Ntc summer Offer
Khabar Dabali ३ कार्तिक २०८१ शनिबार | 19th October, 2024 Sat
Investment bank

राष्ट्रपति चीन गए, बोआओ मञ्चमा भाग लिने

काठमाडौँ,  राष्ट्रपति डा. रामवरण यादव चीन सरकारको निमन्त्रणामा उक्त मुलुकको बोआओ सहरमा हुने ‘एसियाका लागि बोआओ मञ्च’ को वार्षिक सम्मेलनमा भाग लिन आज चिन गएका छन् । चीन जानु अघि राष्ट्रपति यादवलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीद्वय, मन्त्रिगण, सुरक्षा निकायका प्रमुख, सरकारका उच्च पदाधिकारी, नेपालका लागि विभिन्न मुलुकका राजदूतलगायतले बिदाइ गरेका थिए । राष्ट्रपति यादवको बिदाइ समारोहमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । चीनको दक्षिणी प्रान्त हाइनानको बोआओ सहरमा यही चैत १२ देखि १५ गतेसम्म आयोजना हुने सो सम्मेलनमा राष्ट्रपति डा यादवले यही चैत १४ गते बिहान सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन अपराह्न आफ्ना चिनियाँ समकक्षी राष्ट्रपति सि जिनपिङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । साताव्यापी चीन भ्रमणक्रममा आजै साँझ राष्ट्रपति डा यादव नेतृत्वको प्रतिनिधिमण्डल हाइनान प्रान्तको सान्या सहर पुग्नेछ । एकदिने सान्या बसाइका क्रममा राष्ट्रपतिले आरका भ्याली लाइभ म्युजियम कल्चरल हेरिटेज पार्क एन्ड अब्जर्भेसनको अवलोकन गर्नाका साथै नान्सा रमणीय उद्यानको भ्रमण गर्ने कार्यक्रम रहेको छ । मन्त्रालयका अनुसार शुक्रबार नै राष्ट्रपति डा यादवले उक्त उद्यानमा नेपाल चीन सांस्कृतिक केन्द्रमा नेपालमण्डपको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सान्याबाट उनि शनिबार बिहान सम्मेलनस्थल बोआओतर्फ जानेछन् । सोही दिन सम्मेलनलाई उनी सम्बोधन गरी चिनियाँ राष्ट्रपति सिले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन् । शनिबार अपराह्न राष्ट्रपति यादव र अस्ट्रियाका राष्ट्रपति डा हेनिज फिस्चर तथा स्विडेनका प्रधानमन्त्री स्टेफन लफभेनसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । चिनियाँ राष्ट्रपतिसँगको भेटवार्तापछि राष्ट्रपति डा यादव नेतृत्वको प्रतिनिधिमण्डल हाइनान प्रान्तको अर्को सहर हाइकु जाने छ । आइतबार बिहान उक्त सहरबाट नेपाली प्रतिनिधिमण्डल चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासातर्फ जाने छ । सोमबार र मङ्गलबार ल्हासा तथा सिगात्सेका विभिन्न स्थलको भ्रमण पूरा गरी बुधबार बिहान उक्त प्रतिनिधिमण्डल स्वदेश फिर्ता हुने कार्यक्रम छ । राष्ट्रपति नेतृत्वको १८ सदस्यीय प्रतिनिधिमण्डलमा राष्ट्रपतिकी सुपुत्री अनिता, सहरी विकासमन्त्री डा नारायण खड्का, राष्ट्रपतिका सल्लाहकारद्वय सूर्यप्रसाद ढुङ्गेल र हरि शर्मा, राष्ट्रपतिको कार्यालयका सचिव अनुपकुमार उपाध्याय, चीनका लागि नेपाली राजदूत महेशकुमार मास्के, परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास वैरागी र सहसचिव झवीन्द्र अर्याल, राष्ट्रपतिका स्वकीय सचिव ललितबहादुर बस्नेत, स्वकीय चिकित्सिक डा यादवकुमारदेव भट्ट, शिष्टाचार महापाल अर्जुनकान्त मैनालीलगायत छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy