Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

हिलारीको पक्षमा भोट माग्दै म्याडोन्ना

\"madonna-fallon-750\"न्युयोर्क, २३ कात्तिक । विश्वविख्यात पप गायिका म्याडोन्नाले सोमबार साँझ न्युयोर्कको अति ब्यस्त ब्यापारिक इलाका म्यानहाट्टनको मुटु – वासिङ्गटन स्क्वायर पार्कमा अप्रत्यासित रुपमा सङ्गीत कार्यक्रम आयोजना गरी गायन कला प्रस्तुत गरिन् । कुनै पूर्वप्रचारबिना वा कसैलाई सुईंकोसम्म नदिई आयोजित उक्त सङ्गीतमय साँझमा उनले “एक्स्प्रेस योरसेल्फ”, “डन्ट टेल मि”, “लाइक अ प्रेयर” जस्ता अति लोकप्रियका साथै अन्य केही गीतहरु गाएर श्रोताहरुलाई मक्ख पार्दै हिलारी क्लिन्टनका पक्षमा मत मागिन् । म्याडोन्नाको सङ्गीत सुन्न तँछाड्मछाड् गर्दै तत्कालै जम्मा भएका श्रोताहरुको भीडलाई सम्बोधन गर्दै “हामीले अमेरिकालाई फेरी फेरी महान बनाइरहनु पर्दैन, बरु अमेरिकी महानतालाई सदैव कायम राख्न हामी सबै एक ढिक्का हुनु जरुरी छ । कसैलाई भेदभाव नराखी सबैलाई एकताको सूत्रमा बाँध्ने राष्ट्रपतिलाई जिताउन हामी गइरहेका छौं” उनले भनिन् । अमेरिकी झण्डाको चित्र (स्टार एण्ड स्ट्रिप) अङिकत ह्याटमा सजिएकी यी गायिकाले आफ्नो प्रस्तुति दिउन्जेल सबै श्रोताहरुले उनलाई घेर्दै झुली झुली सँगसँगै गीत गाए । आधा घण्टासम्म सञ्चालित सो कार्यक्रममा हिलारीका पक्षमा मत माग्दै केही श्रोताले “एलबिजिटि फर एच” अङिकत प्लेकार्ड प्रदर्शन गरे । मतदान केन्द्र खुल्नु चौध, पन्ध्र घण्टा बाँकी रहेको यस अवधिमा हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्प दुबैजना एक एक भोटलाई महत्व दिँदै आफ्नो पक्षमा पार्ने तीव्र होडबाजीमा लाग्नु भएको पाइन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE