सार्वभौम सत्ता माथिको अपमान ,जनताको हित र अधिकार विपरित भयो
कार्तिक १२ गते, २०७३ शुक्रवार 28th October, 2016 Fri१२:२४:११ मा प्रकाशित
[caption id=\"attachment_98996\" align=\"alignleft\" width=\"250\"] राजीव पहाडी[/caption]
भारतीय राष्ट्रपति नेपाल आउने र हाम्रो मुलुकमा उनको स्वागत गर्ने कुरा राम्रो हो तर सरकारले सुरक्षाको नाममा सडकमा हिड्ने जनतालाई बाधा हुने नीति सार्वजनिक गर्नु र उनी आउने दिन सार्वजनिक विदा गर्ने जुन निर्णय गरेको छ, त्यो अत्यन्त गलत छ । सरकारको त्यो निर्णय जनताको हित र अधिकार विपरित छ ।
नेपालका धेरै प्राधनमन्त्रीले भारतको भ्रमण गरेका छन, तर त्यतिबेला उहाँहरुलाई हामीले जस्तो देशै बन्द कहिले गरेको सुनिएको छैन । यति सम्म कि नेपाली प्रधानमन्त्रीलाई समकक्षी भारतीय प्रधानमन्त्री आफैले विमानस्थलमा स्वागत गर्न समेत गएको देखिँन्न । केहि समय अगाडि प्रधानमन्त्री प्रचण्ड भारतको राजकिय भ्रमणमा जादाँ पनि उनलाई इन्दिरागान्धी विमानस्थलमा भारतीय विदेश विभागमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिइन ।
नेपाल सरकारले भारतीय राष्ट्रपतिको सम्मान आवश्यकता भन्दा बढि गरेको मलाई महशुष भएको छ । विश्वका धेरै मुलुकसँग हाम्रो सम्बन्ध रहेको छ, ति मुलुकबाट पनि भविष्यमा राजकिय भ्रमणमा नेपाल आउँलान, के सबैको लाई यसरीनै सार्वजनिक विदा दिन सम्भव छ ? सरकारले जे मनलाग्यो त्यही गरेको देखियो । यो निर्णय जनविरोधी छ ।
बर्षका ३६५ दिन मध्ये हामीले चाडपर्व र राष्ट्रिय दिवश लगाएत गरि करिब १०० दिन जति सार्वजनिक विदामा खर्चेका छौ । यसले राष्ट्र निमार्णमा ढिलाई भयो भन्ने आवज उठिरहेको सन्र्दभमा सरकारले सम्मानको नाममा सर्वसाधारण जनताको लागि बाटोमा चक्काजाम गर्ने, विमानस्थलमा उडान रोक्ने,निर्णयनै गरेर पुरा देशनै ठप्प गराउने,सार्वजनिक विदा दिने, जुन काम गर्दै छ, यो कुनै पनि अर्थमा ठिक हुनै सक्दैन ।
सरकारको तर्फबाट प्रधानमन्त्री प्रचण्ड भारतको यति प्रिय भक्त बन्न किन कोसिश गर्दैछन, त्यो समयले नै देखाउँला तर उनले जे गरे त्यो मुलुकको सार्वभौम सत्ता माथिको अपमान हो, जनताको चाहना र मुलुकको हित विपरित भयो ।
(पहाडी, एमालेको युवा संगठन युवा संघ नेपालका अध्यक्ष हुन् )
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: