पार्टीलाई टुटफुटबाट कसरी बचाउन सकिन्छ भन्ने कुरामा मलाई गम्भीर चिन्ता लागिरा’थ्योफुट रोक्न किरण–बादलहरुसँग चाहिँ कुनै पहल र छलफल गर्नुभएन तपाईंले ? किन नगर्नु, गरें नि । किरणदाइ, बादलदाइसँग पनि कुनै बहानामा पार्टी फुटाउनै हुँदैन है भनेर बारम्बार छलफल गरिरहेको थिएँ । अनि विप्लवसँग नि ? विप्लवजीलाई पनि अहिले फुट्ने बेला होइन, एकताबद्ध भएर संर्घबाट स्थापित मुद्दाहरुलाई निष्कर्षमा पुर्याउनुपर्छ, त्यसपछि मात्रै वैचारिक बहसहरुलाई प्राथमिकता दिँदै जाउँला भनेको थिएँ । आखिर माओवादी आन्दोलनलाई फुटबाट जोगाउन त सक्नुभएन, फुटका पछाडि कसको दोष बढ्ता देख्नुहुन्छ ? पार्टी टुटफुट त भयो नै । पार्टीलाई फुटबाट बचाउन सकिएन, यो दुःखद विडम्बना हो । यसका पछाडि क–कसका के–कस्ता कमीकमजोरी भए भन्नेतिर अहिले नजाऊँ । यसबारे त दूधको दूध, पानीको पानी समीक्षा भई नै हाल्नेछ । विभिन्न माध्यम र कोणबाट यो क्रम अगाडि बढेकै पनि छ । तर, पार्टी फुट्नु ऐतिहासिक कमजोरी भयो । त्यसमा मेरो कमजोरी कति, अध्यक्षको कमजोरी कति अरु साथीहरुको कमजोरी कति ? सबैले आ–आफ्नो जिम्मेवारी लिनुपर्छ । र, कमजोरीको ‘रियलाइजेसन’ गर्नुपर्छ । कसैले कसैमाथि औंला ठड्याएर, गाली गरेर कोही पनि पार लाग्ने स्थिति छैन । मूल नेतृत्वको हिसाबले अध्यक्षले त्यसको जिम्मेवारी लिई नै सक्नु भइसक्यो । उहाँले ‘मेरा पनि कमीकमजोरी भए, त्यसबेला कांग्रेस–एमालेलाई अलि बढि नै विश्वास गरियो’ भन्नुभा’छ । हुनुपर्ने के त ? कहाँनेर हो तपाईंको खास असन्तुष्टि ? अहिले जुन संक्रमणकालीन अवस्था छ, जनतालाई यसको निष्कर्ष चाहिएको छ । दोस्रो, माओवादी आन्दोलन जसरी घेराबन्दीमा परेको छ, अथवा विघटन हो कि के हो ? साथीहरुमा यसबारे उठेका प्रश्न र आशंकाको निकास चाहिएको छ । निकासका लागि पहिले वैचारिक रुपमा वा वैचारिक कार्यदिशाको आधारमा एकताबद्ध हुने कुरा त छँदै छ ।
अर्कोतर्फ किरणदाइले लिएको कार्यदिशा पनि पर्याप्त छैन । यसो हेर्दा हाम्रो कार्यदिशा र उहाँको कार्यदिशामा सारभूतरुपमा कुनै भिन्नता देखिँदैन । केही कुराहरुमा मात्रै ‘डिफरेन्स’ छ ।वैचारिक–राजनीतिक हिसाबले छलफल, बहसबाट निष्कर्षमा पुग्नुको सट्टा टुटफुटबाट गुज्रने जुन अवस्था देखापर्यो, यो गलत छ । मलाई चित्त नबुझे नै यहींनेर हो । गलत छ भने त एकैठाउँ बसेर वैचारिक बहस गर्दैगर्दै सही निष्कर्षमा पुग्न सकिन्छ नि । तर, विचारको कलेबर लगाउने, भित्र अरु नै कारण रहने भएकैले पार्टी टुटफुट हुँदै आ’को छ । यो ‘परम्परा’ तोड्नुपर्छ भन्दै प्रचण्डको नेतृत्वमा पार्टीलाई एउटा निष्कर्षमा पुर्याइयो र शान्ति प्रक्रियामा आइसकेपछि पनि एउटै मात्र कम्युनिस्ट केन्द्र बनाउनुपर्छ भन्यौं । त्यसका लागि हामी लाग्यौं पनि । तर, व्यवहारमा चाहिँ टुटफुटमा गयौं । फुटका कारण के–के हुन् भन्ने ठान्नुहुन्छ ? नेपालको माओवादी आन्दोलन विभाजित हुनुमा अनेकौं राष्ट्रिय–अन्तर्राष्ट्रिय, आन्तरिक–बाह्य कारण होलान् । तर, मुख्य कारण त आन्तरिक कमजोरी नै हो । कतिपय कमरेडहरुले भनिराख्नु’भा छ– अहिलेको फुटका सबै कारणहरुको निराकरण र समाधान हामी गर्न सक्छौं । अहिलेका माओवादी कार्यदिशामध्ये सापेक्षित रुपले कुन घटकको चाहिँ अलिक् सहीजस्तो ठान्नुहुन्छ ? अहिले पूर्ण निकाससहितको कार्यदिशा कसैसँग देखा पर्दैन । हाम्रो पार्टीको हेटौंडा महाधिवेशन तथा बिराटनगर सम्मेलनले अघि सारेको कार्यदिशा पनि अपर्याप्त नै छ । मूल ‘ट्रेन्ड’ त त्यही नै हो । ‘अस्थिरपञ्जर’ त हेटौंडा महाधिवेशनकै कार्यदिशाको ठीक छ तर त्यो ‘शरीर’ बन्न सकेको छैन । त्यतिबेला हामीले गरेको संश्लेषण एक उचाईमा ठीकै थियो तर परिस्थिति अर्कैतिर मोडियो । अर्को महाभूल गरे भने अहिले त युवाहरुले लाठी मात्रै उठाएका छन्, त्यसको ठाउँमा ‘एके’ र ‘एम–सिक्स्टिन’ आउँछन् ।
अर्कोतर्फ किरणदाइले लिएको कार्यदिशा पनि पर्याप्त छैन । यसो हेर्दा हाम्रो कार्यदिशा र उहाँको कार्यदिशामा सारभूतरुपमा कुनै भिन्नता देखिँदैन । केही कुराहरुमा मात्रै ‘डिफरेन्स’ छ ।पछि फेरि विप्लवजीहरु पनि टुक्रिनु’भो, उहाँले एकीकृत जनक्रान्तिको कुरा गरिरहनुभा’छ । एकीकृत जनक्रान्ति भनेको के हो ? त्यसको कुनै ‘डिफिनेसन’ छैन । अन्तर्यमा विप्लवजीको कार्यदिशासँग पनि हाम्रो हेटौंडा महाधिवेशनको कार्यदिशासँग त्यतिसारो ‘डिफरेन्स’ छैन । त्यसमा पनि हाम्रोभन्दा केही अन्तर त हुने नै भए । कार्यदिशामा खास अन्तरै छैन भने किन फुटाए होलान् त नेताहरुले पार्टी ? कसैले पार्टी फुटाउनुपर्यो भने आफूमा विचार र कार्यदिशामै फरक छ भनेर बाङ्गाटिङ्गा कुरा देखाउने गर्दछन् । आफ्ना कमजोरीको ढाकछोपका निम्ति सिद्धान्तको कलेबर लगाएर, विचारको बहस भनेर नै कम्युनिस्ट आन्दोलनमा विभाजन देखापर्ने गरेको छ । यो पुरानै ‘ट्र्याक’ भयो । यसलाई के भन्ने ? संकीर्ण, सामन्ती, व्यक्तिवादी.... ! यस्ता विषयमा युवापिँढीहरुबीच बहस गर्न मन लागेको छ । युवापिँढीका सबैलाई चिन्ता लागेको छ–‘मुभमेन्ट’ लाई कसरी अगाडि लैजाने ? नेता प्रधान हो कि नीति ? तपाईंले त एकता वा फुटको मूल कारक नीति नभई नेता भएको बताउनु भो नि ! राजनीतिक लडाइँमा, वर्गसंघर्षमा कुनै बेला कुनै मोर्चा प्रधान भएर आउँछ, कुनै बेला कुनै मोर्चा । त्यसैगरी नीति प्रधान विषय हुँदाहुँदै पनि कहिले नीति प्रधान भएर देखापर्छ त कहिले नेता प्रधान भएको स्थिति देखिन्छ । अहिले राजनीतिक प्रतिस्पर्धा प्रधान भएर आएकाले राजनीतिक गतिविधि बढि गर्नुपर्ने हुन्छ । यस्तो राजनीति मुख्य नेताको वरीपरी हुने भएकाले यतिबेला फौजी मोर्चा आवश्यक छैन । त्यसले गर्दा म मात्र नभएर थुप्रै कमरेडहरु ‘स्याडो’ मा परेजस्तो देखिएको छ । अहिले केन्द्रीय कमिटीमा हेर्नुहुन्छ भने धेरै कमरेडहरु कामविहीन छन् । उनीहरुलाई लाग्ने गर्छ– किन मलाई ‘स्याडो’ मा पारिएको होला ? राजनीतिक मोर्चा प्रधान भएकैले अध्यक्ष कमरेडलाई एकछिन पनि फुर्सद छैन, कहिले कता–कहिले कता दौडिइरहनु परेको छ; अरु कमरेडहरुले काम नपा’को जस्तो स्थिति देखापरिरा’ छ । राजनीतिक संघर्षमा यस्तै हुन्छ कि हामीले तलमेल मिलाउन नसकेको ? बिस्तारै स्पष्ट होला ।
सेना समायोजन भएपछि चुट्की बजाएर दुई घन्टामा समस्या समाधान हुन्छ भन्ने कुरा उनीहरुले गरे । अर्कोतिर हाम्रो क्याम्पभित्र घुसपैठियाहरु प्रवेश गरी, प्रलोभन देखाए । अाफैभित्र खत्तम पार्ने रणनीति देखियो । त्यसको ‘काउन्टर’ हामीले राम्रोसँग गर्न सक्नुपथ्र्यो, सकिएन । अहिले फर्केर हेर्दा सेना समायोजनलाई केही पर धकेलिदिन पाएको भए पनि हुन्थ्यो जस्तो लाग्छ ।अरुअरु त छुट्टै पार्टी बनाएर भए पनि अगाडि आए, तपाईं चाहिँ सधैं ‘स्याडो’ मै बसिरहने ? जनयुद्धकालमा फौजी संघर्ष प्रधान थियो । ‘लाइफ एन्ड डेथ’ को कुरा थियो । अलिकता ‘मिस्टेक’ भैदिँदा सारा आन्दोलन धरापमा पर्ने खतरा हुन्थ्यो । सानो ‘मिस्टेक’ ले सारा आन्दोलन धरापमा पर्न जान्थ्यो । त्यसले गर्दा हामी अत्यन्तै क्रियाशील थियौं । अहिले त्यस्तो अवस्था छैन । त्यतिबेला म फौजी कमान्डमा पनि थिएँ, पार्टीको पोलिटब्युरो सदस्य पनि थिएँ । पोलिटब्युरोमा भएकैले म कमान्डर भएको हुँ । अहिले मेरा पनि कति अपुग होलान् तर पनि म राजनीतिक रुपले पछि परेंजस्तो लाग्दैन । संसदीय प्रणालीजस्तो राजनीतिमा त चुनाव आउँदा बढि तात्तिने, अरु बेलामा खासै काम नहुने अवस्था हुँदोरहेछ । संगठन विस्तारको कुरा पनि संसदीय राजनीतिमा दिगो हुँदैन, टिकाउ हुँदैन । एकचोटि बनायो भत्किन्छ, फेरि बनायो फेरि भत्किन्छ । मतदाता थपिएको थपियै हुन्छन्, त्यसैले संगठन बिस्तार पनि स्थायी हुँदैन । राजनीतिमा कहिले कोसँग ‘टसल’ पर्र्छ, कहिले कोसँग–स्थायी ‘मित्र र शत्रु’ कोही हुँदैन । ‘स्याडो’ मा परियो, आफैंले नयाँ पार्टी बनाऊँ भनेर किन सोच्ने ? हामी क्रियाशील छौं । परिणाम नआउँदा जत्रो काममा पनि क्रियाशीलता देखिँदैन । तपाईंहरु त पूरापूर संसदीय व्यवस्थामै डुबिसक्नुभयो रे नि ? संसदीय व्यवस्थालाई मानेर गएको कुरा त होइन । तर, संसदीय माहोलचाहिँ ‘चेन्ज’ भा’को छैन । संसदीय व्यवस्था पुरानै तरिकाबाट चलिरा’छ । यसको अर्थ यो होइन कि एमाओवादीले संसदीय व्यवस्था मान्यो । शान्ति प्रक्रियामा आइसकेपछि संसदीय व्यवस्थालाई ‘टोटल्ली रिजेक्ट’ गरेर जान सक्ने अवस्था छैन किनकि यो अवस्थामा रुपान्तरण ल्याउन नसकिएसम्म यसै प्रक्रियामा हेलिनैपर्यो । जस्तै– सुँगुरको खोर सफा गर्नुपर्यो भने खोरभित्रै पस्नुपर्यो । हामी सुँगुरको खोरभित्र पसिसकेकाले सुंगुरको दिशापिसाब त लागी नै सक्यो । खोर सफा गरिसकेपछि नुहाउने कुरा जो छ, त्यो त गर्नुपर्छ नै । पुरानो प्रकारको संसदीय व्यवस्था नै अहिलेको प्रमुख समस्या हो, प्रगतिको बाधक हो भनेर नै अहिले शासकीय स्वरुपको बहस चलिरा’छ । हामीले किन राष्ट्रपतीय प्रणाली भनिरा’छौं भने संसदीय प्रणालीमा बढि अस्थिरता हुने, बजेट अनावश्यक खेर जाने, जनताको मुखमा विकास नजाने, सांसद किनबेच चल्ने भएकाले यो प्रणाली नै गलत छ । यसलाई ‘चेन्ज’ गरौं भनेर राष्ट्रपतीय प्रणाली भनेका हौं । यदि राष्ट्रपतीय प्रणाली नभनिएको भए एमाओवादी पनि संसदीय प्रणालीमै डुब्यो भन्ने कुरा सही हुन्थ्यो । हामी त्यहाँ ‘चेन्ज’ चाहन्छौं तर निष्कर्षमा पुगेका छैनौं । त्यसैले माओवादी पनि संसदीय प्रणालीमा डुब्यो कि भन्ने आशंका किरणजीहरुलाई परिरा’छ तर उहाँले भनेजसरी हामी डुबेका छैनौं । सेना समायोजनमा कमजोरी भयो भन्ने कुरा पनि सही होइन ? सिद्धान्ततः सेना समायोजनमा कमजोरी भा’को हो । कुनै पनि युद्धबाट आएको शक्ति र सेनाबीच समायोजन गरी एउटै सेना बनाउने कुरा सिद्धान्ततस् ठीक थियो । यो १२ बुँदे सहमति र अन्तरिम संविधानको ‘स्पिरिट’ नै हो । राष्ट्रिय सुरक्षानीति बनाई दुवै सेनालाई समायोजन गरेर एउटै बनाउने कुरा थियो, त्यहाँसम्म सही थियो । पछि शैक्षिक योग्यता माग्ने र सात हजारमा झार्ने कुरा आयो, त्यहाँ गल्ती भयो । यो गल्ती अध्यक्षले स्वीकार्नुभएको छ । यो जानाजानको गल्ती हो कि समय–परिस्थितिको बाध्यता हो ? मैले पनि त्यसबेला समग्र उपलब्धिका लागि अंशको बलिदान गरौं भनेकै हुँ । सेना समायोजनका नाममा अरु पार्टीहरुले बखेडा झिकेर समस्या खडा गरेर ‘माओवादी नै शान्ति र संविधानको बाधक हो’ भन्दै चर्को घेराबन्दी गरे । सेना समायोजन भएपछि चुट्की बजाएर दुई घन्टामा समस्या समाधान हुन्छ भन्ने कुरा उनीहरुले गरे । अर्कोतिर हाम्रो क्याम्पभित्र घुसपैठियाहरु प्रवेश गरी, प्रलोभन देखाए । अाफैभित्र खत्तम पार्ने रणनीति देखियो । त्यसको ‘काउन्टर’ हामीले राम्रोसँग गर्न सक्नुपथ्र्यो, सकिएन । अहिले फर्केर हेर्दा सेना समायोजनलाई केही पर धकेलिदिन पाएको भए पनि हुन्थ्यो जस्तो लाग्छ । तर, त्यसबेलाको स्थिति बडो जटिल थियो । सेना समायोजनको ‘मोडालिटी’ सुरुमा ठीक थियो, अन्तिम चरणमा आउँदा ‘मिस’ भयो । अहिले चर्चा गरिएको एकताको खास उद्देश्य के हो ? एकताको मूल उद्देश्य टुटफुटलाई एकतामा बदल्नु हो । सबै एकजुट नभएसम्म जतिसुकै राम्रो कार्यदिशा बनाइए पनि, सिद्धान्त आविष्कार गरिए पनि त्यसलाई लागू गर्ने ‘स्पिरिट’ चाहियो नि त । यसका लागि एकता जरुरी छ । अहिले जनताको भावना भड्किएको छ । फुटेको पार्टीले केही गर्न सक्दैन भन्ने छ । त्यसैले अहिलेको स्थितिले के देखायो भने एकता नभई अघि बढ्न सकिँदैन । क्रान्तिको कार्यभार पूरा गर्न, समाजवादी क्रान्ति गर्न त एकाध विरोध गरेर मात्रै पुग्दैन । क्रान्ति भनेको त सबैको सहभागिता होे । कम्तिमा कम्युनिस्टहरु त एकताबद्ध हुनुपर्यो । त्यसकारण अहिले नारा फरकफरक छन्, ती नारामा छलफल गरेर नयाँ नारा बनाऊँ र क्रान्ति ‘कम्प्लिट’ गरौं । जहाँ मुद्दा मिल्छन्, त्यहाँ एकतामा जोड गरौं । कार्यदिशा पनि फरकफरक छन्, यसमा पनि जोड र कोणबाट मिलाउँदै नयाँ कार्यदिशा बनाऊँ, यसो गर्नु ठीकै हुन्छ । टिम नै बनाएर पहल थाल्नु भो, यत्रो दरार समाधान भई तपाईंले आशा गरेजस्तो छिटो एकता सम्भव छ र ? तपाईंलाई भनौं, सबै कुरा मिलेर त एकता नै हुँदैन । एकता गर्न त क्रमशः एकताबद्ध हुँदै जाने हो । पहिलो कुरा पार्टी एकताका लागि केन्द्रीय स्तरबाट नै पहल चलिरा’थ्यो । यो अवस्थासम्म आउँदा कार्यगत एकता हुँदै पार्टी एकता गर्दै जाने ‘स्पिरिट’ केन्द्र र हाम्रो थियो । अब पार्टी एकता होला भनेको त आन्दोलनपछि कार्यगत एकता पनि नहोलाजस्तो स्थिति देखापर्यो । विप्लव फुट्नु’भो र किरण कमरेड पनि ‘नैतिक समर्थन’ भन्दै हिँड्नु’भो । यस्तो अवस्थामा दबाव पुगेन भन्ने हामीलाई लाग्यो । सुरुमा चाहिँ हामी थोरै साथीहरुले पहल गर्यौंं । यस अभियानमा हाम्रो पार्टीबाट बलदेव, म, प्रभाकर, किरणको पार्टीबाट हितमान, कुलबहादुर केसी, विप्लवजीको पार्टीबाट धर्मेन्द्र बास्तोलाको एउटा टिम थियौं । यसमा मूल नेतृत्व थियो भनेर भ्रम नपरोस्, यो टिमको उद्देश्य नै मूल नेतृत्वलाई दबाव दिनु हो । सबैले आ–आफ्नो पार्टीभित्र एकताका लागि ‘क्याम्पेन’ चलाऊँ भन्ने नै हो । हाम्रो अभियान नेतृत्वलाई सहयोग गर्नु नै हो । हरेक पार्टीभित्र एकताको ‘क्याम्पेन’ चलाऊँ र एकताविरोधीलाई निरुत्साहित गरौं, त्यस्तो प्रवृत्तिसँग संघर्ष पनि गरौं अनि एकताविरोधीहरुसँग वैचारिक संघर्ष गरेर एउटा भेला आयोजना गरौं भन्ने उद्देश्यका साथ हामी अघि बढ्यौं । यो कुनै घटकका पनि नेतृत्वका विरुद्धमा होइन, एकताका लागि सहयोग गर्नु हो, एकताका लागि तलसम्म अभियान लाने उद्देश्य हो । हामी ६ जनाले संयोजन गरी २ गतेको कार्यक्रम घोषणा गर्यौं । हामीले केन्द्रीय अभियान टिम घोषणा गरेर अभियान चलाइसकेका छौं । यसमा दुवै पार्टीका सीसीएमभन्दा माथिका करिव ७० जना साथीहरु छन् । विप्लवजीहरुसँग पनि धर्मेन्द्रजी, आँपे कान्छाहरुले अभियान चलाइराख्नुभा’छ । मणिजी र मात्रिकाजीसँग पनि हामी छलफलमा छौं । अध्यक्ष र किरणदाइलाई एकै ठाउँमा बसालेर जानकारी गरायौं– तपाईंहरुले एकता गर्नुभयो भने हाम्रो अभियानको औचित्य छैन, यदि गर्नुभएन भने अभियान जारी रहन्छ । उहाँहरुले पनि ‘तपाईंरुको अभियान ठीक छ, जारी राख्नोस्’ भन्नुभएको छ । उहाँहरुमा उत्साह राम्रो छ । यसले जनता र सहिद परिवारमा रक्तसञचार भएको छ । सहिद परिवारले त खबरदारी गरिराख्नु भएको छ, तपाईंले पार्टीएकता गर्नुभएन भने तपाईंको काम छैन भनिरहनुभएको छ । हाम्रो अभियालाई उनीहरुले साथ दिएका छन् । यसले आशंका पनि जन्माएको छ ।
रोल्पामा हाम्रा सेनाको स्वगत पाएर वामदेव दंग परेका थिए, अहिले त्यो बिर्सिएर ‘६२ हजार सुरक्षाकर्मी प्रयोग गर्छु’ भनेका छन् । त्यसो हुँदा खुकुरीदेखि बन्दुकसम्म उठाउन बाध्य भइन्छ, त्यो दिन नआओस् ।एकता नचाहनेहरुले ‘के गर्न लागे’ भनिठानेका छन् । नेतृत्वको आकांक्षाले पनि हामीमाथि आशंका गर्नेहरुलाई बल पुर्याइरा’छ । यस अभियानले हामीलाई अप्ठ्यारो पार्ने हो कि भन्ने चिन्ता उनीहरुमा देखिन्छ । त्यो होइन, छुट्टाछुट्टै पार्टीको स्थायी समिति सदस्य, पदाधिकारी हुनुभन्दा एकीकृत पार्टीको साधारण पार्टी सदस्य भएर बसौंला भनेका छौं । हीनताबोध भएर कति बस्ने, टुक्रिएको पार्टीको ‘ठूलो नेता’ भएर के गर्ने ? त्यसको काम छैन । अहिले कहाँ पुग्यो त एकता–अभियान ? हामीले एकता टोलीको घोषणा गरिसकेपछि नेताहरु वार्ताटोली बनाउनुपर्छ भन्ने निष्कर्षमा पुग्नुभएको छ । र, तुरुन्तै वार्ताटोली समेत बनेकाले खुशी लागेको छ । माथिल्लोले मात्रै भएन, तल, सेलसम्म अभियान चलाउनुपर्छ । अब विगत कोट्याएर हुँदैन, इतिहासको ब्याज खानुहुँदैन । वर्तमानमा सकारात्मक रुपले अघि बढ्नुपर्यो । म पार्टीका लागि सबै कुरा गुमाउन तयार छु । अब क्रान्ति हुन्छ भन्ने वातावरण बने ज्यान दिन तयार छु । यसका लागि सबैभन्दा पहिले पार्टी एकताबद्ध हुनुपर्छ । परिआए फेरि हतियार चलाउने चेतावनी पनि दिनुभो नि ? के पर्यो र त्यस्तो ? परिस्थितिले फेरि हतियार माग गरिरहेको छ । त्यो वातावरण कांग्रेस–एमालेले बनाउँदैछन् । उनीहरुकै कारण ०५२ साल निम्तिएको हो । उनीहरु शान्ति सम्झौताविपरित ऐतिहासिक भूल गर्दैछन् । रोल्पामा हाम्रा सेनाको स्वगत पाएर वामदेव दंग परेका थिए, अहिले त्यो बिर्सिएर ‘६२ हजार सुरक्षाकर्मी प्रयोग गर्छु’ भनेका छन् । त्यसो हुँदा खुकुरीदेखि बन्दुकसम्म उठाउन बाध्य भइन्छ, त्यो दिन नआओस् । उनीहरुले जुन दमनकारी सोचाइ पालेका छन्, त्यसको प्रतिवाद गर्न त हामीसँग जे छ, त्यही उठाइन्छ । हामीसँग नभए पनि हतियार फेरि खोसेर जनताले आफ्नो अधिकार प्रयोग गर्छ । जबर्जस्ती ‘प्रक्रिया’ सुरु भयो भने हामीले संविधानसभा परित्याग गर्नुपर्ने हुन्छ र सडकमा बटालियन बन्छ । संविधानसभा त्याग्न र हतियार उठाउन तयार हुन्छ त तपाईंहरुको नेतृत्व ? हामीले नेतृत्वलाई ‘करेक्सन’ गर्दै लाने हो । तयार नभए नयाँ परिस्थितिमा नयाँ नै जन्मिन्छन् नेताहरु । कांग्रेस–एमाले माओवादी खोज्न ज्ञानेन्द्रको लातले पुगेका हुन् रोल्पादेखि दिल्लीसम्म । फेरि त्यसैगरी अर्को महाभूल गरे भने अहिले त युवाहरुले लाठी मात्रै उठाएका छन्, त्यसको ठाउँमा ‘एके’ र ‘एम–सिक्स्टिन’ आउँछन् ।
प्रतिकृया लेख्नुहोस्: