Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

उज्यालोको प्रतीक्षा

\"matrika“म त राजनीति गरेकी मान्छे । के मेरो स्वतन्त्रतालाई उसले सम्मान गर्न सक्छ ?” आफ्नो बाबु लेखराजले राखेको प्रस्ताब भुइँमा झर्नै नपाई रम्भाले सोधेकी थिई ।   “ऊ पनि प्रजातन्त्रवादी मान्छे हो, राजनीतिक परिवारमै हुर्किएको हो”, लेखराजले पनि त्यो मान्छे उपयुक्त भएको जिकिर गर्दै भनेका थिए ।   “राजनीति गर्छु भनेर मात्रै कहाँ हुन्छ र, मैले राजनीति गर्छु भन्नेको जीवन पनि देखेकी छु । उनीहरूको घरभित्रको स्वतन्त्रता कति कमजोर र दयनीय हुन्छ भन्ने कुरा धेरै ठाउँमा तपाईंले पनि देख्नुभएकै छ नि ।” रम्भा अझै प्रस्ट हुन खोजी, “राजनीतिलाई फुर्सदको साधन मात्र बनाएको हो कि जीवन परिवर्तनको माध्यम पनि बनाएको हो, यो पनि त बुझ्नुप¥यो ।”   “पुस्तैनी राजनीति गरेको परिवारमाथि त्यसरी अविश्वास गरिहाल्नु हुँदैन ।” छोरीलाई सहमत गराउन लेखराजलाई निकै गाह्रो प¥यो ।     रम्भा भर्खरै मात्र समाजशास्त्रमा एमएको परीक्षा दिएर आफ्नो घर सुनसरीको इटहरी फर्किएकी थिई । कलेजमा पढ्दा दुई कार्यकालसम्म विद्यार्थी युनियनको सभापति पदमा अत्याधिक मत ल्याएर निर्वाचित भएकी थिई । विद्यार्थी राजनीतिमा ऊ निकै लोकप्रिय थिई । काठमाडौंमा उसका व्यस्तताका सूचीहरू निकै लामा थिए तर पनि बुबाको ‘चाँडै घर आउनू’ भन्ने खबरका कारण इटहरी आएकी थिई ।   उच्च शिक्षा अध्ययनका लागि काठमाडौं गएपछि रम्भाको व्यक्तित्व निकै माथि पुग्यो । चर्चित विद्यार्थी नेतृमा गनिई ऊ । काठमाडौंबाहिर मोफसलमा हुने सभाहरूमा पनि वक्ताका लागि उसको माग हुन थाल्यो । पार्टी र सङ्गठनभित्र मात्र होइन, बाहिरबाट पनि कुशल वक्ताका रुपमा उसले प्रशंसा बटुली ।   “म एकपटक ऊसँग कुरा गर्छु, अनि निर्णय दिउँला ।” राम्ररी हृदय नखोलिएको ठाडो जवाफ फर्काएकी थिई रम्भाले ।   लेखराजलाई रम्भाको स्वभाव अनौठो लागिरहेको थियो । रम्भाले यसरी रुखो उत्तर दिएको उसलाई पहिलोपटक अनुभूति भयो । आफ्नो सल्लाहलाई सधैं सकारात्मक र सहज ढङ्गले लिने छोरीको यो भनाइले लेखराजको स्वाभिमान एकपटक चसक्क चिमोटियो । कदाचित रम्भाले अस्वीकार गरी भने पुरानो साथीका अघिल्तिर कसरी मुख देखाउने ? धेरै पुरानो चिनजान र मित्रता भएको साथीको छोरो हो अनुप । अनुपको बाबु पनि पुराना राजनीतिक नेता हुन् । राजनीतिक कामकै सिलसिलामा उनीहरुको मित्रता बढेको थियो । राजनीतिक काम लिएर उनी प्रायः गाउँ घुमिरहन्थे । लेखराजले पुराना कुराहरू सम्झिए । अनुपको बाबुको विश्वासपात्र भएकाले पहिलेपहिले लेखराजको चुरीफुरी निकै बढेको थियो । त्यही पुरानो सम्बन्धको जगमा उभिएर अनुप र रम्भाको विवाहको प्रसङ्ग चलेको थियो । लेखराजलाई एकातिर यति पुरानो सम्बन्ध बिग्रेला भन्ने चिन्ता भने अर्कोतिर त्यति सम्पन्न परिवार फेरि नपाइने पो हो कि भन्नेसम्म थियो । त्यसैले पनि रम्भालाई उनी अरु दिनको भन्दा बढी नै सम्झाउने प्रयत्न गर्दै थिए । ٭                    ٭                    ٭ “राजनीति त उसको गफ गर्ने विषय मात्र हो जस्तो छ । सिद्धान्तलाई जीवनमा लागू गर्ने चेतना भएको मान्छे चाहिं होइन रहेछ”, अनुपलाई भेटेर आएपछि रम्भाले लेखराजलाई सुनाई ।   रम्भाको कुराले लेखराज फेरि एकपटक झस्किए । आफ्नोतर्फबाट अनुपको बाबुलाई बचन दिइसकेको कुरा सम्झिए ।   “तिमीले अझै राम्ररी बुझ्न सकिनौ”, छोरीतिर फर्किएर लेखराजले अनुनय गरे ।   “तपाईंहरूले भनेपछि स्विकार्छु तर भित्रैदेखि मेरो मन चाहिं प्रसन्न भएको छैन ।” रम्भाको जवाफमा रुखोपन थियो ।   अनुपसँग भेटेपछि रम्भा सन्तुष्ट हुन सकिन । भेटमा अनुपले रम्भासँग केही उडन्ते र हावादारी कुराहरू ग¥यो । रम्भाले गर्ने राजनीतिमा आफू कतै बाधक नहुने कुरा ग¥यो उसले र आफू पनि राजनीतिक जीवन बिताउने कुरा ग¥यो । चुनावको कुरा ग¥यो । आफ्ना प्रशस्तै पकेट मतहरू भएको कुरा ग¥यो । पार्टीबाट टिकट पाएमा आगामी चुनावमा आफूलाई कसैले हराउन नसक्ने कुरा पनि ग¥यो । अनुपको कुरा सुनिरहँदा रम्भालाई एउटा अज्ञानी पुरुषको प्रवचन सुनिरहेकी छु भन्ने लाग्यो । राजनीतिक विचार र व्यवहारबीचको सम्बन्धबारेमा अनुपले कुनै कुरा गरेन, जुन कुरो रम्भाले अनुपसँग चाहेकी थिई । अनुपको वैचारिक स्तरसँग ऊ पूर्णत निरास भई । अनुपलाई भेटेर फर्कंदा राजनीतिको नाममा उसले बुझेको अज्ञानताको पहाड रम्भाको अघिल्तिर झल्झली आइरह्यो । बाटोबाटै उसले आफ्ना नजिकका साथीहरूलाई फोन गरी र सल्लाह मागी ।   “त्यो केटाको बुझाइ तेरो विचारअनुकूल छैन । भविष्यमा पछुताउनुभन्दा अहिले नै पछि हट्नु राम्रो हुन्छ”, स्ववियुकी सचिव नर्मदाले हतारमा निर्णय नगर्न सल्लाह दिई ।   रम्भालाई धेरै साथीहरूले यस्तैयस्तै सल्लाह दिएका थिए । यी सल्लाहहरूसँगसँगै उसको अघिल्तिर आफ्नो बाबुको उदास चेहरा नाचिरह्यो । बाबुको इच्छा कुल्चने मन पनि उसलाई भएन । सबै कुरा जोडघटाउ गरी र बाबुको इच्छालाई स्विकार्ने निर्णय गरी ।   छोरीको मन प्रसन्न हुन नसकेको देखेर लेखराज पनि सन्तुष्ट हुन सकेनन् । बल्लबल्ल इज्जत जोगिएको कुराबाट उनी खुसी नै देखिए । उनीभित्र रम्भाले अस्वीकार गर्छे भन्ने त्रास थियो । छटपटी थियो । त्यसबाट उनी मुक्त त भए तर छोरी रम्भाको अरुचीपूर्ण जवाफले उनको मनको भित्री कुनाबाट असन्तुष्टिको बादल पूर्ण रुपमा हट्न सकेन । अनुप र रम्भाको विवाहले त्यसबेला निकै ठूलै चर्चा पाएको थियो । ٭                    ٭                    ٭ अनुपको मूलघर विराटनगर भए पनि सुनसरीको मधुवनमा उनीहरूको ठूलो मौजा थियो । प्रायः थोरै समय मात्र उनीहरूको परिवार विराटनगर बस्थ्यो । नत्र उनीहरूको बसाइ मधुवनमै हुन्थ्यो । सयौं बिघाको उनीहरूको जमिन्दारीमा तत्कालीन राजा महेन्द्रको भूमिसुधारले पनि कुनै चोटपटक लगाएन । ०१७ सालअघिका चर्चित काङ्ग्रेसी नेता थिए अनुपका पिता बोधराज । सत्र सालपछि पञ्चायतलाई समर्थन गर्ने सर्तमा उनको जमिनमा भूमिसुधारको कुदृष्टि परेन । पञ्चायतकालमा उनी जिल्ला पञ्चायत सभापति हुँदै राष्ट्रिय पञ्चायत सदस्यसम्म भए । पञ्चायतकालमा बोधराजले आफ्नो छोरो अनुपलाई राष्ट्रवादी विद्यार्थी मण्डलको जिल्ला नेता बनाएका थिए । २०४६ सालको आन्दोलनपछि उनी फेरि आफ्नो मातृपार्टी नेपाली काङ्ग्रेसमा प्रवेश गरे । बाबुसँगसँगै छोरो अनुप पनि राष्ट्रवादी विद्यार्थी मण्डलबाट नेपाल विद्यार्थी सङ्घमा रुपान्तरित भए । अनुप नेपाल विद्यार्थी सङ्घको केन्द्रीय नेतृत्व तहसम्म पुगे ।   खैरो रङ्गको कुर्था, पाइजामा, लेदरको चप्पल, जेल लगाएको कपाल भएको अनुप यो सानो बजारको पर्यटकजस्तै देखिन्थ्यो । वैचारिक र शारीरिक श्रमबाट ऊ धेरै टाढा थियो । विवाह गरेर आउनेवित्तिकैदेखि नै रम्भाले अनुपको यो जीवनशैलीप्रति आक्रोश पोख्न थालेकी थिई ।   विहानै चिया खाएर बजारतिर निस्किएपछि राति अबेर जाँडरक्सीले चुर भएर घर पुग्नु अनुपको नियमितताजस्तै थियो ।   “तपाईंको दिनचर्या र जीवनशैलीलाई राजनीतिक जीवन भनेर बुझ्ने हो भने मलाई राजनीतिप्रति नै घृणा जागिसक्यो”, विवाह भएको केही समय नबित्दै रम्भाले अनुपसँग प्रतिवाद गर्न थालेकी थिई ।   “तिमीले बुझेको राजनीति सहरको हो, गाउँको राजनीति धेरै फरक हुन्छ”, अनुप आफ्नो पक्षमा तर्क गथ्र्यो ।   “के गाउँका मान्छेलाई राजनीतिको नाममा भ्रम मात्र छरिन्छ र शोषण गरिन्छ ? उनीहरूलाई चेतना दिने काम गर्दैन राजनीतिले”, रम्भा उसलाई परिवर्तन गर्न सकिन्छ कि भनेर प्रयत्न गर्थी ।   “तिमीले गाउँको राजनीति बुझेकै छैनौ”, रम्भाको तर्कसँग ऊ यतिकैमा उम्किन खोज्थ्यो ।   “राजनीति भनेकै यही मात्र हो भनेर जनतालाई झुक्याउनु ठूलो पाखण्ड हो”, रम्भा ऊसँग अझै बढी बहस गर्न गर्थीे । रम्भाको बौद्धिक तर्कसँग अनुप आफूलाई धेरै कमजोर महसुस गथ्र्यो र बहसबाट भाग्न खोज्थ्यो ।   ٭                    ٭                    ٭ अनुपकी बहिनी रोसालाई लिएर रम्भा तरकारी किन्न मधुवनको बजार गएकी थिई । बजारको मुखैको होटलमा अनुप बाहिरको कुर्सीमा बसिरहेको थियो । रम्भाले नदेखेजस्तै गर्न खोजी । उसलाई घेरेर अरु दुईतीनजना मानिसहरू पनि बसिरहेका थिए । एकजनालाई रम्भाले राम्रैसँग चिनेकी थिई, जो अनुपलाई ‘हाम्रो नेताजी’ भन्दै बारम्बार घरमा आइरहन्थ्यो । बारम्बार पैसा मागेर लग्थ्यो । अनुप धेरै रक्सीले मातेको बेला घरसम्मै पु¥याउन आउँथ्यो । त्यो मान्छे पनि त्यसैगरी मातेको हुन्थ्यो । जति मागे पनि अनुप उसलाई पैसा दिन्थ्यो । उसले कहिलेकाहीं रक्सी खानै भनेर हाक्काहाक्की पैसा माग्थ्यो । कहिले तास खेल्ने भनेर माग्थ्यो । ऊ कहिलेकाहीं राजनीतिक प्रतिद्वन्द्वीहरूलाई तह लगाउनका लागि भनेर पनि माग्थ्यो । तर, अनुप उसलाई जति मागे पनि सजिलैसँग पैसा दिन्थ्यो । रम्भाले त्यसो गर्नु हुँदैन भन्दा राजनीतिक आधार नै तिनीहरू हुन् भन्थ्यो । अनुप र अनुपको समूह राजनीतिको नाममा आपराधिक क्रियाकलापमा संलग्न हुन सक्ला भन्ने रम्भा कहिलेकाहीं अनुमान गर्थी । त्यो होटेलमा अनुप वरिपरि बस्ने अरु दुईजनालाई उसले पहिलोपटक देखेकी थिई । उनीहरू पनि अुनपका कार्यकर्ता होलान् भन्ने लख काटी उसले । एकमनले यस्तो सोच्दासोच्दै रम्भाको मनमा अर्को प्रश्न जन्मियो, “यिनीहरूलाई कसरी राजनीतिक कार्यकर्ता भन्ने ? यी त गाउँटोलका लफङ्गा, गुण्डाहरू हुन्, अनुप यिनै गुण्डाहरूको नाइके । आफू गुण्डाको नाइकेकी जीवनसाथी ।” आफ्नै जीवनलाई मन भित्रभित्रै धिक्कारी ।   अनुपलाई नदेखेजस्तो गर्न खोजी रम्भाले । अनुपले पनि रम्भाले आफूलाई नदेखोस् भन्ने चाहेको थियो ।   “अनुप दादा प्रायः दिनभरि त्यहि होटलमा बस्नुहुन्छ । साँझ परेपछि रक्सी खान अर्को होटलतिर सर्नुहुन्छ । रक्सी खाएपछि उहाँलाई केटीहरू पनि चाहिन्छ अरे”, भाउजूसँग बजार आएकी अनुपकी सानी बहिनी रोसाले नजिकैको अर्को होटलतिर औंल्याउँदै भनी ।   रम्भालाई रिंगटा लाग्लाजस्तै भयो । आफू उभिएको जमिन फनफनी घुमेजस्तो लाग्यो । टाउको भतभती पोल्न थालेजस्तो भयो । सँगसँगै हिंडेकी सानी अबोध बालिका रोसासँग अन्य कुरा सोध्न र प्रतिक्रिया व्यक्त गर्न आवश्यक ठानिन । नहेरुं भन्दाभन्दै पनि रोसाले देखाएको अर्को होटलतिर उसका आँखा पुगे । होटलभित्रबाट हिन्दी सङ्गीतको मधुरो धुन बाहिर सडकसम्मै आइरहेको थियो । झ्यालका केही भागहरूबाट भित्र कोठामा विभिन्न प्रकारका रङ्गिन बत्तीहरू बलिरहेका देखिन्थे । उसका आँखा अनुप बसेको होटलमा पुगे । अनुप आफ्ना साथीहरूसँग गफमा व्यस्त थियो ।   राति ११÷१२ बजे ऊ यही होटलबाट मात्तिएर घर पुग्थ्यो । जथाभावी बोल्थ्यो । केही दिनअघिदेखि त कुटपिट गर्नसमेत अघि सथ्र्यो ऊ । ‘उसले बुझेको राजनीति पनि यहि त हो ।’ सोच्दासोच्दै रम्भालाई फेरि रिङ्गटा लाग्लाजस्तो भयो । आफ्नो भविष्यको अघिल्तिर पहिरो झरेर बाटो सबै भत्किएजस्तो लाग्यो । रम्भाले अनुपसँगको सहयात्राका कारण जीवन अब पूरै खण्डहर हुने निक्र्यौल निकाली । ऊ बजारबाट फर्कंदा जीवनलाई नयाँ बाटोतिर हिंडाउने निर्णय बोकेर फर्किई । ‘लामो समयसम्म द्वन्द्वमा अल्झिनु पनि ठूलो पीडा हुँदो रहेछ ।’ अनुपलाई त्याग्ने निर्णय गरेपछि ऊ यसैगरी सोचिरहेकी छे । तर, हिजोअस्तिभन्दा मन प्रफुल्ल भएको अनुभूति भयो उसलाई । केही समयअघि नै निर्णयमा पुग्ने कोसिस नगरेकी होइन उसले । यति चाँडै त्यस्तो निर्णयमा पुगिहाल्नु हुँदैन भन्ने धेरैतिरको सल्लाहसुझाव थियो । विवाह भएको ६ महिना पनि नपुग्दै सम्बन्धलाई तोडिहाल्नु नहुने सुझाव धेरैतिरबाट आए । पहिलेपहिले विवाह गर्न नहतारिन भन्ने साथीहरूबाट पनि त्यस्तै सल्लाह आयो । तर, अब सम्बन्ध अघि बढाउनु आत्मघाती काम हो भन्ने ठहरमा ऊ पुगी । यो निर्णय गर्दा कसैसँग सल्लाहसुझाव माग्न उसलाई मन भएन । ‘त्यस्तै भयो भने आफैं विचार गर्’ भनेकै थिए आमाबाबुले । आज आफैंले आफ्नो निर्णय गरेको दिन आफैंलाई हलुका भएजस्तो लाग्यो रम्भालाई ।   बजारबाट फर्किनेवित्तिकै आफ्ना कपडाहरू झोलामा हाली र कुनामा थन्क्याई । भर्खरै साँझ प¥यो । भान्साको काममा लाग्न आवश्यक देखिन । टाउको दुखेको छ भनेर टारी, एक पन्ना कागज र कलम खोजेर ओछ्यानमा बसी । अनुपलाई सम्बोधन गरेर दाम्पत्य जीवन अघि बढाउन नसकिने कारणहरूसहितको एउटा पत्र लेखेर खाममा हाली । खाम बिछ्यौनामुनि राखिदिई ।   “काम गर्नको अल्छी पो त, के को टाउको दुखेको हुन्थ्यो”, तल भान्सामा सासूले भनेको पातलो आवाज उनको कानमा ठोकियो । सासुका यस्ता शब्दहरूले पहिलेपहिले ऊ खुबै विचलित हुन्थी । आज उसले सासूका यी शब्दहरूप्रति सरोकार राखिरहन आवश्यक ठानिन । घरमा काम गर्न राखिएका दुईजना सहयोगीहरूलाई बोलाई र खुसुक्क हातमा पाँचपाँच सय रुपैयाँ राखिदिई र विहानको उज्यालो भुइँमा नखस्दै आफूलाई इनरुवा पु¥याइदिन अनुरोध गरी । रोसाले भान्साबाट खाना खान बोलाई । तर फेरि पनि उस्ले टाउको दुखेको छ भनेर टारी । खानाभन्दा उसलाई भोलि विहानैको उज्यालोको प्रतिक्षा मीठो लागिरह्यो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy