आश्विन ३० गते, २०७३ आइतवार 16th October, 2016 Sun१०:२०:४२ मा प्रकाशित
संविधान संशोधन नगरी स्थानीय निकायको निर्वाचन कुनै पनि हालतमा सम्भव देखिदैन । संविधानप्रति असन्तुष्ट पक्षहरुका जायज मागहरुको संविधानमा संशोधन गरेपछि मात्र त्यसलाई सबैले स्वीकार गर्ने भएो हुदाँ सरकारले गर्नुपर्ने यो महत्वपूर्ण काम पनि हो ।
मधेसकेन्द्रत राजनीतिक दलहले उठाउदै आएका मागहरुको विषयमा सरकार सकारात्मक नै रहेको देखिन्छ । काग्रेसले जहिले पनि जनतालाई अधिकार दिने कुरामा अवरोध गरेको छैन ।
सरकारले मधेशका मागहरु जसरी पनि सम्बोधन गर्नुपर्दछ । स्थानीय निकायको निर्वाचनका लागि र संविधानको कार्यान्वयनको लागि पनि तराई मधेश हिमाल र पहाडका जनताले पहिले संविधानलाई स्वीकार गरेको हुनुपर्दभछ भन्ने हाम्रो भनाइ रहेको छ ।
मधेसीमोर्चाले संशोधन नगरी स्थानीय निकायको निर्वाचन होस वा संविधानको अन्य कार्यान्वयनको काम होस, त्यसका विरोध गर्ने भन्दै आएका छन् । तसर्थ यो विषयमा सत्ता पक्ष मात्र होईन प्रतिपक्ष दलपनि सकारात्म हुनुपर्दछ,संविधान संशोधनमा सबैको साथ र समर्थन हुनु पर्दछ ।
सरकार गठन भएको दुई महिना जति भयो,यति बेला सरकार राज्यको पुर्नसंरचनाको काममा अगाडि बढिराखेको छ । सरकारले आयोग र राजनीतिक दलसँग छलफल गरेरु इलाकाको आधारमा स्थानीय निकायको पुर्नसंरचना गर्ने निष्कण निकालेको छ ।
नेपाली काग्रेस मधेसवादी दलहरुलाई केहि समय धैर्य गर्न आग्रह गर्छ, हामीले संशोधनको विषयलाई विर्सेका छैनौ, कसरी संशोधन गर्न सकिन्छ भनेर गृहकार्य गरिरहेका छौ । उहाँहले यतिबेला सरकारलाई समर्थन फिर्ता लिने सम्मका कुरा गरेको सुनिन्छ त्यसले निकास दिदैन । हामीले गरेको सहमति अनुसार संविधान संशोधनको काममा हामी अगाडि बढ्छौ ।
हामीले संविधान प्रति असन्तुष्ट पक्षको जायज मागहरु सम्बोधन हुने गरि संविधानको संशोधन गर्ने भनिराखेका छौ । संविधान निमार्ण भएको दुई बर्ष पुगिसक्दा संशोधनको प्रकृया अगाडि बढाउदा हामीले अब कम्तिमा १०/१५ बर्ष सम्म पुर्नः संविधान संशोधनको जरुरी नहोस भन्ने चाहेका छौ ।
(श्रेष्ठ नेपाली कांग्रेसका नेता हुन्र)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: