Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

सबैलाई सेवा पुर्याउने प्रहरी कल्याण कोषको लक्ष्य

काठमाडौँ, नेपाल प्रहरीले कल्याण कोषको सेवा र सुविधालाई पारदर्शी तुल्याउँदै व्यापक विकास र विस्तार गर्ने नीति अघि सारेको छ । उक्त कोषबाट अहिले नौ प्रतिशतले सेवा लिइरहेकामा त्यसलाई वृद्धि गरी यसै वर्ष २० प्रतिशत पु¥याइने लक्ष्य राखिएको वरिष्ठ प्रहरी उपरीक्षक लव विष्टले जानकारी दिए। उनले भने, “कल्याणकारी कार्यबाट समग्र प्रहरी जनशक्तिको मनोबल बढ्ने हुँदा सबैलाई कल्याण सुविधा प्रदान गर्ने कोषले मिसन र भिजन राखेको छ ।” सङ्गठनका बहालवाला, सेवानिवृत्त र तिनका आश्रित परिवारको स्वास्थ्य, शैक्षिक, आर्थिकलगायत विभिन्न क्षेत्रमा समयानुकूल सेवा प्रदान गर्ने मुख्य लक्ष्यका साथ कोष सञ्चालनमा छ । सो कोषमा हाल करिब रु दुई अर्ब रकम मौज्दात छ । कोषमा जम्मा हुने रकमको मुख्य स्रोत भनेको सङ्गठनबाट विभिन्न मुलुकमा खटिएर जाने व्यक्तिबाट उसले प्राप्त गर्ने सुविधाबाट कट्टा हुने पैसा हो । नेपाल प्रहरीको अहिले सुडान र हाइटी गरी दुई वटा शान्ति ‘मिसन’ सञ्चालनमा रहेको र त्यहाँ अहिले दुई सय ८० जना तैनाथ रहेको बताइएको छ । कल्याण कोषबाट प्रहरीले सञ्चालनमा ल्याएको पेट्रोल पम्प, हेल्थ क्लब, व्यापारिक भवन, अतिथि गृह र आवास गृहबाट समेत योगदान हुँदै आएको जनाइएको छ । कोषबाट हाल शैक्षिकवृत्ति मिनाहा, छात्रवृत्ति, ज्येष्ठ प्रहरी निवृत्तिभरण, सीपमूलक तालिम, विशेष आर्थिक ऋण, क्रियाकर्म अनुदान, किस्ताबन्दीमा घरायसी सामान खरिद सहयोग, दुर्घटना क्षतिपूर्ति राहत, औषधि उपचार अनुदान, पूर्वप्रहरीलाई रोजगारीका अवसर दिनेजस्ता कार्यक्रम सञ्चालनमा छन् । कल्याण कोषले द्वन्द्वरत मुलुकमा शान्ति स्थापना कार्यको लगानीलाई पहिलो प्राथमिकतामा राखेको तथा कम जोखिम भएको क्षेत्र, राम्रो आयआर्जन हुने, प्रत्यक्ष सहयोग पु¥याउने, सङ्गठनलाई सहयोग पुग्ने र राष्ट्रिय विकासमा टेवा पुग्ने क्षेत्रमा लगानी बढाउने सोच अघि सारेको छ । उक्त कोषका सेवाग्राहीमध्ये अमर प्रहरीका परिवार एक हजार ४९५, वीर प्रहरी ५६, अशक्त ३८८, बहालवाला ६७ हजार २५२ र पूर्वप्रहरीको सङ्ख्या ३५ हजार रहेको बताइएको छ । सेवा सुविधामा विस्तार, खर्चमा पारदर्शिता र मितव्ययिता तथा गुणस्तरीयतालाई प्राथमिकता दिने कार्यनीति बनाएको उक्त कोषले नयाँ मुलुकमा शान्ति ‘मिसन’ पठाउने, कोषको शाखा क्षेत्रसम्म विस्तार गर्ने, थप आयमूलक क्षेत्रको पहिचान गरेर लगानी विस्तारका कार्यक्रम आगामी वर्ष सञ्चालनका लागि प्रस्ताव गरेको छ । मुलुकका पाँचै विकास क्षेत्रमा पेट्रोल पम्प खोल्ने, ढुवानीका लागि ट्यांकर खरिद गर्ने, काठमाडौँमा अत्यावश्यक खाद्यान्नको सहुलियत दरको पसल खोल्ने, ग्यास उद्योग सञ्चालन गर्ने योजना कोषले ल्याएको छ । प्रहरी प्रधान कार्यालयमा अत्याधुनिक सुविधायुक्त क्यान्टिन चलाउने, प्रहरीको पोसाकमा एकरुपता ल्याएर गुणस्तर बढाउने, प्रहरी वृद्धाश्रम सञ्चालनमा ल्याउने र प्रहरी अस्पतालको प्याथोलोजी ल्याबलाई आधुनिक गर्ने गरी आगामी वर्षका लागि थप कार्यक्रम गर्न कोषले प्रस्ताव अघि सारेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy