Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

आज अमेरिकामा राष्ट्रपति निर्वाचन, ट्रम्प र क्लिन्टनबीच कडा टक्कर

\"clinton-trump_3404147b\"काठमाडौं, २३ कात्तिक । ४५ औं अमेरिकी राष्ट्रपतिको निर्वाचन मंगलबार हुँदैछ । सन् १८४५ मा शुरु भएको प्रचलन अनुसार नेभेम्बर महिनाको पहिलो मंगलबार अमेरिकी राष्ट्रपतिको निर्वाचन हुने गर्दछ । ३३ राज्य सहित डिस्ट्रिक अफ कोलम्बियामा पहिले नै मतदान शुरु भएको र झण्डै चार करोडले मतदान गरिसकेको तथ्यांक सार्वजानिक भएका छन् । निर्वाचनकाे दिन मंगलबार आठ करोडले मतदान गर्ने अपेक्षा छ । दुई ठुला पार्टी अन्तरगत डोमोक्रायाटिक पार्टीको तर्फबाट पूर्व विदेशमन्त्री ६९ वर्षीया हिलारी रोदम क्लिन्टन र रिपब्लिकन पार्टीका उम्मेद्वार ‘रियलस्टेट बिलिनियर ’ ७० वर्षिया डोनाल्ड जोन ट्रम्पबीच राष्ट्रपतिका लागि निकै कडा प्रतिस्पर्धा हुने संकेत विभिन्न मत सर्वेक्षणले देखाएका छन् । थर्ड पार्टी अन्तरगत लिवर्टरियन पार्टीका तर्फबाट न्यु मेक्सिको राज्यका पूर्वरिपब्लिकन गर्भनरव गेरी जोन्सन एवं ग्रीन पार्टीका तर्फबाट डा. जिल स्टिन पनि ह्वाईट हाउस प्रतिस्पर्धामा छन् । अन्तिम घडीमा दुवै उम्मेदवारले आफ्ना एजेन्डासहित प्रचारप्रसारलाई तीव्रता दिए । यस पटकका उम्मेदवार क्लिन्टन र ट्रम्पबीच नीति एवं कार्यक्रममा ठूलै भिन्नता रहे पनि प्रचारमा व्यक्तिगत आरोप र प्रत्यारोपले ज्यादा स्थान पाएको छ । विभिन्न चुनावी सर्वेक्षणले दुवै प्रमुख उम्मेदवार अलोकप्रिय भएको संकेत गरेको छ । विदेशमन्त्रीको कार्यकालमा क्लिन्टनको इमेल प्रकरण र क्लिन्टन फाउन्डेसनको क्रियाकलाप र पारदर्शितामाथि रिपब्लिकनले निसाना साधेका छन् भने महिलामाथिको दुव्र्यवहारलगायत मुस्लिम, अल्पसंख्यकमाथिका विवादास्पद टिप्पणी र कर विवरण सार्वजनिक नगरेको गम्भीर आरोप ट्रम्पमाथि छ । आइतबार संघीय जाँच ब्युरो ९एफबीआई० ले क्लिन्टनका पछिल्ला इमेलबारे कुनै आरोप नलगाउने जानकारी अमेरिकी कंग्रेसलाई दिएको छ । यसले क्लिन्टनको अभियानमा सकारात्मक प्रभाव पार्ने विश्लेषकहरूको अनुमान छ । निर्वाचनको पूर्वसन्ध्यामा गत साताको शुक्रबार एफबीआईले क्लिन्टनको पछिल्ला इमेलबारे छानबिन गर्ने घोषणा गरेलगत्तै सर्वेक्षणमा अग्रता लिइरहेकी डेमोक्रेटिक उम्मेदवार र रिपब्लिकन प्रत्याशीबीच कडा टक्कर हुने संकेत देखिएको थियो । राष्ट्रपतिमा निर्वाचित हुनका लागि कुल ५ सय ३८ इलेक्ट्रोरल मतमध्ये बहुमत संख्या अर्थात् २ सय ७० मत आवश्यक पर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy