Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

विद्यालाई अध्यक्ष बनाउने तयारीमा ओली !

काठमाडौं, नेकपा (एमाले) भित्रको गुटबन्दी झनझन् चर्कंदै गएको छ । युवासंघ नेपालको अध्यक्षमा संघकै विधानविपरीत मात्र नभई निवर्तमान अध्यक्ष महेश बस्नेत समेतको इच्छाविपरीत निरु पाललाई अगाडि सारेपछि चर्केको विवाद मत्थर हुने कुनै संकेत देखापरेको छैन । केन्द्रीय नेताहरुको कार्यविभाजनसम्म आइपुग्दा एमालेभित्रको विवाद झन् छताछुल्ल भएको छ । युवासंघमा निरु पाललाई अध्यक्ष बनाउन उपाध्यक्ष विद्या भण्डारी हात धोएर लागेकी थिइन् । पाललाई युवा अध्यक्ष बनाउन भण्डारीले मरिमेट्नुको निहितार्थ आफूले बुझेको दावी गर्दै एमालेका एक नेताले खबरडबलीलाई भने– ‘जसरी पाललाई युवासंघमा जबर्जस्ती अध्यक्ष बनाइयो, ठीक त्यसैगरी उपाध्यक्ष भण्डारीले अत्यन्त कमजोर स्वास्थ्यस्थितिमा पुगेका र जुनकुनै दिन जे–जस्तो घटना पनि हुन सक्ने स्थितिमा रहेका ओलीकै हातबाट पार्टी अध्यक्षको पद हत्याउने खेललाई भित्रभित्रै उत्कर्षमा पुर्‍याएकी छन् ।’
‘जसरी पाललाई युवासंघमा जबर्जस्ती अध्यक्ष बनाइयो, ठीक त्यसैगरी उपाध्यक्ष भण्डारीले अत्यन्त कमजोर स्वास्थ्यस्थितिमा पुगेका र जुनकुनै दिन जे–जस्तो घटना पनि हुन सक्ने स्थितिमा रहेका ओलीकै हातबाट पार्टी अध्यक्षको पद हत्याउने खेललाई भित्रभित्रै उत्कर्षमा पुर्‍याएकी छन् ।’
‘यही भएर नै धेरै अघिदेखि ओलीको ‘किचन–क्याबिनेट’ विद्याको घरमा सरिसकेको हो’, ती नेताले दावी गरे– ‘पहिल्यैदेखि ओलीको ‘किचन–क्याबिनेट’ मा क्रियाशील रहेका भानुभक्त ढकाल, गोकुल बास्कोटा, हिक्मत कार्की, महेश बस्नेत, दयालबहादुर शाही, पर्शुराम बस्नेतलगायतले अहिले विद्याको ‘अघोषित सल्लाहकार’ का रुपमा काम गरिरहेका छन् ।’ एमालेकै अर्का एक नेता भन्छन्– ‘एमालेमा अहिले लागू गर्न खोजिएको कार्यविभाजन प्रस्ताव ओलीका तर्फबाटभन्दा पनि विद्याको झोलीबाट निस्केको हो ।’ केपी ओलीलाई झन्डैझन्डै हराइदिएका माधवकुमार नेपाल र निवर्तमान अध्यक्ष झलनाथ खनाललाई अन्तिमसम्म विदेश विभागमा भिडाइरहने र अन्ततः उक्त विभाग आफ्ना लागि ‘कम हानिकारक’ झलनाथ खनालको पोल्टामा पारिदिने खेलमा विद्या–ओली सक्रिय रहेको ती नेताको दावी छ । स्कुलिङ विभागमा आफू ‘सेरेमोनियल’ बनेर उक्त विभाग शंकर पोख्रेललाई दिने र उपमहासचिव घनश्याम भुसाललाई ‘वैचारिक प्रवक्ता’ बन्न नदिने खेल एमालेमा पेचिलो बन्दै गएको छ । ०६२–६३ को आन्दोलनमार्फत सडकबाट उठेका रामकुमारी झाँक्री, ठाकुर गैरे र राजेन्द्र राईलाई जिम्मेवारीविहीन पारिएको देख्दा एमाले कार्यकर्ता तीनछक परिरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE