Ntc summer Offer
Khabar Dabali ९ माघ २०८१ बुधबार | 22nd January, 2025 Wed
Investment bank

संविधान संशोधनमा रुमलिएको राजनीति

\"download-1-750\" काठमाडौँ, २७ असोज ।  प्रमुख दल मिलेर ल्याइएको संविधान कार्यान्वयनको सैद्धान्तिक आधारमा उनीहरुबीच विवाद देखिँदैन । लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएको ऐतिहासिक जनआन्दोलनका मुख्य शक्ति नै अहिलेका प्रमुख दल भएकाले त्यसको मर्म र भावनालाई आत्मसात् गरी एक ठाउँमा उभिएर २०७२ असोज ३ मा सात प्रदेशको सङ्घीयतासहितको संविधान जारी गराउनु मात्र उनीहरुको दायित्व थिएन । संविधानका कतिपय प्रावधानमा आ–आफ्ना फरक मान्यता राख्ने प्रमुख दलले न्यूनतम् सहमतिको दस्तावेजका रुपमा नयाँ संविधान जारी गराएर मुलुकको सङ्क्रमणकाल अन्त्य गरी समृद्धिको यात्रामा लाग्ने अठोटमा पनि अहिले खिया लाग्न थालिसकेको छ । संविधानमा खासगरी प्रदेशको सङ्ख्या र सीमामा असन्तुष्ट मधेसी दललाई संविधानको स्वीकार्यतामा ल्याउने उनीहरुको प्रयास सत्ताको दाउपेचमा रुमल्लिएको छ । संविधान जारी भएको चार महिनापछि अर्थात् गत माघ ९ गते नेपालको संविधान, २०७२ को पहिलो संशोधन भई जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण र समावेशी समानुपातिक प्रतिनिधित्वको प्रस्ताव पारित भएको थियो । यो संशोधन पनि तीन दल मिलेर मात्र सम्भव भएको थियो । त्यसदिन संसद्मा उपस्थित सङ्ख्या ४६८ मध्ये संविधान संशोधन विधेयकको पक्षमा ४६१ मत पर्नुले त्यसलाई पुष्टि गर्छ । भलै, मधेसी मोर्चाले यतिमा चित्त बुझाएन । संविधानपछि अर्को निर्वाचनसम्म प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहितको संयुक्त सरकार बनाउने भद्र सहमतिको खास्टो उध्रिएपछि यी दलमा संविधान कार्यान्वयन कि संशोधन भन्नेमा विवाद उत्पन्न भएको हो । संविधानले २०७४ माघ ७ भित्र स्थानीय तह, प्रदेश र सङ्घीय संसद्को निर्वाचन गराइसक्नुपर्ने व्यवस्था गरेको छ । वर्तमान सत्ता गठबन्धनले मधेसी दलको माग संविधान संशोधनमा समेटेर मात्र निर्वाचनमा जाने तयारी गरेको जनाए पनि प्रमुख प्रतिपक्षी एमाले र विपक्षी राप्रपा नेपाललगायतका दल प्रदेश र सीमामा हेरफेरका लागि हुने संशोधनले राष्ट्रियता धरापमा पर्ने जिकिर गर्छन् । छिटो स्थानीय तहको निर्वाचनको माग गरिरहेको एमालेको समर्थनबिना संशोधनका लागि दुई तिहाइ नपुग्ने भएकाले पनि अहिले उसको भूमिका निर्णायक देखिएको छ । अर्कोतिर, मधेस केन्द्रित दलले बहिष्कार र असहयोग गर्ने हो भने तराई मधेसमा निर्वाचन गराउन फलामको च्युरा चपाउनुसरह हुने खतरा उत्तिकै छ । त्यसो त काँग्रेस र माओवादी केन्द्रबीच पनि संशोधनको मस्यौदामा समान मत बाहिर आइसकेको छैन । ती दलका कतिपय नेताले सिमाना हेरफेर हुनु हुँदैन भनेर सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । मधेसी मोर्चा भने संविधान संशोधन नहुने हो भने सरकारलाई दिइएको समर्थन फिर्ता लिने चेतावनी दिन थालेको छ । उसले माग पूरा गराउन छठ पर्वसम्मको समयसीमा दिएको छ । विपक्षी एमालेले आफूसँग संशोधनबारे कुनै छलफल नभएको दाबी गरेको छ भने सरकारका केही मन्त्रीहरु एमालेलाई संशोधनमा सहमत गराइने जनाउँछन् । आखिर संशोधनका नाममा समय गुजार्ने, आरोप प्रत्यारोप गर्ने र निर्वाचन नहुने स्थिति पैदा हुने त होइन, यो प्रश्न पनि नागरिक क्षेत्रबाट उठ्न थालेको छ । दसैँअघिको एक कार्यक्रममा एमालेका सचिव योगेश भट्टराईले सत्ता पक्षले संविधान संशोधन गराउनै खोजेको हो भने त्यसबारे आ–आफ्ना केन्द्रीय कमिटीबाट पारित गराएर प्रस्ताव दर्ता गर्न चुनौती दिँदै अन्यथा एमालेले बाधा उत्पन्न गरेको आरोप नलगाउन चेतावनी दिएका थिए । विजयादशमीको भोलिपल्ट यहाँ आयोजित एक अन्तक्र्रियामा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले सरकार एक्लै होइन विपक्षीसँग मिलेर अघि बढ्ने जनाऊ दिनुएका छन । संविधान संशोधनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल एमालेका शीर्ष नेताहरुसँग अनौपचारिक छलफल गरिरहेको उनको कथन थियो । गजुरेलको यो भनाइले दसैँलगत्तै राजनीतिक चहल पहल बढ्ने देखिन्छ । सम्भवतः यही असोज २९ मा एमालेले तय गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमबाट त्यसको प्रत्यक्ष छनक मिल्नेछ । संविधान कार्यान्वयनका लागि २०७४ माघ ७ भित्रै तीनवटै निकायको चुनाव अनिवार्य रहेको जनाउने काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले संविधान संशोधनको पक्षमा आफ्नो पार्टी निकै गम्भीर रहेको बताउँदै मधेसी मोर्चालगायत अन्य असन्तुष्ट साथीहरुको मुद्दालाई सम्बोधन गर्न पार्टी प्रयासरत रहेको बताउछन । (प्रकाश सिलवाल)  रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy