Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

चितवनमा डेङ्गु रोगको संक्मण बढ्यो,१२५ बढि सङ्क्रमीत

\"doctors-team-at-chitwan-750\" चितवन, २२ असोज । डेङ्गु रोगको सङ्क्रमण बढेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली सङ्क्रमण नियन्त्रणका लागि चितवन पुगेको छ । उक्त रोगप्रति स्थानीय समुदायलाई सचेत पार्न तथा रोगको अवस्था अध्ययनका लागि टोली चितवन आइपुगेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । चितवनमा भदौको पहिलो सातादेखि असोज २० गतेसम्म ११९ जनामा र असोज २१ गते एकैदिन छ जना गरी १२५ जनामा यो रोगको सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये करिब ८० प्रतिशत रत्ननगरका बिरामी छन् । त्यसैले नियन्त्रणका लागि यहाँ केन्द्रीय टोली आएको हो । शुक्रबार आएको टोलीले रत्ननगरका स्थानीय समुदायसँग छलफल गरी जानकारी लिएको र अवस्था अध्ययन गरिरहेको छ । अध्ययनपछि नियन्त्रणका अन्य उपाय अगाडि बढाउने जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले बताएका छन । महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछाने, भीमप्रसाद सापकोटा र जनस्वास्थ्य निरीक्षक हरिप्रसाद आचार्यसहित जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको टोली रोग नियन्त्रणका लागि रत्ननगरलगायत क्षेत्रमा खटिएको छ । “हामीले स्थानीयस्तरमै पुगेर अवस्था अध्ययन ग¥यौँ, केन्द्रीय टोलीका सदस्य तथा जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले भने– ‘रत्ननगरमा डेङ्गु फैलँदो क्रममा छ, स्थानीयवासीले घर वरपर भाँडामा जमेको पानी नष्ट गरेर सरसफाइमा ध्यान दिए रोगको सङ्क्रमणमा कमी आउँछ ।” डेङ्गुका लार्भा खोजेर नष्ट गर्नु नै अहिले नियन्त्रणको सबैभन्दा उत्तम उपाए भएको उनले बताए । डेङ्गु सार्ने लामखुट्टेले कुनै पनि भाँडा, टायर, टिनको बट्टा र प्लास्टिकका टुक्रामा जमेको पानीमा लार्भा हुर्काउँछ, त्यसैले यस्ता भाँडामा पानी जम्न दिन नहुने उनको भनाइ छ । केन्द्रीय टोलीका अर्का सदस्य भीमप्रसाद सापकोटाले परीक्षणमा सहज होस् भनेर यहाँ ५० वटा किटसमेत ल्याएको जानकारी दिए । सोही किटबाट यहाँ निःशुल्क परीक्षणसमेत गरिनेछ । उहाँले रत्ननगरका स्थानीयवासीको घर घरमा डेङ्गु सार्ने लामखुट्टेका लार्भा फेला परेको भन्दै स्थानीयवासीले यसलाई गम्भीर रुपमा लिनुपर्ने र सरसफाइ गरी भाँडामा पानी जम्न दिन नहुने बताएका छन। भदौ पहिलो सातादेखि असोज पहिलो सातासम्म चितवनमा २१ जनामा डेङ्गु भएको थियो । त्यसपछि असोजको ६ देखि २० गतेसम्म डेङ्गु अत्यधिक बढेर ११९ जनामा पुगेकामा आजसम्म बढेर १२५ पुगेको छ । जसमा १० जना पूर्वी चितवन खैरहनीका बिरामी छन् । यस्तै नवलपरासीका दुई र कपिलवस्तुका एकजनामा डेङ्गुको सङ्क्रमण पाइएकोे छ । ८५ जना सङ्क्रमित रत्ननगर नगरपालिकाका छन् भने बाँकीको ठेगाना खुलेको छैन । फ्लाभी नामको भाइरसले डेङ्गु सार्छ । यो आरएनए भाइरस समूहमा पर्छ । डेङ्गुको उपचार अहिलेसम्म पत्ता नलागेकाले लक्षण हेरेर उपचार गर्नुपर्ने भरतपुर अस्पतालका चिकित्सक डा भोजराज अधिकारीले बताए । उनका अनुसार सामान्यतया बढी ज्वरो आउने ,टाउको दुख्ने, बिमिरा आउने, ज्यान दुख्ने यसका मुख्य लक्षण हुन् । रोग निको पार्न आराम गर्ने, झोलिलो पदार्थ पिउने, चिकित्सकको निगरानीमा औषधि लिनुपर्छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies