Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

माओवादी आन्दोलनमा मन्त्रीलाई सुरक्षा दिन सकिंदैन: क्षेत्रीय सुरक्षा प्रमुखहरु

काठमाडौं, एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले घोषणा गरेको आन्दोलन अवधिभर सरकारका मन्त्रीहरुलाई जिल्ला भ्रमण नगर्न क्षेत्रीय सुरक्षा प्रमुखहरुले आग्रह गरेका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–जिल्लाका अधिकांश सुरक्षाकर्मी विपक्षी आन्दोलन नियन्त्रणका लागि खटाउनुपर्ने भएकाले मन्त्रीहरुको सुरक्षामा जनशक्ति अभाव हुने तर्क गर्दै उनीहरुले त्यस्तो सुझाव दिएका हुन् । गृहमन्त्रालय स्रोतक अनुसार क्षेत्रीय प्रशासकहरुले आआफ्नो सुरक्षा चुनौतिबारे मन्त्रालयलाई लेखेको खतरा मूल्यांकन प्रतिवेदनमा लिखित रुपमै यस्तो सुझाव दिएका हुन् । केही दिन अघि पोखरामा एकै दिन १९ जनासम्म भीआइपीहरको सुरक्षामा खटिनुपरेको उदाहरण पेश गर्दै पश्चिमाञ्चल क्षेत्रीय प्रशासकले यसो गर्दा आन्दोलनकारी नियन्त्रण र महत्वपूर्ण राष्ट्रिय प्रतिष्ठानको सुरक्षा गर्न मुस्किल पर्ने बताएका थिए । प्रधानमन्त्री र मन्त्रीहरुको बहिष्कारसहितका कडा आन्दोनलका कार्यक्रम मोर्चाले गर्नेभएपछि सुरक्षाकर्मी नपुग्ने भन्दै गरिएको लिखित रिपोर्टप्रति उपप्रधानमन्त्री प्रकाशमान सिंहले विरोध गरेका छन् । उनले जनतामाझ नजाउ भन्ने सुझाव नल्याउन सुरक्षा प्रमुखहरुलाई निर्देशनात्मक सुझाव दिएका छन् । हरेक दिनजसो मन्त्रीहरु काठमाडौं बाहिर जाने र सुरक्षा निकाय प्रमुख र प्रशासकसमेत खटिनुपर्ने भएकोले जनतालाई सेवा दिन समस्या भएको गृहका एक उच्च अधिकारीले बताए । साथै सुरक्षा प्रमुखहरुले आन्दोलनका क्रममा कांग्रेस प्रेस युनियन र एमालेको प्रेस चौतारीमा आवद्ध पत्रकारलाई सरकारका पक्षमा सूचना लेखाउनका लागि सत्तारुण कांग्रेस एमालेलाई आग्रह गरेका छन् । आन्दोलनका क्रम बल प्रयोग गर्दा मिडियामा उत्तेजना फैलाउन सक्ने र एक ठाउँको घटनाको आधारमा देशका अरु भागमा पनि प्रदर्शन बढ्न सक्ने भएकोले सुरक्षा अधिकारीहरुले दलसम्बद्ध पत्रकारहरुलाई सहयोगीको रुपमा परिचालन गर्नुपर्ने तर्क गरेका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: