Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

नेपालगंजमा डेंगुका बिरामी बढें,डाक्टर भन्छन–‘परीक्षण गर्ने किट छैन’

[caption id=\"attachment_99403\" align=\"aligncenter\" width=\"750\"]\"तस्वीरः तस्वीरः उपचारमा रहेका डेंगुका बिरामीहरू[/caption] नेपालगंज, १५ कार्तिक । मुलुकका अन्य क्षेत्रसँगै बाँकेमा पनि डेंगु र स्क्रब्स टाइफस रोगको संक्रमण बढ्दै गएको पाइएको छ । नेपालगन्जस्थित बिभिन्न अस्पतालहरुमा ८० जना भन्दा बढी स्क्रब्स टाइफस र डेंगुका बिरामी उपचारका लागि अाएकाे अस्पताल श्रोतबाट खुल्न आएको छ । नेपालगन्ज मेडिकल कलेजद्धारा संचालित शिक्षण अस्पतालमा सबैभन्दा बढी डेंगु र स्क्रब्स टाइफस रोगका बिरामी पुगेको अस्पताल श्रोतले खबरडबलीसँग बताएको छ । अस्पतालका निर्देशक डा एम किदवाईले भने–‘अस्तालमा पुगेका बिरामीहरु मध्ये ५० जनामा स्क्रब्स टाइफस रोग र ८ जनामा डेंगु भेटिएको छ । ती मध्ये अधिकांशलाई उपचार गरेर घर फर्किए भने केहिलाई थप उपचारको लागि भारतको लखन र काठमाडौंप रिफर गरेका छौ । भने दर्जनाै बिरामीकाे अझै उपचार हुदै छ । उनले डेंगु र स्क्रब्स टाइफस रोग लागेर अस्पतालमा भर्ना भएका बिरामीहरु बर्दिया,कैलाली, सुर्खेत, दांग, रुकुम, सल्यान र बाँके घर भएकाे भेटीएको बताए । नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा पनि डेंगुका २ जना र स्क्रब्स टाइफस रोगका एक दर्जन बढि बिरामी उपचारमा अाएकाे अस्पतालले जनाएको छ । भेरी अञ्चल अस्पतालका प्रमुख डा श्याम सुन्दर यादवका अनुसार, १ जना नेपालगन्जका र १ जना दांगका बिरामीमा डेंगु देखिएको छ । अस्पतामा स्क्रब्स टाइफस रोगका एक दर्जन भन्दा बढि बिरामीहरुको उपचार भैरहेको उनले बताएका छन । उनले भने–‘ डेंगुु परिक्षणका लागि किटको अभाव भएको छ । ज्वरोका बिरामी धेरै आएइरहेका छन,हामीले मन्त्रालय र बिभागसँग माग गरेका छौ । अझै आइपुगेको छैन ।’ उनले बाँकेमा डेंगुु बढ्ने संकेत देखिएकाले समयमै सबैले सचेत हुनुपर्ने बताएका छन । तर जिल्ला जनस्वास्थ्य कार्यालयले बाँकेले भने राम्रो उपचार गरिएका कारण हालसम्म उपचारका क्रममा अस्पतालमा डेंगु र स्क्रब्स टाइफस काेहिपनि रािगिकाे  मृत्यु नभएको बताएको छ । उसले किटकाे अभाव  छिट्टै पूर्ति गर्न माग गरिएकाे समेत जनाएकाे छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले भने– ‘डेंगु प्रभावित जिल्लामा आवश्यक औषधि र चिकित्सक टाेली खटाइएको छ । स्पेसल टास्क फोर्स बनाएर डेंगु प्रभावित क्षेत्रमा निरन्तर कार्य भैरहेकाे छ । मंसिरको पहिलो हप्तासम्म यो समस्याकाे अत्य हुन्छ ।’ यस विषयमा स्वास्थ्यमन्त्री गगन थापाले सम्बन्धित स्वास्थ्य संस्थाका प्रमुखहरूलाई चाडपर्वको बेलामा पनि उपचारको व्यवस्था गर्न निर्देशन दिएकाे बताए । उनले भने, २४ सै घण्टा बिरामीकाे सेवा दिने व्यवस्था गर्न भनेकाे छु । भारतको बिभिन्न स्थानमा महामारीको रुप लिईकेको डेंगु सिमावर्ती शहर भएका कारण नेपालगञ्जमा पनि फैलीदै जाने सम्भावना बढेको भन्दै चिकीत्सकहरुले सबैलाई सचेत रहन आग्रह गरेका छन । जमेको पानीमा रहने पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुको संक्रमण बाँकेमा बढ्दै गए पनि नियन्त्रणका लागि हालसम्म केही पनि पहल नगरिएको सर्वसाधारण नागरिकहरुको गुनासो रहेको छ । यस अघि चीतवनको विभिन्न क्षेत्रमा डेंगुको महामारी फैलिएको थियो । चितवनमा मात्रै ४ सय १२ जनामा डेंगु रोगी फेला परेका थिए । झापामा एक सय ३९ जना यसबाट संक्रमित भएका छन् । त्यहाँ महामारी रोग नियन्त्रण महाशाखा काठमाडौंबाट विशेषज्ञ डाक्टर सहितको टीम गएर बिरामीको उपचार र रोगको परिक्षण गर्ने काम गरेको थियो ।

के हो डेंग ? कसरी संक्रमण फैलीन्छ ?

डेंगु लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । यो एक प्रकारको ज्वरो हो । डेंगु एजेप्टाई र एडिस एल्बोमेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । यो रोग ग्रामीण भेगभन्दा सहरी क्षेत्रमा बढी पाइन्छ । त्यसैले यस रोगलाई सहरको रोग पनि भनिन्छ । खासमा एडिस एजेप्टाइ नामक लामखुट्टेले डेंगु ज्वरो संक्रमित मानिसलाई टोकेपछि उक्त लामखुट्टे संक्रमित हुन्छ, त्यो लामखुट्टेले सद्धे मानिसलाई टोकेपछि डेंगु सर्दछ । डेंगु सार्ने लामखुट्टेले पानी जमेको सानो स्थानमा फुल पार्छ । खासगरी वर्षाको पानी जम्ने टिनका डब्बा, थोत्रा टायर, मट्टीतेलका खाली ड्रम, गमला, फूलदानी, पानी ट्यांकी आदिमा यसले फुल पार्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्छ । लामखुट्टेजन्य अन्य रोगहरू सार्ने लामखुट्टे फोहोर पानीमा, हिलोमा जमेको पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले भने ४—५ दिनदेखि जमेको सफा पानीमा नै फुल पार्ने गर्छ । उक्त डेंगु रोग क्लासिक डेंगु, डेंगु हेमरेजिक साक सिन्ड्रोम हो भने समयै यसले उपचार नपाए शरीरको विभिन्न अंगबाट रक्तश्राव भई मानिसको तत्काल मृत्यु हुने सम्भावना उच्च रहन्छ । नेपालले आधिकारिक रूपमा सन् २००६ को नोभेम्बरमा डेंगु देखिएको जनाएको थियो । डेंगु एडिस एजेप्टाई र एडिस एल्वोपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । यो भाइरस डेन–१, डेन–२, डेन–३ र डेन–४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । डेंगु संक्रमणले गर्दा शरीरको रगत जम्ने प्रक्रिया अव्यवस्थित हुन्छ । यो अवस्था रगतमा धेरैजसो प्लेटेलेटस् नष्ट हुनाले हुन्छ । यसको घातक रूप हुँदा सम्पूर्ण शरीरमा रक्तश्राव हुन थाल्छ । भाइरस शरीरमा प्रवेश गरेर प्लेटेलेटस्मा आक्रमण गर्छ । प्लेटेलेटस्ले शरीरमा रक्तश्राव रोक्नमा महत्वपूर्ण भूमिका खेल्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies