आश्विन २८ गते, २०७३ शुक्रवार 14th October, 2016 Fri१५:१०:४७ मा प्रकाशित
चितवन, २८ असोज । मानव स्वास्थ्यका लागि अन्डा महत्वपूर्ण परिकार भए पनि यसको महत्वका बारेमा जनमानसमा बुझाउन नसक्दा आवश्यक मात्रामा उपभोग नभएको पाइन्छ ।
चिकित्सक र पोषण विज्ञहरुले अन्डाको बारेमा जनमानसमा बुझाउन थालेपछि पछिल्लो समय व्यावसायिक कुखुरापालन फस्टाउँदै जाँदा बर्सेनि उत्पादन बढ्दो छ ।
व्यवसायीले देश अन्डामा आत्मनिर्भर रहेको दाबी गर्दै आएका छन् । लुकीछिपी सीमा क्षेत्रमा भारतीय अन्डा भित्रिए पनि स्वतन्त्र ढङ्गबाट अन्डा भित्रिएको अवस्था भने छैन ।
देशमा आवश्यक मात्रामा अन्डा पूर्ति गर्न नेपाली कृषक सक्षम रहेको नेपाल अन्डा उत्पादक सङ्घका महासचिव त्रिलोचन कँडेल बताउछन ।
अन्डा स्वास्थ्यवद्र्धक खानेकुरा हो र यसले मानिसको जीउलाई स्वस्थ राख्न मद्दत पु¥याउने चिकित्सकहरु बताउँछन् ।
भरतपुर अस्पतालका फिजिसियन डा भोजराज अधिकारी अन्डामा विभिन्नखालका पोषक तत्व हुने हुँदा बिरामीका लागि लाभदायी हुने बताउछन ।
यसमा क्याल्सियम, आइरन तथा प्रोटिनजस्ता तत्वको भण्डार रहेको उहाँको कथन छ । अन्डाको सेवनले शरीरलाई दैनिक चाहिने पौष्टिक तत्वको भरणपोषण गर्न सहयोग पु¥याउने चिकित्सकहरु बताउँछन् ।
अन्डामा भिटामिन ‘ए’, फोलेट, भिटामिन ‘बी टु’, भिटामिन ‘बी फाइभ’, भिटामिन ‘बी १२’, फस्फोरस, सेलेनियम, भिटामिन ‘डी, ई, के’ तथा जिङ्कलगायतका तत्व पनि पाइन्छ ।
विज्ञहरुका अनुसार एउटा अन्डामा यतिधेरै पौष्टिक पदार्थ हुन्छ कि त्यसले एउटा कोषलाई चल्लामा बदल्न मद्दत पुग्छ । अन्डामा आधुनिक भोजनका दुर्लभ पौष्टिक तत्वसमेत पाइन्छ ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरकी वरिष्ठ खाद्य पोषण अधिकृत शिलु श्रेष्ठ अधिकांश बिरामीका लागि अन्डाजत्तिको महत्वपूर्ण खाना अरु नहुने बताउछन।
उनले शल्यक्रिया गरेका बिरामीलाई समेत अन्डा खुवाउँदा घाउ छिटो निको हुने बताए ।
मोटा मानिसले पनि अन्डा खान हुने, अन्डाले ग्यास्ट्रिक नहुने बताउँदै श्रेष्ठले सबैखाले क्यान्सरका बिरामीलाई अन्डा लाभदायक हुने बताए ।
कोलेस्टोर बढी भएकाले पहेँलो भाग हटाएर सेतो भाग खानु पर्ने श्रेष्ठले बताए ।
बच्चादेखि वृद्धसम्मका लागि सबैखालको प्रोटिन पाइने एकमात्र माध्यम अन्डा भएकाले यसमाथिका विभिन्नखाले भ्रमहरु चिर्दै उपभोग बढाउनुपर्नेमा उहाँले जोड दिए ।
सेतो भागमा चिल्लो नहुने हुँदा जन्डिसका बिरामीले पनि सेतो भाग मात्रै खान हुने उनले बताए ।
बढी मोटो मान्छेले अन्डा खाँदा मोटोपन घटाउन सहयोग पुग्ने श्रेष्ठले बताए । रासस (नारायण अधिकारी)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: