Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

मनास्लु पदमार्ग दसैँअघि खुलाइने, ५० लाख बजेट विनियोजन

\"annapurna-treking-1140\"गोरखा, १० असोज । भूकम्पपछि अवरुद्ध गोरखाको मनास्लु पदमार्ग खुलाउन जिल्ला विकास समितिले प्राविधिकसहितको टोली खटाएको छ । थुमीको सोतीदेखि सिर्दिवास गाविससम्मको पदमार्ग दसैँअघि सुचारु गर्न जिल्ला प्राविधिक कार्यालयका ओभरसियर लालबहादुर गुरुङ र राजनीतिक परामर्श समितिका सदस्य अध्ययन गर्न खटिएका छन् । नेपाली काँग्रेसका जिल्ला सचिव पूर्णबहादुर दाहाल, नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय सदस्य विष्णु भट्ट, नेपाल परिवार दलका जिल्ला अध्यक्ष रवीन्द्र थापा, नयाँ शक्ति पार्टी नेपालका रमेश पोखरेललगायतको टोली आज पदमार्गको अवस्था अवलोकन गर्न गएको जिविसका योजना तथा प्रशासकीय अधिकृत सतिशकुमार भट्टराईले जानकारी दिए । ‘तत्काल पदमार्ग खुलाउन रु ५० लाख बजेट विनियोजन गरिएको छ’ उनले भने, ‘स्थानीय कामदार प्रयोग गरी छिट्टै पदमार्ग खुलाइन्छ ।’ पदमार्गमा पहिरैपहिरो झरेको छ । पदमार्ग खुलाउन परिचालन भएको टोलीले कहाँ कस्तो बाटो निर्माण गर्दा दीर्घकालीन हुन्छ, सुझाव दिने बताइएको छ । पर्यटन रोयल्टीको बजेटले पदमार्ग खुलाउन लागिएको हो । यस्तै पदमार्गको प्रोक–सामागाउँ खण्डको मर्मत गरिएको छ । नेपाल पर्यटन बोर्डको करिब रु दुई करोड बजेटले १० किलोमिटर पदमार्ग खुलाइएको हो । पदमार्ग निर्माणको जिम्मा पाएको काठमाडौँस्थित नागर्जुङ नाना कल्पवृक्ष जेभीका प्रमुख सन्त गुरुङले पहिरो झरेका क्षेत्रमा वैकल्पिक पदमार्ग निर्माण गरी पदमार्ग सुचारु गरेको जानकारी दिए । प्रोकको नाम्रुङ बजारपछिको ठूलो पहिरो र ल्हो–स्याला खोलामा पहिलेको पदमार्गको वारिपारि पर्ने गरी पदमार्ग बनाइएको छ । नयाँ ट्रयाक खोल्ने, ढुङ्गा छाप्ने, पुल बनाउने र पर्खाल लगाएर पदमार्ग व्यवस्थित बनाएपछि स्थानीयवासी तथा पर्यटकलाई सुविधा भएको छ । यस्तै चुमभ्याली जोड्ने चुम्चेत गाविसस्थित सर्दीखोलामा पुल नहुँदा चुम्चेत र छेकम्पारमा आवतजावत गर्न पहरापहरा डोरीमा झुन्डिएर जोखिमपूर्ण यात्रा गर्नुपरेको चुम्चेतका गाविस सहायक शेराप गुरुङले गुनासो गरे । सर्दीखोलामा निर्माण गरिएको काठे पुल बर्खाको भेलले बगाएपछि समस्या भएको हो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy