Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

असहायको उद्धारका लागि ‘रात्रि सडक सेवा’

चितवन, २५ कात्तिक । सडकपेटीमा कष्टकर जीवन जिउँदै आएका असहाय, मानसिक रोगी तथा पीडितको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय र मानवसेवा आश्रमले  ‘रात्रि सडक सेवा’ अभियान सुरु गरेको छ । चितवन र नारायणगण्को सडक पेटी तथा यात्रु प्रतिक्षालयमा पुगेर संयुक्तरुपमा थालिएको अभियानमा तीन जना असहायको उद्धार समेत गरिएको तर पहिचान नखुलेका उनीहरुमध्ये एकजना भारतीय नागरिक छन् । उनीहरुको उद्धारपछि अहिले भरतपुर बाइपास रोडस्थित मानवसेवा आश्रममा राखेर मनोविमर्श सेवासहित उपचार सुरु गरिएको आश्रमका अभिभावक केशव अधिकारीले जानकारी दिए । उपचारपछि उनीहरुको विवरण लिएर पुनः परिवारमै स्थापित गर्ने अभियानमा आश्रम लागेको छ । चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्त कुँवरको नेतृत्वमा गएराति खटिएको सो टोलीमा आश्रमकी संयोजक रुपा केसीलगायतका स्वयंसेवी सभागी थिए । गएराति ८ बजेदेखि मध्यरात १२ बजेसम्म गरिएको अभियानमा सडकपेटी तथा प्रतिक्षालयमा बसेका असहाय तथा मानसिक समसया भएकाको खोजी गरिएको आश्रमका संयोजक रुपा केसीले जानकारी दिए । यस्ता काम प्रहरी एक्लैले पनि नसक्ने र कुनै सङ्घ संस्थाले पनि नसक्ने भएकाले संयुक्तरुपमा अभियान थालिएको चितवनका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक वसन्त कुँवरले बताए । स्थानीयबासी सचेत र जागरुक भए यस्ता असहायलाई सडकपेटीबाट मुक्त गर्न सकिने भए पनि अझै चेतना नभएको पाइएको छ । अहिले वास्तविक पीडित कम देखिएको र मदिरा पिएर बस्ने बढी देखिएको स्थानीय अभिभावक प्रेमप्रभा अधिकारीको भनाइ छ । सडकमा कष्टकर जीवन जिउन बाध्य हुने स्थिति अन्त्य गर्न अभियान थालेको मानव सेवा आश्रमले अहिलेसम्म झन्डै १०० जनाको उद्धार गरेकामा ३२ जनालाई परिवारमा पुनर्मिलन गराइसकेको छ । हाल आश्रममा ५० जनाको उपचार भइरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy