Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

हङकङमा संचालीत आईसीसी क्रिकेटमा नेपालको लगातार दोश्रो हार

\"1010201601335914618916_10208829769436396_808472175_o-1000x0-750\" हङकङ, २४ असोज । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले हङकङमा भइरहेको आईसीसी महिला विश्वकप २०१७ एसियाली आईसीसी महिला विश्वकपको दोस्रो खेलमा सोमबार थाइल्यान्डसँग तीन विकेटको हार बेहोरेको छ । एसियाली छनोटमा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि आइतबार भएको पहिलो खेलमा नेपाल आयोजक हङकङसँग ६ विकेटले पराजित भएको थियो । टीन क्वङ रोड रिक्रिएसन ग्रान्ड मिसन रोड ग्रान्डमा टस जितेर ब्याटिङ सुरु गरेको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ७६ रनको स्कोर बनाएको थियो । बलिङर फिल्डिङा नेपालले सुधारिएको प्रदर्शन गरेपनि थाइल्यान्डले आठ बल बाँकी छँदै सात विकेट गुमाएर ७७ रन जोड्दै छनोटमा लगातार दोस्रो जित दर्ता गरेको हो । ब्याट र बलमा निर्मला शाहीले गरेको प्रदर्शन नेपालको लागि सबैभन्दा सकारात्मक प्रदर्शन मानिएको छ । उनले नेपालको इनिङ्समा सर्वाधिक ३६ रन जोडेकी थिइन् । उनले ४७ बल सामना गर्दै चार चौका प्रहार गरिन् । सेन्ट्रल रेल्वेमार्फत् भारतमा ६ वर्ष उच्चस्तरको क्रिकेट खेलेकी ३० वर्षीय यी अलराउन्डरले चार ओभरको आफ्नो बलिङ स्पेलमा २ मेडन राख्दै ७ रन दिएर तीन विकेट लिएकी थिइन् । सीता मगरले मात्र रनको खाता खोल्न नसकेपनि अरु ब्याटसवुमनको प्रदर्शन पनि गतिलो भएन र उनीहरुले रनको दोहोरो अंक पनि छुन सकेनन । इन्दु वर्मा, नेरी थापा, रोशनी बोहरा, काजल श्रेष्ठ रनआउट भए । क्रिजमा नेरी फिट देखिइनन् । ‘चार ब्याटसवुमन रनआउट हुनु नै हारको मुख्य कारण भएको देखिन्छ । किनभने १ सय रनको स्कोर बनाएर खेल जित्ने लक्ष्य थियो र त्यो स्कोरमा पुगेको भए नेपाली टीमले खेल जित्नसक्थ्यौं । डबल लिगको आधारमा सञ्चालित खेलमा नेपालले मंगलबार चीनसँग खेल्ने जनइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy