Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

माओवादी आन्दोलनमा मन्त्रीलाई सुरक्षा दिन सकिंदैन: क्षेत्रीय सुरक्षा प्रमुखहरु

काठमाडौं, एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले घोषणा गरेको आन्दोलन अवधिभर सरकारका मन्त्रीहरुलाई जिल्ला भ्रमण नगर्न क्षेत्रीय सुरक्षा प्रमुखहरुले आग्रह गरेका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–जिल्लाका अधिकांश सुरक्षाकर्मी विपक्षी आन्दोलन नियन्त्रणका लागि खटाउनुपर्ने भएकाले मन्त्रीहरुको सुरक्षामा जनशक्ति अभाव हुने तर्क गर्दै उनीहरुले त्यस्तो सुझाव दिएका हुन् । गृहमन्त्रालय स्रोतक अनुसार क्षेत्रीय प्रशासकहरुले आआफ्नो सुरक्षा चुनौतिबारे मन्त्रालयलाई लेखेको खतरा मूल्यांकन प्रतिवेदनमा लिखित रुपमै यस्तो सुझाव दिएका हुन् । केही दिन अघि पोखरामा एकै दिन १९ जनासम्म भीआइपीहरको सुरक्षामा खटिनुपरेको उदाहरण पेश गर्दै पश्चिमाञ्चल क्षेत्रीय प्रशासकले यसो गर्दा आन्दोलनकारी नियन्त्रण र महत्वपूर्ण राष्ट्रिय प्रतिष्ठानको सुरक्षा गर्न मुस्किल पर्ने बताएका थिए । प्रधानमन्त्री र मन्त्रीहरुको बहिष्कारसहितका कडा आन्दोनलका कार्यक्रम मोर्चाले गर्नेभएपछि सुरक्षाकर्मी नपुग्ने भन्दै गरिएको लिखित रिपोर्टप्रति उपप्रधानमन्त्री प्रकाशमान सिंहले विरोध गरेका छन् । उनले जनतामाझ नजाउ भन्ने सुझाव नल्याउन सुरक्षा प्रमुखहरुलाई निर्देशनात्मक सुझाव दिएका छन् । हरेक दिनजसो मन्त्रीहरु काठमाडौं बाहिर जाने र सुरक्षा निकाय प्रमुख र प्रशासकसमेत खटिनुपर्ने भएकोले जनतालाई सेवा दिन समस्या भएको गृहका एक उच्च अधिकारीले बताए । साथै सुरक्षा प्रमुखहरुले आन्दोलनका क्रममा कांग्रेस प्रेस युनियन र एमालेको प्रेस चौतारीमा आवद्ध पत्रकारलाई सरकारका पक्षमा सूचना लेखाउनका लागि सत्तारुण कांग्रेस एमालेलाई आग्रह गरेका छन् । आन्दोलनका क्रम बल प्रयोग गर्दा मिडियामा उत्तेजना फैलाउन सक्ने र एक ठाउँको घटनाको आधारमा देशका अरु भागमा पनि प्रदर्शन बढ्न सक्ने भएकोले सुरक्षा अधिकारीहरुले दलसम्बद्ध पत्रकारहरुलाई सहयोगीको रुपमा परिचालन गर्नुपर्ने तर्क गरेका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE