र उमंगको टुसा मेरो जीवनमा पलाएको थियो । त्यहि ऊर्जाले डो¥याउदै मलाई यहाँसम्म ल्याइपुर्याएको हो । पहिलो जागिर र सफलताको यात्रा अप्रेशनपछिको ६ महिना म नेपाल अपाङ्ग संघले संचालन गरेको खगेन्द्र नवजीवन केन्द्र जोरपाटीमा बसेँ । त्यहाँबाट २०४३ मंसिरमा घर गएँ । करीब १ वर्षपछि सेभ द चिल्डेनले मलाइ समाजका अशिक्षितलाई पढाउने काम दियो, त्यो ९ महिने कार्यक्रम थियो । त्यसपछि फेरि सेभ द चिल्डेनकै अर्को कार्यक्रम तत्कालिन एचडीसी (अहिलेको एचआरडीसी) अन्तर्गत उपचार गर्न ल्याइने अपाङ्गहरुको नै स्याहार गर्ने काम पाएँ । त्यतिबेला अमेरिकन फिजियोथेरापिस्ट मार्सा दिदीले सहयोग गर्नु भयो । तिमी गाउँमा बस्दा, काम गर्न पनि सक्दैनौ, उकालो–उरालो हिड्न पनि गाह्रो हुन्छ, यहिँ बसेर अरु अपाङ्गको सेवा गर भन्नु भो र २०४५ मा मलाई ‘मदर हाउस’ को काम मिल्यो । अपाङ्गता भएका बच्चाहरु जो मै आफै पनि एक थिए, अरुका अभिभावक र विरामीले भोगेको दुख्ख मेरै हो जस्तो लाग्यो । मैले उनीहरुको अत्यन्त माया र प्रेमपूर्वक ५ वर्ष सेवा गरेँ । जतिबेला मेरी आमा मेरो चिन्ता गरेर, मेरो अवस्थालाई देखेर रुनुहुन्थ्यो, त्यो सम्झेर सबै विरामीहरुका अभिभावकको दुःख पनि त्यहि वर्गमा पर्छ, जति मेरा अभिभावकले भोगे भन्ने लाग्यो र आफ्नो कामको पूजा गर्न थालेँ । अहिले एचआरडीसीमा उपचारका लागि आउने विरामी बच्चाहरुको उपचार अवधिसम्म पढाई रिकभर गर्नका लागि सञ्चालन गरिएको स्कुल विभागमा २९ वर्ष भो, एजुकेटर भएर सेवा गरिरहेकी छु । मैले नर्स भएर विरामीको उपचार गर्ने मौका त पाइन तर विरामीको सुख दुःख र भावनामा मलमपट्टी भने नम्रतापूवक बाँध्ने काम गरेकी छु, यसैलाई मेरो धर्म, कर्म र जीवनको उपहार सम्झेकी छु । आत्महत्याबाट सफलतातिर हिजोको हिनताले भरिएको जीवन, आत्महत्याको प्रयासमा लागेको मानिस । म आफैलाई सम्झँदा लाग्छ, जीवन एउटा युद्ध हो, हामीले युद्धमा निरन्तर भाग लिनै पर्छ । अवश्य पनि एक पटक हामी जित्छौ नै । त्यही जीतको जीवन आज मैले भोगेकी छु । अपाङ्गता भएर, गरीवीको कारण मेरो जस्तो पीडा भोगेका तमाम मानिसहरु हाम्रो समाजमा हुनुहुन्छ । यो समाजले उनीहरुलाई निरुत्साहित गर्ने होइन्, अगाडि बढ्ने र रोगसँग लड्ने ऊर्जा दिनुपर्छ । शारीरिक अपाङ्ता हुँदैमा त्यो धर्तिको भार भइँदैन, अवसर पाएमा अपाङ्गले देशको नेतृत्व पनि समाल्न सक्छन् । संसारमा त्यस्ता धेरै उदाहरण छन् । समाजले यो कुरा बुझ्नु पर्दछ र उनीहरुको विशेष अधिकारको सुनिश्चितता गर्नु पर्दछ । आफ्नै जीवन बोझ भएर बारम्बार मर्न खोज्ने म, आज घर परिवारको जिम्मेवारी पुरा गर्न सकेकी छु, भाइ, आमा, बुवाको उचित व्यवस्थापनदेखि समाजका हजारौ अपाङ्गता भएका मानिसहरुको अधिकार र सेवामा जुटिरहेकी छु । छोरालाई विदेशको राम्रो कलेजमा पढाएकी छु, श्रीमान र परिवारको जिम्मेवारी पनि पूरा गरेकी छु भने अरुले किन सक्दैनन् ? यो समाज र राज्यले उनीहरुलाई आवश्यक वातावरण दिनु पर्दछ, उनीहरु पनि भोलिको देशका संवाहक हुन्, यसमा कुनै शंका छैन । (सेढाइँ अपाङ्ग मानवअधिकार केन्द्रकी अध्यक्ष हुन् ।)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy