Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

ढुकुटीको कारोबारले यसरी डुबाउँछ

\"dhukuti-2\"धनगढी, ५ असोज । तपाईं ‘ढुकुटी‘ खेलेर नगदको कारोबार गरिरहनुभएको छ भने सावधान रहनु होला । किनकी गैर कानुनी मानिने ‘ढुकुटी‘ खेलेकै कारण यहाँका कैयौँ व्यापारी र सर्वसाधारण यति बेला ठगिएर बिचल्लीमा परेका छन् । ढुकुटी खेलाएबापत सङ्कलन भएको करोडौँ रुपैयाँ लिएर सञ्चालक बेपत्ता हुने क्रम बढेपछि सर्वसाधारण ठगिने गरेका हुन् । एउटा समूह खडा गरी त्यसमा आवद्ध सदस्यले ढुकुटीबापत महिनैपिच्छे जम्मा गरेपछि सङ्कलित रकम महिनामा एक पटक समूहका सदस्यलाई पालैपालो भुक्तानी गरिन्छ । ढुकुटी खेल्नु गैर कानुनी भएकाले ठगिएका पीडितले आफ्नो नाम सार्वजनिक गर्न मान्दैनन् । धनगढीको ट्राफिक चौराहा क्षेत्रका सर्वसाधारण र व्यापारीको ढुकुटीबापत सङ्कलन भएको करोडौँ रकम कुम्ल्याएर केही महिनाअघि फरार भएको एक व्यक्तिलाई हालै प्रहरीले पक्राउ गरेको छ । सुदूपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलको प्रहरी टोलीले ढुकुटी खेलाएर सङ्कलन भएको रकमसहित फरार रहेको कनकाई स्टोर धनगढीका लोकराज भट्टराईलाई नुवाकोटबाट पक्राउ गरेर सोमबार राति धनगढी ल्याइएको छ । उनीमाथि ठगी मुद्दा चलाउने तयारी गरिएकोमा प्रमाण नपुगेपछि सार्वजनिक अपराधमा मुद्दा चलाइएको कैलालीका प्रहरी उपरीक्षक राजेन्द्र बिष्टले जानकारी दिए । गैर कानुनी रुपमा ढुकुटी खेलाएर सङ्कलन भएको रकम लिएर अन्य व्यक्तिसमेत फरार छन् । बढी ब्याज पाइने लोभमा यहाँका सर्वसाधारणले ठगिनु परेको छ । स्थानीय बजारमा तरकारी व्यवसाय गर्दै आएका भारतीय नागरिक राजेश गुप्ता चर्को ब्याजमा स्थानीय सर्वसाधारणबाट लिएको रु तीन करोडभन्दा बढी रकम लिएर फरार छन् । केही वर्षदेखि मासिक दशदेखि बाह्र प्रतिशतसम्म ब्याज दिएर स्थानीयवासीको विश्वास जित्न सफल गुप्ता पछिल्लो पटक भने ठूलो रकम लिएर फरार भएका हुन् । धनगढी भन्सार रोडमा तरकारी तथा फलफूलको व्यापार गर्दै आएका गुप्ताको कारोबार अधिकांश स्थानीय महिलासँग हुने गरेको थियो । गुप्तासँगको विश्वासमा उनका भाइ नातापर्ने रामनाथ शाहलाई आफू समेतका थुपै्र महिलाले दिएको ऋण रकम लिएर फरार हुँदा बिचल्लीमा परेको मिलन चौककी पार्वती भट्टले बताए । यस्तै धनगढी बोराडाँडीका लक्ष्मणसिंह भट्टले बैंकमा धितो राखेर निकालेको रु ११ लाख मासिक १० प्रतिशत ब्याजमा गुप्तालाई दिएका थिए । ‘विश्वास गर्दा नराम्रोसँग धोका पाइयो,” उनले भने । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending