कार्तिक ४ गते, २०७३ बिहिवार 20th October, 2016 Thu०९:०८:५० मा प्रकाशित
[caption id=\"attachment_97560\" align=\"alignleft\" width=\"300\"] विनोद वस्याल[/caption]
कार्कीलाई महाअभियोग लगाउनका लागि गठित समिति वाध्यतामा गरिएको हो कि जस्तो मलाई लाग्छ । समिति बनाउने काम सरकारले पहिले नै गर्नुपर्दथ्यो तर किन यति ढिलो गरेको हो ? ढिलै भएपनि सदनमा यो विषयले प्राथमिकता पाएको छ तर बनेको समितिले कार्कीमाथी लागेको आरोपलाई बिना विभेद कानुनसंम्वत प्रमाणित गरोस भन्ने चाहन्छु ।
मुलुकको संवैधानिक निकायमा रहेका मानिसमाथि नै यस्तो प्रकारको आरोप लाग्नु अत्यन्त लज्जास्पद कुरा हो । उनी के कति कारणले विदेश गएका थिए ? यो पनि अत्यन्त गम्भिर रुपमा जनमानसमा प्रश्न खडाभएको छ । राष्टको संवैधानीक निकायको प्रमुख क्यानडा गयो कि अमेरीका, अनि के कति कारणले गयो र कहिले फर्किन्छ, राज्यले अन्य सम्बन्धित निकायलाई जानकारी दिन सक्ने कि नसक्ने ?
अन्तिमा आएर एक जना तामेल्दारले सर्वोच्चको म्याद उनको घरमा टाँसेर आएको सुन्नमा आएको छ तर त्यो सँगै अर्को प्रश्न पनि जागेको छ कि उनी अदालतले बोलाएको बेला उपस्थित हुन्छ वा हुदैँनन,जवाफ दिन्छन् वा दिदैनन् ?
उनलाई अहिले लागेको आरोपको आधारमा महाअभियोग लगाउने कानुनी आधार खोजी गरीरहँदा, उनको योग्यताको विषयलाई उठाएर ओम प्रकाश अर्यालले मुद्धा दायर गरेको कुरालाई पनि बिर्सनु हुदैन । त्यो मुद्धा त्यतिबेला खारेज भयो र विभिन्न कारणले अघि बढाईएन । तसर्थ उनको योग्यताकै विषयमा पनि महाअभियोग लाग्न सक्ने संकेत पहिले नै देखिए छन् ।
एउटा संवैधानीक अंगको प्रमुख जस्तो मानिसले सर्वाेच्चको अपमान गर्ने,कानुनलाई चुनौति दिने, पदियदुरुपयोग गर्ने खालका गतिविधिहरु गरेको आरोप लागेको छ । तर आरोपीले सर्वोच्च अदालतको अपमान गरिरहेको देखिन्छ, यो शक्ति उनलाई काहाँबाट प्राप्त भयो । उनले यो सब कसको बलमा गर्न खोज्दैछन् ?
२०४७ सालदेखि नै न्यायाधिशहरुबीच संवैधानीक निकायका पदाधिकारीहरुले पदीयदुरुपयोग गरेमा त्यसलाई कस्तो कारवाही गर्ने भन्ने छलफल हुदै आएको भएपनि आजसम्म पुग्दा संवैधानीक निकायमा रहेको आरोपमा एक जनाले पनि कारवाही भोगेका छैनन ।
(वस्याल,नेपाल ल क्याम्पस,सहायक चिफ हुन्)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: