Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

आठौं ब्रिक्स शिखर सम्मेलनका लागि प्रधानमन्त्री प्रचण्ड शनिबार भारत प्रस्थान गर्दै

\"prachanda-priminister-750\" काठमाडौं, २८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबारदेखि हुन लागेको ब्रिक्स शिखर सम्मेलनमा भागलिन भोली भारत जाने भएका छन् । ब्रिक्सको आठौं शिखर सम्मेलन भारतको गोवामा अक्टोबर १५ देखि १६ सम्म दुई दिन हुने बताइएको छ । भारतको अध्यक्षतामा हुनलागेको उक्त शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्डलाई यस अघिनै निम्तो गरेका थिए । उनको निम्तो अनुसार प्रधानमन्त्री प्रचण्ड शनिबार त्यसतर्फ जान लागेको प्रधानमन्त्री कार्यालयले बताएको छ । भारतमा हुनलागेको शिखर सम्मेलनमा आयोजकराष्ट्र भारतले बिम्स्टेक राष्ट्रहरु मध्ये नेपालका प्रधानमन्त्री पुष्पकमल दहाल, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका नरेश छिरिङग तोब्गे, म्यानमारकी राष्ट्रपति आङग सान सुकी, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रायुथ चान ओचालार्इ पनि निमन्त्रणा गरेका छन् । त्यसैगरी गैह्रबिम्स्टेकका अन्य मित्रराष्ट्र प्रमुखहरू अफगानिस्तानका राष्ट्रपति असरफ घानी र मादिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिनलाई पनि निमन्त्रणा गरिएको बताइएको छ । भारतमा हुन लागेको ब्रिक्स शिखर सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति सि जिनपिङ्ग बिहीबार बिहानै भारतका लागि प्रस्थान गरिसकेका छन । उनले ब्रिक्स शिखर सम्मेलन भन्दा पहिले कम्बोडिया र बङ्गलादेशको भ्रमण गर्दैछन, उनले त्यहाँ राजा,महारानी र प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम रहेको छ । चीनीया राष्ट्रपतिको भ्रमण टोलीमा चिनियाँ कम्युनिस्ट पार्टीका अन्य तीन जना उच्चस्तरिय नेताहरु पनि रहेको बताइएको छ । सि जिनपिङ्गले दुईदेशको बीचमो व्यापारीक एवं अन्य सम्बन्धको बारेमा उक्त भेटमा छलफल गर्ने बताइएको छ । त्यसैगरी ब्रिक्स सम्मेलनको लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भने भारत पुगिसकेका छन् ।

आठौँ ब्रिक्स सम्मेलनमा को को सहभागी हुदैँछन ?

\"download-2-750\"

आठौँ ब्रिक्स शिखर सम्मेलन ब्रिक्सका सबै सदस्य राष्ट्रका सरकार प्रमुखहरुले भाग लिने प्रचलन रहेको छ । ब्रिक्सको सदस्य राष्ट्रका सरकार प्रमुखहरुले सम्मेलनमा अनिर्वाय भाग लिने प्रचलन अनुसार यसपटक ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका राष्ट्रप्रमुखहरु त्यहाँ सहभागी हुने देखिन्छन । वर्तमान ब्रिक्स सदस्य राष्ट्रप्रमुखहरुमा ब्राजिलका राष्ट्रपति माइकल टेमर, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका राष्ट्रपति सी जिनपिंग, र दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमा यस आठौं शिखर सम्मेलनमा मूल सहभागी हुने बिक्सले जनाएको छ । ब्रिक्स सदस्यराष्ट्रहरुले राष्ट्रिय बिकासका बिभिन्न गतिविधिहरुः चलचित्र, खाद्य तथा कृषि, वन तथा वातावरण, शिक्षा तथा संस्कृति, वाणिज्य तथा ब्यापार जस्ता क्षेत्रहरुमा विगत ७ वर्षदेखि आपसी सद्भावनाका बढाउने उद्धेश्यले सन् २००९ मा ‘ब्रिक्स राष्ट्र’ बनेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy