पोखरा, पोखराको औद्योगिक क्षेत्रमा कालीगण्डकी ग्यास उद्योग स्थापना गरिएको छ । उद्योग स्थापनामा करिब रु छ करोड खर्च भएको छ ।
सो उद्योगले अक्सिजन, नाइट्रोजन र लिक्युट नाइट्रोजन ग्यास उत्पादन गरिरहेको छ । उद्योगले तीन महिनाअघिदेखि परीक्षण उत्पादन गरिरहेको थियो ।
उद्योग स्थापनापछि हाल १४ जनाले रोजगारी पाएका छन् । उद्योगबाट उत्पादित ग्यास गण्डकी र धौलागिरिमा वितरण भइरहेको उद्यमी वामदेव बस्ताकोटीले जानकारी दिए ।
पाँच सय सिलिन्डर ग्यास उत्पादन गर्ने क्षमता रहेको उद्योगले हाल दैनिक २०० सिलिन्डर उत्पादन गरेको उहाँले बताए । उद्योगबाट उत्पादित ग्यास बिक्रीका लागि पाँच ठाउँमा आधिकारिक विक्रेता राखिएको छ ।बागलुङ, स्याङ्जा वालिङ, बेँसीसहर र गोरखामा डिलर राखेका उद्योगमा अहिले साना ठूला गरी तीन हजार सिलिन्डर रहेका र दुई वर्षभित्र दुई हजार सिलिन्डर उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
अक्सिजन ग्यास उत्पादन गर्ने कालीगण्डकी दोस्रो उद्योग हो । यसअघि पोखरा ग्यास उद्योग स्थापना गरिएको थियो । उद्योगले सानो र ठूलो सिलिन्डरमा ग्यास भरेर बजारमा पठाउने गरेको छ ।
“बाह्र र ५५ किलोको सिलिन्डरमा ग्यास उत्पादन गरी बजारमा पठाउने गरेका छौँ” उद्यमी बस्ताकोटीले भन्नुभयो । सानोमा एक र ठूलोमा पाँच किलो ग्यास हुने उहाँले बताए ।
ग्यास उत्पादनका लागि उद्योगले भारतको बम्बइस्थित केभिके कम्पनीबाट मेसिन र सिलिन्डरमा रु तीन करोड लगानी गरेको छ । दुई रोपनी जमिन ४० वर्षका लागि भाडामा लिएर उद्योग स्थापना गरिएको छ ।उद्योगले आगामी १० वर्षभित्र कार्बनडाइअक्साइड, आर्गन र नाइट्रोअक्साइडलगायतका ग्यास उत्पादन गर्ने लक्ष्यसमेत लिएको छ । उद्योग स्थापनामा उद्यमीहरू वामदेव बस्ताकोटी, सुरेश बराल, बलराम बडाल, इमानबहादुर गुरुङ, राजन पौडेल, सनत भट्टराई, केशरी तिवारी, क्षेत्रबहादुर बराल क्षेत्री, सूर्यबहादुर रोका, समुन्द्र देवकोटा र किशोर बस्नेतको लगानी रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...



प्रतिकृया लेख्नुहोस्: