Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

को हुन् अमेरिकी राष्ट्रपतिमा निर्बाचित ट्रम्प ? यस्तो छ –ट्रम्पको उतारचढावपूर्ण जिवनी

\"trump-5-1140\"एजेन्सी, २४ कात्तिक । अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्बाचित डोनाल्ड ट्रम्प राष्ट्रपति निर्बाचनमा सबैभन्दा चर्चामा रहे । ट्रम्पको कर्म, उनको सफलता, उनका अभिव्याक्ति, उनको विवाद तथा नीजि जिन्दगीको किस्सा सबै मिलेर चाखलाग्दो मसाला बनाए । तर उनै ट्रम्प अमेरिका जस्तो शक्तिशाली राष्ट्रको राष्ट्रपति निर्बाचित भएका छन् । आखिर यि सबका बाबाजुद पनि राष्ट्रपति बन्ने ट्रम्प को हुन् ? ट्रम्प एक सफल अमेरिकी व्यावसायी हुन् । उनको साथ अर्बौ रकमको सम्पत्ति छ । न्युर्योकको सबैभन्दा महंगो ठाउँ मेनहेटनमा राम्रो सम्पति छ । एक धनी अमेरिकी हुन् ट्रम्प । \"trump-2-1140\"अमेरिकाको मध्यमवर्ग ट्रम्पलाई रुचाउँछ । ट्रम्प खासमा मध्यमवर्गलाई फाइदा पुर्याउने नीतिमा छन् । उनलाई कैंयन देशले शान्ति र सुरक्षाका लागी खतरा मान्छन् ।  ट्रम्पको जिवन खासमा चाखलाग्दो र उतारचढावपूर्ण छ । १९४६ को १४ जुनमा न्युर्योकमा जन्मिएका ट्रम्प मध्यमवर्गीय इलाका तथा वाताबरणमा हुर्किए । उनका पिता फ्रेढ ट्रम्पले घरजग्गा कारोबारमा सफलता प्राप्त गरेका थिए । उतीबेलै पनि ट्रम्पका पिताले शानदार गाडी किनेका थिए चलाउनका लागी ड्राइभर राखेका थिए । ट्रम्पकी आमा स्कलल्याण्डबाट अमेरिका पुगेकी थिइन् । उनको घरमा अनुशाषन कडा थियो । उनको घरमा अनुशाषनमा बस्नैपर्ने थियो । फ्रेडसँग प्रशस्तै सम्पति हुँदाहुँदै पनि उनले आफ्ना सन्तानलाई आफ्नै खुट्टामा उभिन सिकाएका थिए । \"trump-4-1140\"जब ट्रम्प १३ वर्षका थिए तब उनका पिताले आफ्नो घरमा एउटा हतियार फेला पारे । छोरो बिग्रने डरले उनका मातापिताले उनलाई न्युर्योक आर्मी स्कुलमा भर्ना गरिदिए । आर्मी स्कुलको अनुशाषन झन कडा थियो । ट्रम्पले १९६४ मा मा आर्मी स्कुलको पढाइ सकाए र फोर्डम युनिभर्सिटीमा पढ्न थाले । १९६६ मा उनले वार्टन बिजनेश स्कुलमा पढ्नका लागी गए । १९६९ मा ट्रम्पले पढाई सकाएर न्युर्योकको मेनह्याटन फर्किए । १९७०मा आफ्ना पितासँग पैसा लिएर उनले घाटामा चलिरहेको एक होटल किने । उनले होटलको मर्मत सम्भार गर्नुको साथै १९८० मा ‘द्य ग्रयाण्ड ह्यात’ नाम राखेर होटल फेरी संचालनमा ल्याए । ट्रम्पको यो पहिलो बिजनेश नै नाफामा गयो र उनी रातारात करोडपति भए । \"trump-3-1140\"१९९२ मा ट्रम्पले न्युर्योकमा ‘ट्रम्प टावर’ बनाए । यो न्युर्योकको उच्च टावरमध्य एक थियो । भनिन्छ, यो बनाउन पोल्याण्डबाट आएका गैरकानुनी मजदुरको योगदान रहेको थियो । पोल्याण्डका ती मजदुरको सवाल यसकारण पनि महत्वपूर्ण छ कि आज ट्रम्प आप्रवासीको सबैभन्दा सशक्त विरोधी हुन् । ट्रम्प निर्बाचित हुनुअघिसम्म यसै टावरमा रहन्थे र यंहिबाट आफ्नो व्यावसाय सम्हाल्थे । ८० को दशकको सफलताजस्तै ९० को दशक ट्रम्पका लागी रहेन । उनकी पत्नि इवानालाई ट्रम्पको मार्ला नामकी महिलासँग सम्बन्ध रहेको पत्तो भयो उनले ट्रम्पसँग सम्बन्ध बिच्छेद गरिन् । यसबाट ट्रम्पलाई भारी नोक्सान हुन पुग्यो । ९० को दशकमा ट्रम्पको रियलस्टेट कारोबारमा मन्दी छायो र उनलाई भारी नोक्सान भयो । उनीसँगको कारोबारबाट होटल ताज महल इन एटलाटिंक सिटीले ट्रम्पसँग अलग हुने फैसला गर्यो । यसबाट एक सफल कारोबारीको उनको परिचयमा धक्का लाग्यो । १९९७ मा ट्रम्प शानदार तरीकाबाट घाटालाई सुधार गरे । उनले आफ्नो एयरलाइन्स बेचे र ‘मिस युनिभर्स’ र ‘मिस टीन युएसए’का प्रतिलिपि किने । मनोरन्जनको क्षेत्रमा ट्रम्पको यो पहिलो कदम थियो । \"trump-1-1140\"१९९९मा ट्रम्प राजनीतिमा प्रवेश गरे । उनले रिर्फम नामक पार्टी बनाए । उनको आशा थियो कि २००० को चुनावमा उनलाई उनको पार्टीले राष्ट्रपति चुनावका लागी उम्मेदवार बनाओस् । तर उनले राष्ट्रपति उम्मेदवार बन्न पाएनन् । जसको झोकमा उनले पार्टीसँग सम्बन्ध बिच्छेद गरे । अहिले भएको चुनावी दौरानमा भाइरल भएको एक भिडियोमा ट्रम्पको अभद्र आवाज एक टिभी शो का क्रममा खिचिएको थियो । उक्त टिभी शो को नाम ‘द अप्रेटिस’ । २००४ मा उनले उक्त टिभी शो मा काम गरेका थिए । यस टिभी शो मा ट्रम्पको कारोबारी दुनियाँको झल्को देखाइएको थियो । शो मा ट्रम्पको कारोबार गर्ने तरिकाको बारेमा देखाइएको थियो । उक्त शो अमेरिकामा दोस्रो नम्बरमा रहेको थियो । \"trump-3-1140\"२००५ को मईमा उनले दोस्रो विवाहा गरे । विवाहा लगत्तै ‘ट्रम्प युनिभर्सिटी’ नामक एक संस्था खोले । यसमा युवाहरुलाई ग्रेजुएशन र पोष्ट ग्रेजुएशन गराउने प्रस्ताव थियो । यसमा रियल स्टेटको कोर्स पाढाउने कुरामा जोड गरिएको थियो । यो युनिभर्सिटीमा ट्रम्प कसरी सफल भए ? भन्ने कुरा पढाउने बताइएको थियो । यसको ५ सालपछि एक छात्राले उनको युनिभर्सिटीलाई फर्जी हो भनि बताईन् र न्युर्योक सरकारले यसमाथि छानविन समेत गर्यो । २०१० मा यो युनिभर्सिटी बन्द भयो । \"trump-6-1140\"२०१५ मा ट्रम्पले फेरी विवादित बयान दिए । उनले एक चुनावी सभामा मुसलमानका लागी अमेरिकाको ढोका बन्द छ भन्ने अभिव्यक्ति दिए । साथै उनले भने कि अमेरिकामा रहेका मुसलमानका बारेमा जाँच गर्नुपर्छ । उनको यस भनाई हंगामा नै मच्चियो । उनको यो भनाईलाई लिएर मानिसहरु मुसलमानका लागी ट्रम्प खतरा मान्ने गर्छन् । विवाद र ट्रम्प पर्यायाबाची जस्तै रहेपनि उनी १९ जुलाई २०१६ मा अमेरिकी राष्ट्रपतिका लागी रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार हुन सफल भए । यसपछि उनले गभर्नर माइक पेस लाई उपराष्ट्रपतिका लागी उम्मेदवार बनाए । उनले डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारीलाई विषजस्तै भन्दै लडाई छेडे । साथै उनले अमेरिकीहरुलाई आव्हान गरे कि –मलाई भोट दिएर एकपटक फेरी महान बन । ट्रम्पले मेस्सिकोको समस्याग्रस्त सिमानामा एक पर्खाल लगाउने बचन अमेरिकीहरुलाई दिए । राष्ट्रपतिय बहसपश्चात ट्रम्प चुनावी दौरान हिलारीसँग पछि परे । महिलाका सबालमा उनले दिएको विवादीत बयानले समेत उनलाई चुनावमा धक्का दियो । तर अमेरिकी मुलधारका मिडियामा सधै हिलारी भन्दा पछाडी रहेका बताइएको ट्रम्प अमेरिकाको लागी ४५ औं राष्ट्रपति बन्न सफल भए । –विविसि हिन्दी सेवाको भावनुवाद
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy